काठमाडौँ । बाँदरको एकरत्ति पनि समस्या नभएको बुढानीलकण्ठ नगरपालिकाले नयाँ नीति तथा कार्यक्रममा पनि बाँदर नियन्त्रणलाइ उच्च प्राथमिकतामा राखेको छ । गतवर्षदेखि बाँदर नियन्त्रणलाई प्राथमिकतामा राख्न थालेको यस नगरपालिकाले निरन्तरता दिँदै यसवर्ष पनि नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको हो । पशुपंक्षी शीर्षकको बुंदा नम्बर ८ मा “जंगली जनावर एवम् बाँदरबाट हुँदै आएकाे क्षति न्युनिकरण गर्न वन्यजन्तु तथा बाँदर नियन्त्रण कार्यक्रम ल्याइनेछ ।“
यस नगरपालिकाभित्र रहेको बुढानीलकण्ठ मन्दिरमा बाहेक बाँदरको कतै अंश नदेखिने यस नगरपालिकाले किन बाँदर नियन्त्रणलाई प्राथमिकतामा राख्यो भन्ने विषय भने अनौठो नै छ । खेति गर्ने थोरै जमिनसमेत बाँकी नरहेको अबस्थामा पुगेको बुढानीलकण्ठले बाहिरी जिल्लामा जस्तो बाँदर नियन्त्रण भन्ने विषय राखेको प्रति धेरैको कपिपेस्ट नीति तथा कार्यक्रम भनेर टिप्पणी गरेका छन् ।
नगरपालिकाले यसै साता सार्वजनिक गरेको निति तथा कार्यक्रमभित्र धेरै विषयहरूमा लेखिएको भाका तथा भाषाले नीति तथा कार्यक्रम आफूले लेखेको नभै कपी गरिएको प्रतीत हुन्छ । यसको उदाहरणस्वरूप भन्न सकिन्छ कृषि शीर्षकको १७ औँ नम्बरमा लेखिएको छ , सामुहिक खेति तथा पशुपालन व्यवसायलाई प्रोत्साहन गरिनेछ । किसानको मूल्य किसानलाई भन्ने नीति लिइनेछ ।
अव्यवस्थित बस्ती तथा जताततै प्लटिङका कारण खेतीयोग्य जमिन लगभग सुन्य त नगरपलािकाले सामुहिक खेती तथा पशुपालनलाई प्रोत्साहन गर्नेजस्ता बुंदा राख्नुले नीति तथा कार्यक्रम पुरै कपिपेस्ट भएको सहजै भन्न सकिन्छ ।
Comments