विकासस्थानीय

बुढानीलकण्ठमा ‘खाजा खर्च’को भ्रष्टाचारः अतिरिक्त समयमा काम गरेको प्रमाणबिनै २० लाख खर्च !

0

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा अतिरिक्त समयमा काम गरेपछि पाइने खाजा खर्चमा व्यापक भ्रष्टाचार देखिएको छ । दरबन्दी बिनाका करार कर्मचारी तथा सबैभन्दा काम गर्न नपर्ने स्वास्थ्यका कर्मचारीको खाजा खर्च भनेर बुढानीलकण्ठ  नगरपालिकाले लाखौं रकम निकासा गर्ने गरेको पाइएको छ । नगरपालिका कार्यसंचालन निर्देशिका ०७८ परिच्छेद ३(५) बमोजिम कार्यालय समयभन्दा अतिरक्त २ घण्टा काम गरेको अबस्थामा मात्र प्रदान गरिने खाजा खर्च प्रमाणबिनै जनहरी मासिक ३३०० बाँडेको भेटिएको हो ।
बुढानीलकण्ठ नगरपालिकाले स्वास्थ्यका दरबन्दिभन्दा बाहेक १० जनासहित ४६ जना, करार अनमी २ जना, शिक्षा स्रोतका १ जना, लघु उद्यम विकास शाखाका १ जना गरी ५१ जनालाइ मासिक ३३०० का दरले  हरेक वर्ष २० लाख १९ हज़ार ६ सय रूपैँया खर्च गरेको भेटिएको हो । संघीय सरकारको सशर्त बजेटअन्तर्गतको बजेट शीर्षकबाट यो रक़म खर्च हुने गर्छ  । यो रक़म नियमित काम बाहेक विशेष कामका लागि हुनुपर्नेछ भने अर्थमन्त्रालय कार्य संचालन निर्देशिका ०७७ अनुसार अतिरिक्त काम के के कुन कुन समयमा भएको भनेर उत्तरदायी अधिकृतबाट प्रमाणित गराएको हुनुपर्ने नियम छ ।
त्यतिमात्र नभै दैनिक दुइघण्टाभन्दा धेरै अतिरिक्त काम गरेको विद्युतीय हाज़िर प्रणालीमासमेत दर्ता भएको खण्डमात्र खाजा खर्च भुक्तानि हुनुपर्ने व्यवस्था रहेको छ । नगरपालिकाले यसरी रकम भुक्तानी दिएको बारे महालेखाले प्रश्न उठाउँदै सो रकमलाइ बेरूजुमा राखेको छ ।

महालेखाको प्रतिवेदन

काठमाडौं उपत्यकामा ढुङ्गेधारा छन्, पानी भने छैन !

Previous article

मातातीर्थदेखि टेकुसम्म चल्ने काठमाडौंको पहिलो रेलको कथा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *