राजनीति

रक्सी खाएर ट्विट गरेको भन्दै कांग्रेस सांसद राजेन्द्र बजगाइँमाथि गालीको वर्षा

0

काठमाडौं । गोर्खाबाट नेपाली कांग्रेसबाट सांसद भएका राजेन्द्र बजगाइँ बेलाबखत नराम्रा कुराले चर्चामा छाउने गर्छन् । होटल व्यवसायी बजगाइँ रक्सीका सोखिन हुन् । उनी पछिल्ला समय रक्सी खान पाउनु पर्छ भन्ने विषयमा वकालत गरिरहेका हुन्छन् । गएको हप्ता उनले संसदमै संसदभित्र बार हुनुपर्ने माग गरेका थिए । 

पार्टी महामन्त्री गगन थापाकै कारण चुनावमा टिकट पाएका बजगाइँ पछिल्ला समय गगन थापा बिरोधी अभिव्यक्ति दिँदै चर्चा कमाउने सुरमा छन् । आफ्नो चर्चा परिचर्चा हुन नसकेपछि बजगाइँले सोचेको नयाँ जुक्तिले काम गरे पनि उनलाइ गालीको वर्षा हुने गरेका छन ।

यसैबीच बजगाइँले ट्विटरमा गगन थापाबिरोधी नयाँ अभिव्यक्ति लेखेपछि उनीमाथि गालीको वर्षा भएको छ । गगन थापालले एक दिन अघि एक कार्यक्रममा कांग्रेस ०८४ सम्म सरकारमा जान हुँदैन भनेर दिएको अभिव्यक्तिलाइ काउण्टर दिन बजगाइँले लेखेको ट्विटमा उनलाइ भरमार गालीको वर्षा भएको छ । 

बजगाइँले ट्विटरमा लेखेका थिए, ‘ काठमाण्डौ ४ बाट चौथो पटक विधायक निर्वाचन लड्दै गर्दा नेपालको प्रधानमन्त्रीको उमेदवार हुँ भन्दै मत माग्ने महामन्त्री गगन थापाको गरिमाले चौरासी सम्म कांग्रेस सरकारमा जादैन भन्नुकठिनाईको वात हो।’

गगन थापालाई गाली गरेर चर्चा पाउने हिसाबले बजागाइँले ट्विट त गरे तर चर्चा कम गाली धेरै पाएका छन् । बजगाइँको ट्विटमा रिप्लाइ गर्दै भुवन न्यौपाने लेख्छन्, ‘गोरखाका जनता प्रति साहानुभूति व्यक्त गर्न चाहान्छु । एकातिर प्रचण्ड र अर्कातर्फ यस्ता जनप्रतिनिधि चयन गर्न हजुरहरुलाई बाध्यता रहेछ।हाम्रा तिर पनि केहि नमुना छन् ।भूलवस काध थापियो । अहिलेलाई कठै मात्र भन्न सकियो ।’

त्यसैगरी राज के बस्नेत रिप्लाइ गर्छन्, ‘गगन थापाको गरिमाको कुरा गर्नेले एकफेर आफ्नै गरिमा नाप्ने पो हो कि, राजेन्द्र दाइ । लाज पनि सर्माउँछ हौ, यस्तो देख्दा कहिलेकाहीँ ।’  मिलन नेपाल रिप्लाई गर्छन्, ‘चुस्की कम भये जस्तो छ माननीय ज्यु’ । 

त्यस्तै गगन पोखरेल रिप्लाई गर्दै बजगाइँलाई सल्लाह दिन्छन् , ‘के बोल्दा ठीक के बोल्दा बेठीक रक्सी खाएर मोबाइल नचलाउनु तपाईं’ !  ४१ वटा रिप्लाई भएको सो ट्विटमा ३० जनाले बजागाइँमाथि भद्दा गाली गरेका छन् ।

काठमाण्डौलाई तराइसँग जोड्ने पहिलो राजमार्ग ‘त्रिभूवन राजपथ’ को कथा

Previous article

काठमाडौं उपत्यकामा ढुङ्गेधारा छन्, पानी भने छैन !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *