काराेवार/अर्थतन्त्रराष्ट्रिय

काठमाडौं तीन दिने आँप महोत्सव सम्पन्न, १५ प्रकारका आँप प्रदर्शन

0

काठमाडौं । फलहरूको राजा आँप रुचाउनेहरू गएका तीन दिन काठमाडौंमा रमाए ।  उनीहरूले आँप महोत्सवमा जर्दा, बम्बई, गुलाब खास, कलकत्तिया, दसहरीलगायतका  आँपहरूको स्वाद चाखे अनि झोलाझोलामा किनेर घर। लगे  ।
तीनदिन चलेको महोत्सवमा  आँप पारखीहरूले आँपको अनेक प्रजाति चिन्ने मौकामात्रै पाएनन्, आँपबाट बन्ने रेसेपी, अचार लगायतका बहुउपयोगिता र महत्वबारे पनि बुझ्न पाए । किसान भेन्चर र काठमाडौं अर्गानिक्सले आयोजना गरेको ‘प्रथम नेपाल आँप फेस्ट २०८१’ले ।शुक्रबारदेखि सुरु भएको आँप महोत्सव विभिन्न कार्यक्रमकाबीच आइतबार समापन भएको छ ।
नेपाली आँपको प्रयोग बढाउन, किसानलाई प्रोत्साहित गर्न र उपभोक्तालाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउने उद्देश्यले काठमाडौंमा आँप महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा सर्लाही, सप्तरी, सिराहा, महोत्तरीलगायत जिल्लाका ५० किसानका बगानबाट ल्याइएका आँप राखिएको थियो ।
महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्मई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँप प्रदर्शनमा रखिएका थिए । आयोजकका अनुसार १० हजारले महोत्सव अवलोकन गरेका छन् । त्यस्तै तीनदिनको अवधिमा १५ लाख बराबरको आँप बिक्री भएको छ ।

गगन थापाको मुख ताक्दै ठिक्क !

Previous article

अन्ततः टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने व्याकरण खारेज

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *