काठमाडौं । भ्रष्टाचार तथा विसंगतिको मुख्य केन्द्र बनिरहेको काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा महालेखाले बिभिन्न शीर्षकमा समस्याहरू औंल्याएको छ । त्योमध्ये एक हो, औषधि उपचार खर्च । यस नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी एवम् मेरूदण्ड पक्षघातभएका विरामीहरूलाई औषधि उपचारवापत खर्च उपलब्ध गराउने नाममा विरामीको यकिन नै नगरी कर्मचारीमार्फत लाखौं रकम खर्च गरेको देखिएको छ।करिब ८० लाख रूपैंया खर्च गरे पनि विरामी पक्षको बैक खातामा पैसा गएको नदेखिएकोले ठूलो भ्रष्टाचार भएको अनुमान गर्न सकिन्छ।
अनिवार्य बैंक खातामा भुक्तानी हुनु पर्ने रक़म नै बैंक खाताबिना कर्मचारीको तजबिजमा चलेको भन्दै महालेखाले आपत्ति जनाएको छ । १५३ जनालाई मासिक पाँच हजारको दरले दिइएको सो सहयोग रकम कर्मचारीलाइ पेश्की दिइ भर्पाई गराउने गरिएको छ । जसले लाभग्राहीले सो रकम पाए वा पाएनन् एकिन हुन नै नसकेको देखिन्छ । बुढानीलकण्ठ नगरवासीले पाउने सो सुबिधा किन बैंक खातामा पठाउने गरिएन भन्ने विषय यतिखेर सबैको चासोको विषय बनेको छ।
नेपाल सरकारले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी एवम् मेरूदण्ड पक्षघात भएका विरामीहरूलाई औषधि उपचारवापत मासिक पाँच हजारका दरले त्रैमाशिकरुपमा स्थानीय तहबाट बैंक खातामा उपलब्ध गराउने व्यवस्था गरेको छ।
Comments