विकासस्थानीय

बुढानीलकण्ठका मेयर- उपमेयरले विद्यालय अनुगमन गरेवापत पनि भत्ता लिने गर्छन्  !

0

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकामा मिठाराम अधिकारी मेयर बनेर आएपछि जताततै नकारात्मक सन्देश जाने क्रम यथावत छ । तलब खाएर १०५ गर्ने कर्मचारीकै हैसियतमा मेयर अधिकारीले २ वर्ष पद्मा बस्दा जनतालाई भने कतै पनि उत्साहित बनाएका छैनन् । यसैबीच मेयर अधिकारी तथा उपमेयर अनिता लामालगायत प्रमुख प्रशाशकीय अधिकृतले नगरपभित्रका विद्यालय अनुगमन गरेको भत्ता लिने गरेको विषय सार्वजनिक भएको छ । 

हालै महालेखा परीक्षकको प्रतिवेदन हेर्ने हो भने बुढानीलकण्ठ नगरपालिकाभित्र अनियमितताका श्रृंखलाहरू देख्न पाइन्छ । दर्जनौं शीर्षकमा देखिने अनियमितताका चाङभित्र कतै पनि सकारात्मक सन्देश बुढानीलकण्ठ नगरपालिकाले दिन सकेको छैन । जताततै मेयर अधिकारीको आलोचना हुने गरेको छ ।  नगरपालिकाका हरेकतप्का मेयर अधिकारीबाट आशा समेत गर्न छाडेका छन् । 

यसैबीच हालसालै प्रकाशित महालेखाको स्थानीय तह प्रतिवदेनको बुंदा नम्बर ३५ को अनुगमन भत्ता शीर्षकमा स्थानीय पदाधिकारीले ऐन तथा नियममा व्यवस्था नभएको सुबिधा लिएर उल्लेख गरेको छ । प्रतिवेदनमा स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन,२०७५ को (पहिलो संशोधन)मा स्थानीय तहका पदाधिकारीले अनुगमन गर्ने कार्यबापत भत्ता उपलब्ध गराउने व्यवस्था उल्लेख नभएको बताउँदै जनप्रतिनिधि तथा कर्मचारीले प्रति अनुगमन रू. १०००० का दरले भत्ता लिएको उल्लेख गरेको छ । 

प्रतिवेदनमा नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल र शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह लगायत ८ जनाले विद्यालय अनुगमन भत्ता भनेर ७५००० लिएको उल्लेख  छ ।

महामन्त्री गगन थापा सम्मिलित कार्यक्रममा सहभागि भएको भनेर क्षेत्रीय सभापतिले सचिवलाई स्पष्टिकरण सोधेपछि

Previous article

काठमाडौ उपत्यकाको धर्म, संस्कृति तथा जनजीवनसंग गाँसिएको बिष्णुमती नदीको कथा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *