राष्ट्रियसमसामयिक

श्री ३ हुँदा पनि सिंहदरबारमा बस्न नमान्ने एक उदारवादी राणा प्रधानमन्त्रीको कथा

0

पद्म शमशेर जङ्गबहादुर राणा नेपालको राणा शासनका १५ औं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए।म राष्ट्रको नोकर हुँभनी उद्घोषण गर्ने पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए । वि.. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियम अनुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे।

वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा जुद्ध शमशेरले आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई जुद्ध शमशेरआफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। पद्मशमशेर श्री ३ महाराज भएको केही दिनमै, जुद्ध शमशेर रिडीतर्फ जान लाग्दा बाटोमै हुँदा काठमाडौंमा पद्मशमशेरले जनताको सामुम राष्ट्र जनताको नोकर हुँभने।

पद्ममशेरले जनता सामु बोलेको यो शब्द निरङ्कुश शासकहरूका निमित्त ठूलो प्रहार थियो पद्मशमशेरले तराईमा पूर्व पश्चिमी सडक बनाउन लगाएका थिए हुलाकीहरूको लागि छोटो र सजिलो बाटो बनाउन लगाएकाले यसलाई हुलाकी राजमार्ग भनिन्छ। यसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ।

शिक्षण प्रतिष्ठानहरूको व्यवस्थापनका कमीकमजोरीलाई महसुस गरी पद्म शमशेरले पद्मोदय हाईस्कुलपद्म कन्या क्याम्पस तथा अन्य विद्यालयहरू खोलेर सञ्चालनमा सुधार गर्न लगाए। शिक्षकहरूलाई तालिमका लागि विदेश पठाउने कार्य गरेकाले पद्म शमशेर गुणात्मक शिक्षाको समर्थक थिए।

उदार विचारवाला भएर पनि भारदारहरूले पद्मशमशेरको सातो उडाइसकेका हुनाले उनी डराउँथे, आफ्नै भाइभारदारहरूबाट मारिनुपर्ला भनेर। राणाशासकहरूमा गोत्र हत्या भनेको सामान्य कुरा थियो। त्यसकारण शान्तिपूर्वक कुनै बहानामा पलायन गर्नु नै एउटा बाटो उनले देखे। वि.. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारत नयाँ दिल्ली पुगी प्रधानमन्त्री जवाहरलालनेहरूसँगभेटे।

नेहरूले उनलाई सम्झाई नेपाल फर्केर वैधानिक कानुन लागू गर्न निर्देशन दिए तर उनी लागे राँचीतिर। राँची पुगेपछि उनका साथमा गएकाहरूले राजीनामा दिन जोड गर्न थाले। तदनुसार वि.सं. २००५ वैशाख १६ गते श्री ३ पदबाट विधिवत् राजिनामा दिए।

उनी राँचीमा पनि बस्न नसकेकाले कलकत्ता पुगे। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि पनि आउजाउ गर्दथे। २०१७ मा पक्षाघात रोगले पिडित भई कलकत्तामा ७८ वर्षमा उनको मृत्यु भयो।

टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि शनिवार दक्षिणअफ्रिका र भारत भिड्ने

Previous article

असार १५ गते नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ ले बुढानीलकण्ठ चुनिखेलमा धान दिवश मनाउँदै 

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *