प्रकृतिवातावरणसमसामयिक

कृषि क्षेत्रमा जलवायु परिवर्तन चिन्ताजनक असर, विज्ञहरुद्वारा चिन्ता व्यक्त

0

कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।  बुधबार सुर्खेतको दशरथपुरमा आयोजित प्रदेशस्तरीय कृषि प्राविधिक कार्य समूह बैठकमा विज्ञहरुले व्यवसायिक कृषिलाई उत्पादन वृद्धिमा जोड दिदँै गएको भए पनि जलवायु परिवर्तनको असरले कृषि क्षेत्रमा नयाँ संक्रमणको जोखिम बढेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।

कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकाया जलवायु परिवर्तनका कारण पछिल्लो समय सुन्तला उत्पादन हुने दैलेख, जाजरकोट र सुर्खेतमा बोटमा सुन्तलाका दाना फुट्ने समस्या देखिएको बताउए ।

बोटमा लटरम्म सुन्तला फलेको छ, तर कृषकले विक्री गर्ने समयमा दानाहरु बोटमा फुट्ने समस्या देखिएको छ । यस्ता खालका समस्या सुन्तलामा मात्रै होइन, सिजनअनुसार मकैमा फौजी तथा तरुलमा कीरा लाग्ने, धानको डाँठमा सेतो भएर सुक्ने, गोलभेँडाको दाना भित्र कालो भएर कुइने जस्ता विविध बाली तथा फलफुलहरुमा समस्याहरु बढिरहेका छन् ।

प्रदेशमा कृषकहरुले गरेको बाली, फलफुल र पशुपालनमा समस्या देखिएमा अनुसन्धानका लागि कृषि अनुसन्धान निर्देशनालय दशरथपुर सुर्खेतमा पठाउने गरिएको छ । कृषकहरुले गरेका खेती तथा पशुपालनमा देखिएका समस्याहरुको अनुसन्धानपछि त्यसको नतिजा कृषक समक्ष नै पुर्‍याउन गरिएको छ,’ निर्देशक रोकाया भन्नुभयो, ‘लाामो समयदेखि कृषिका विभिन्न पाटामा अनुसन्धान गर्दै आएको निर्देशनालयले आगामी दिनमा जलवायु परिवर्तनकै कारण कृषिमा देखिएको चुनौती र त्यसको निराकरण गर्न नयाँ प्रविधिको कसरी विकास गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन जरुरी छ ।’

लामो समयदेखि दशरथपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालयले कृषिमा देखिएको समस्या पहिचान र उच्च जातको बाली, फलफुल, पशुपालन जस्ता क्षेत्रमा अनुसन्धान गरिरहेकाले ती नतिजाहरु कृषक तहसम्म पु¥याउनमा एकमत हुन रोकायको सुझाव छ ।

‘कृषि अनुसन्धान निर्देशनालयले रोग देखिएको ठाउँमा विषादी वा जैविक कुन प्रयोग गर्ने हो त्यसको निराकरणका लागि अनुसन्धान गरेर उत्पादनमा वृद्धि गर्न नीति बनाउन आवश्यक छ ।’

समग्र प्रदेशको कृषिको अवस्था, विद्यमान समस्या र त्यसको निराकरणका लागि प्रदेश स्तरिय कृषि प्राविधिक कार्य समुहलाई कृषि अनुसन्धान निर्देशनालयले अनुसन्धान भएका प्रविधिहरुको प्रसारलाई जोड दिएको जनाएको छ ।

निर्देशनालयले कृषि क्षेत्रका मुल समस्यालाई पहिचान गर्ने र कृषिमा नविनतम प्रविधिको लागु गर्नमा सबैसँग समन्वय गर्ने निर्देशनालयका निर्देशक अमरबहादुर पुन मगर बताए । ‘जलवायुको चपेटामा कर्णाली प्रदेशको कृषि क्षेत्र परेको छ । समयमा वर्षा नहुने, भइहाले ठूलै क्षती गर्ने, तपक्रम बढ्दा कृषि क्षेत्रका विभिन्न प्रजातिका रोगहरु देखिरहेको छ,’ निर्देशक पुनमगर भन्ने ।

कृषि क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न कार्यालयले अनुसन्धान गरिरहेको र ती रिपोर्टहरु कृषि वा पशु निर्देशनालय तथा कार्यालयहरुमा पठाएर कार्यान्वयनका लागि समन्वयात्मकमा जोड दिइरहेका छौँ ।

देशका १० जिल्लाका पशु तथा कृषिका क्षेत्रमा कार्यरत प्रमुख वा प्राविधिकहरुबाट समस्याको पहिचान, प्रथामिकता गर्ने र आगामी दिनमा अनुसन्धानको पाटोलाई थप कसरी प्रभावकारी बनाउने भन्ने समीक्षा दशरथपुरमा गरिएको निर्देशक पुन मगरले बताए ।

निर्देशनालयले अनुसन्धान गरेका रिपोर्ट र नविनतम् प्रविधिहरु कृषकको दैलोसम्म पु¥याउन लागि परेको उनले उल्लेख गरे ।

बाली तथा बागवानी, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा. श्रीमत श्रेष्ठले कर्णालीमा खाद्य सुरक्षाको समस्या अझै कायम रहेको बताए  । कर्णालीको कृषिमा अथाह सम्भावना छ तर हामीले अनुसन्धानबाट विकास गरेका प्रविधिहरु कृषक समक्ष पुर्‍याउन सकेका छैनौँ’ निर्देशक श्रेष्ठ भने, ‘जलवायु परिवर्तनसँगै कृषिमा देखिएका समस्याहरुको समाधान र नयाँ प्रविधिलाई कृषक समक्ष पुर्‍याउन सबै निकाय गम्भीर बन्न आवश्यक छ ।

कृषकहरुकै सहभागितामा उन्नत प्रविधिको पहिचान गर्ने र ती पहिचान गरिएका प्रविधिहरुलाई प्रसार गर्ने निकायले कृषकहरुकै थलोमा पु¥याउनमा व्यापक बनाउने रणनीति अख्तियार गर्न लागिएको श्रेष्ठले जानकारी दिए  ।

उहाँले खाद्य सुरक्षासँगै कृषिलाई व्यवसायीकरण गर्नमा कृषककै थलोबाट समस्या पहिचान गरेर आवश्यक कार्यक्रम बनाएर कार्यान्वयनका लागि अनुसन्धान परिषद् गम्भीर भएर लागेको बताए । कर्णालीमा कुल २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफल छ ।

योमध्य कुल खेतीयोग्य जमिन ८.५ प्रतिशत अर्थात् दुई लाख १६ हजार ८८० हेक्टर रहेको छ । ८२ हजार ४५९ हेक्टर खेती योग्य जमिनमा खेतीपाती नभएर बाँझो र गैरकृषि कार्यमा प्रयोग भइरहेको छ ।

अड्काेपड्काेमै अल्झिरहेछ नेपालमा ताेरी खेती

Previous article

पग्लिदै गएको हिमालकाे हिउँ, नासिँदै गएकाे हिमाली संस्कृति

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *