माटाेकाे महत्व नेपालजस्ताे विकाशील देशमा सबैभन्दा धेरै हुने गर्छ । कृषिमा आश्रित देशमध्ये एक भएकाले जति माटाेकाे महत्व हामीले बुझ्न सक्छाैँ त्यति हाम्राे विकास सहज बाटाे तिर जानेछ । मंसिर १९ अर्थात डिसेम्बर ५ तारिक भएकाले आज विश्व माटो दिवस हाे । औपचारिकरूपमा विविध कार्यक्रमहरुको आयोजना गरी आज विश्वभर माटाे दिवस मनाइँदैछ ।
स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ । थाइल्याण्डका राजा भूमिबोल अदुुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकाले हरेक वर्ष ५ डिसेम्बरमा मनाउन थालिएको हो । माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता बढेको हो । नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको छ । जथाभावी रासयनिक मलको प्रयोगका कारण माटोको उर्वरा शक्ति ह्रास हुँदै गएको छ ।
नेपाली माटोमा प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको देखिन्छ । दस वर्षअघि माटोमा अम्लीयपन ६३ प्रतिशत रहेकोमा अहिले ६९ प्रतिशत पुगेको छ । अम्लीयपन बढ्दा प्राङ्गारिक पदार्थ घट्छ र उर्वराशक्ति पनि कमजोर हुन्छ । खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउन थालेको हो । हुन त माटोसँग पनि केहि मात्रामा भएको प्रदुषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सिमित छ ।
माटोको उर्वराशक्ति घट्न पुग्दा उत्पादनमा नकरात्मक असर पर्दछ । माटो खाद्यतत्वको भण्डार पनि हो । यो भण्डारलाई राम्ररी व्यवस्थापन गर्न सकेन भने खाद्यतत्वको मात्रा रित्तिदै जान्छ र उत्पादन घट्दै जान्छ । नेपालले केही वर्ष अघि खाद्यान्न निकासी गर्दथ्यो । आज आएर आयत गर्न थालेको छ । यसको मुख्य कारण भनेकै माटोको उर्वरशक्ति घट्नु नै हो । उत्पादन लिनको लागि माटो मलिलो हुनुपर्दछ ।
वीउ उन्नत तथा शुद्ध हुनु पर्दछ । उन्नत प्रविधिको प्रयोग गरेर खेती लगाउनु पर्दछ । बिरुवाको आवश्यक्ता अनुकुल खाद्यतत्वको प्रयोग हुनुपर्दछ । आवश्यक्ता अनुसार सिंचाइको व्यबस्थापन गर्नुपर्दछ । रोग कीरा नियन्त्रणदेखि सबै प्रकारको क्षतिबाट बालीको संरक्षण गर्न सके मात्र यसको मात्र र गुणस्तर उत्पादन गर्न सकिन्छ ।
Comments