नदीनालाप्रकृतिसमसामयिक

वाग्मती नदीभित्रै डाेजर ! के नदीले बाँच्न पाउनु पर्दैन ?

0

काठमाडाैँका नदीहरू बेराेकटाेक मासिएका छन् । साना खाेलाहरूकाे नामाेनिशान छैन भने ठूला नदीहरू साँघुराे भएका छन् । भएका कुनै पनि नदीमा जीवन भेटिदैन । एरियल भ्यू वा प्लेनबाट हेर्दा काठमा  याे दृष्यमा वाग्मती नदीमा डाेजर देखिन्छ । काठमाडाैँ आउने विदेशी पर्यटकले सबैभन्दा धेरै औँल्याउन विषय नै सहरका नदीकाे जीवन्तताका बारेमा हुने गरेकाे छ ।

याे दृष्यमा देखिएकेा वाग्मतीकाे डाेजरले नदीकाे जीवन आजका दिनमा पनि मिचिदैछ भन्ने ज्वलन्त उदाहरण हाे । मानिसजस्तै नदी पनि बाँच्नु पर्छ भन्ने कुरामा नेपालीकाे प्रणालीले नबुझेकाे भनेर विज्ञहरू औल्याउँदै आएका छन् ।

समस्या- वागमतीमा किनारादेखि नदीभित्रै सिर्जना भइसकेको छ । नदीभित्रै डोजर अपराध भइसकेको छ । यतिले मात्रै नपुगी नदीको घाटी थुनी नयाँ सिमेन्टका भकारीसहितका घाटहरु निर्माण गरिएका छन् । विकासका नाममा सभ्यताको विनास गरिएको छ । सबैभन्दा पहिलो कारवाही त सभ्यताका विनासक (नदीभित्र डोजर राख्न लगाउनेलाई, सिमेन्टका भकारीसहितका घाट बनाउन लगाउने)लाई भनेर यसका अभियान्तले बताउँदै आएका छन्  ।

 

 

भटमास खेतीः मेहनत कम आम्दानी मनग्य

Previous article

शहरमा काेदाे परिकारकाे माग बढे पनि गाउँमा काेदाे पाक्दैन आजकाल

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *