राजनीतिसमसामयिक

चुनावी मनाेविज्ञान: मतदातालाइ पुराना र बुढाखाडा नै प्याराे !

0

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतरिणाम आउनेक्रम जारी छ । नयाँ जनमत अनुसार केही नयाँ दलको उदय भएको छ भन्ने मूलधारका दलहरुको केही स्थान घटेको छ । धेरैले युवा उम्मेदवारले चुनाव जितेको भनिरहँदा समग्र नतिजाले भने बाहिर चर्चामा आएजस्तो युवा वा वैकल्पिक शक्तिको खोजी नभएको देखिएको छ ।

निर्वाचनको केही समयअघि नो नट अगेन अभियान चल्यो । निश्चित नेताहरुलाई हराउने अभियान स्वरुप चलेको यो अभियानलाई निर्वाचन आयोगले बन्द गराउने प्रयास गरेपछि झनै यो अभियानमा आकर्षण थपिएको थियो । यो अभियानमा आकर्षण देखिए अनुसार हेर्दा यो चुनावमा ६० कटेका नेता र पटकपटक लाभको पद पाएका नेताहरुले यसपालि चुनाव हार्छन् भन्ने मत धेरैको आकलन थियो । तर अन्तिम मतपरिणामतर्फ उन्मुख हुँदै गर्दा भने यो अवस्था देखिएको छैन । २७ वर्षकी सोभिता गौतमदेखि ८० वर्षका चित्रबहादुर केसीसम्मले चुनाव जितेका छन् ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट ७० वर्ष उमेर काटेका ८ जनाले चुनाव लडेकोमा सिराहा १ का पदम नारायण चौधरी र झापा ३ का कृष्णप्रसाद सिटौला गरी २ जनाले चुनाव हारे । बाँकी ६ जनाले चुनाव जितेको देखिन्छ । यी दुईजना पनि धेरै उमेर हारेको नभई गठबन्धन लगायत अन्य कारणले चुनाव हारेको देखिएको छ । नेकपा एमालेले ७० कटेका ३ जना उम्मेदवार उठाएकोमा दुईजनाले चुनाव जितेका छन् भने पर्सा ४ का जालिम मियाँ मन्सुरी काँग्रेसका रमेश रिजालसँग पराजित भए ।

स्वतन्त्रलाई हिसाब नगरेर मुख्य दलका जितको सम्भावना बोकेका दलबाट उठेका उम्मेदवारको हिसाब गर्ने हो भने ती दलका ७० प्रतिशतभन्दा धेरै ७० वर्ष कटेका उम्मेदवारले चुनाव जितेका छन् । त्यसैले बाहिर भनेजस्तो मतदाताले युवालाई रोजे भन्नु नै गलत हुने देखिएको छ । त्यसो त वैकल्पिक शक्तिलाई खोजेको भन्नुको पनि अर्थ नहुने देखिएको छ । चुनावको मुखमा सबैभन्दा धेरै चर्चाको विषय प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई हराउने अभियान चलेको थियो । नो नट अगेन अभियानले यसलाई साथ दिएको थियो । तर मत परिणाम हेर्दा यी तीनै उम्मेदवारले भारी मतान्तरले चुनाव जिते ।

अझ रोचक कुरा त यो चुनावमा मान्छेले एजेण्डाभन्दा धेरै होहल्लामा रमाउने उम्मेदवारलाई चुनाव जिताएको देखिन्छ । त्योभन्दा पनि रोचक पञ्चायतमा विवादको भूमरीमा परेका दीपक बोहोरा जस्ता पात्रले यो चुनावमा जित हासिल गरे । यसले पनि यो चुनाव वैकल्पिक शक्ति र युवा नेतृत्व छान्नको लागि असफल भएको देखिएको छ । एकाध नयाँ शक्तिले चुनाव जित्दैमा वैकल्पिक शक्ति बन्ने भन्ने हुँदैन । तर जनताले नयाँ शक्तिलाई पनि झट्ट विश्वास गरेको देखिएको छैन । अहिले सानो शक्तिको रुपमा उदाएका वैकल्पिक शक्तिहरुले आफ्नो क्षमतालाई अघि बढाएर जनमत जुटाउन सकेको खण्डमा मात्रै आगामी चुनावमा केही परिवर्तन हुने आशा देखिएको छ ।

सुन्दर केवै गाउँ

Previous article

भटमास खेतीः मेहनत कम आम्दानी मनग्य

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *