राजनीतिस्थानीय

कुसुम कार्कीकाे शक्तिशाली अंक गणित, २००० मतले अगाडि रहेकाे आन्तरिक सर्वेक्षण

0

काठमाडाैँ क्षेत्र नं ४ काे प्रदेश ख मा गठबन्धनका तर्फबाट समाजवादीकाे उम्मेदवार कुसुम कार्कीकाे चुनावी अंक गणित कम्फर्टेबल जीततिर उन्मुख देखिएकाे छ । साविक प्रदेशसभा सांसद कार्की पपुलर नेता भएकाले उनकाे जीतकाे आधार सहज बनेकाे देखिन्छ ।

नेपाली काँग्रेससँगकाे गठबन्धनबाट शक्तिशाली बनेका कार्कीकाे चुनावी अंकगणित २००० हाराहारी मतान्तरमा विजयी हुने एक आन्तरिक सर्वेक्षणले जनाएकाे एकीकृत समाजवादी निकट एक अनलाइन मिडियाले जनाएकाे छ । कमजाेर विपक्षी उम्मेदवारदेखि एमालेकै केही पक्ष कार्कीलाइ विजय गराउन लागेकाे कारण पनि विजय सहज बनेकाे साे सर्वेक्षणले बताएकाे छ । प्रदेश ख पट्टीकाे ८ वटै वडामा भएकाे सर्वेक्षणमा वडा नं १ र २ रेड जाेन, वडा नं १० मा येल्लाे जाेनका साथै बाँकी वडामा ग्रिनजाेनमा रहेकाे बताइएकाे छ ।

तत्कालिन महाँकाल गाविसका अध्यक्षदेखि विकासप्रेमी नेताकाे छवि बनाएका कार्की एककार्यकाल वाग्मती प्रदेश सांसद हुँदा बिधी, निती तथा कानुन बनाउनदेखि पर्यापर्यटनकाे अवधारणामा विशेष काम गरेका थिए । उनले आफ्नाे निर्वाचन क्षेत्रमा कपन बहुमुखी क्याम्पसदेखि बिबिध क्षेत्रमा ठूलाे बजेटकाे व्यवस्था गरेका पनि उनलाइ विपक्षी उम्मेदवारकाे तुलनामा चयन गर्न सजिलाे मानिएकाे छ ।

गगन तिमी कसम खाऊ !

Previous article

मजदुरलाइ के काे चुनाव, के काे राजनीति !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *