– कविता/गीतादेवी पौडेल दाहाल
त्यो मङ्सिर ४ को आशीर्वादलाई
खेर जान दिन्न
गगन तिमी कसम खाऊ ।
हामी पनि कसम खान्छौँ
तिमीलाई जिताउन ।
विदेशीको दलाल बन्न दिन्न
गगन तिमी कसम खाऊ ।
काठमाडौँ क्षेत्र न ४ मात्रै नभएर
नेपालभरिको विकासमा अगाडि बढ्छु भन
कसम खाऊ सहिदका सपनालाई पूरा गर्छु भन ।
उजाडिएका यी पौरखी हातहरूलाई,
रोजगारी सिर्जना गर्न अगाडि बढ ।
कसम खाऊ तिमी निरास भएका
बेराजगारी युवाहरूलाई
विदेश पलायन भएका युवा शक्तिलाई रोक ।
तिमी बिपीको सिद्धान्तमा अगाडि बढ
महिलामाथिको भेदभावलाई अन्त्य गर
कसम खाऊ तिमी
मङ्सिर ४ को जनताको आशीर्वादलाई
खेर फाल्दिनँ ।
जुन आशीर्वाद तिमीले
पक्कै सदुपयोग गर्छौ ।
कपन– फैका, काडमाडौँ ।
Comments