राजनीतिराष्ट्रिय

बृद्धराजमाथि चुनाैति !

0

काठमाडौं । अहिले मुलुकमा ‘युवा प्रधानमन्त्री’को लहर छाएको छ । प्रमुख दलका दोस्रो पुस्ताका नेतादेखि स्वतन्त्र उठेका तेस्रो पुस्तासम्मका नेताहरु प्रधानमन्त्री बन्नको लागि दौडधूपमा छन् । एकातिर पहिलो पुस्ताका नेताहरु दोस्रोपुस्तालाई प्रधानमन्त्री पद नदिने मनस्थितिमा छन् भने अर्काेतिर युवाहरु पद खोस्ने दाउमा छन् । दोस्रो पुस्तामा अन्य पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारी कसैको पनि नपरे पनि काँग्रेसबाट गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् भने नयाँ पार्टी खोलेर त्यसको सभापति बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि प्रधानमन्त्री बन्ने होडमा छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावमा पराजित गरेर प्रधानमन्त्री बन्छु भनेर हिँडेका सागर ढकाललाई पनि ६४ पदमा सांसद उठाएको लौरो अभियानले अघि सारेको छ । यसरी तीन युवाहरुले अहिलेसम्म प्रधानमन्त्री बन्ने बताउँदै आएका छन् ।

केही महिनाअघिसम्म कसैले पनि प्रधानमन्त्रीमा पहिलो पुस्ताका पाँच जनाभन्दा अरु हुँदैन भन्ने बेलामा गगन थापाले आफू चुनावपछि प्रधानमन्त्रीमा उम्मेदवारी दिने उद्घोष गरिदिएपछि राजनीतिक वृत्तमा एउटा ठूलो हलचल मच्चियो । यो ठूलो आँट पनि थियो । चुनावको मुखमा उक्त घोषणाले आफ्नै पार्टी नेतृत्वले समेत चुनाव हराउन लागि पर्ने सम्भावना पनि थियो । तर उनले ठूलै आँट देखाएर प्रधानमन्त्रीको बिगुल फुके । उनको त्यही बिगुलले गर्दा अहिले युवाहरु पनि प्रधानमन्त्री बन्न सक्छन् भन्ने भाष्य स्थापित भएको छ ।

प्रधानमन्त्री को हुन्छ भन्ने कुरालाई दुईवटा पक्षले निर्धारण गर्छ । पहिलो, प्रधानमन्त्री हुन चाहने जो–कोही व्यक्तिको दलले आम निर्वाचनमार्फत् बहुमत सिट प्राप्त गर्छ वा गर्दैन भन्ने । दोस्रो, निर्वाचन सकिएपछि पहिलो भएको दलबाट संसदीय दलको नेतामा को चुनिन्छ भन्ने । सिट संख्या धेरै जित्ने र संसदीय दलको नेताको होडबाजी वरपर वर्तमान राजनीति र निर्वाचनको सरगर्मी घुमेको छ । पहिलो खुड्किलो भनेको दलहरुभित्रका प्रतिस्पर्धी नेताहरु आन्तरिक अधिवेशनमा आफ्नो बर्चस्व जमाउन चाहन्छ ।

यसले कम्तिमा टिकट वितरण गर्दा कसलाई टिकट दिने वा नदिने भन्ने कुरा सजिलो बनाउँछ । वर्तमान स्थितिलाई उदाहरण भने एमालेभित्र घनश्याम भुषालले टिकट पाएनन् तर कमल थापाले सूर्य चिन्ह पाए ।  कांग्रेसभित्र आम जनमानसको शुभेच्छा र जनसमर्थन बोकेका डा. स्वर्णिम वाग्लेले टिकट पाएनन्। यसरी हेर्दा अझैपनि मुख्य दलहरुको सर्वोच्च कुर्सीमा गगन थापाको पुस्ता नदेखिने र २०४८ सालदेखिको आम निर्वाचनबाट जमेर बसेका दलहरुभित्र रहेका शीर्ष नेताहरु नै प्रधानमन्त्रीको कुर्सीमा पुग्नेछन् भन्ने आकलन व्याप्त छ ।

एउटा नेताले कतिसम्म मुलुकलाई नै प्रभावित बनाइदिन्छ ? भन्ने गगनले प्रधानमन्त्रीको उद्घोष गरेको घटनाले पनि देखाउने गरेको छ । उनले देखाएको एउटा आँटले मुलुक ‘युवा प्रधानमन्त्री’मय भएको छ । त्यसैले गगन थापा आफैंमा नेता हुन् भन्ने कुरा यही घटनाले पनि पुष्टि गरिसकेको छ ।

धान पकेट क्षेत्रका किसान चामल किनेर भात खान्छन् !

Previous article

“प्रधानमन्त्री बन्नुस् र देश विकास गर्नुस् है”

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *