राजनीतिराष्ट्रिय

आँट, उर्जा र शैली

0

नेपालमा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाइ आँटिला तथा शैली भएका नेता भनेर चित्रित गरिन्छ । यही चित्रणसँगै उनलाइ हालै बेलायतमा प्रधानमन्त्री भएका ऋषि सुनकसँग थापालाइ दाँजेर हेर्ने पनि गरिन्छ । यहीपाला यसैपाला ड्राइभिङ सिटमा बस्ने हाे भन्ने उद्घाेषका साथ चुनावी मैदानमा उत्रिएका थापालाइ प्रम ऋषि सुनकसँग दाँजिनुसँग चुनावी फण्डामात्र नभै केही तात्विक महत्व पनि रहेकाे देख्न सकिन्छ ।

यही महिना भारतीय मूलका बेलायती नागरिक ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बने ।  उनी कन्जरभेटिभ पार्टीको संसदीय दलका नेता चुनिएसँगै ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री बनेका हुन् । उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका उनी त्यसको ७ वर्षमै प्रधानमन्त्री बनेका थिए ।  ऋषि सुनक, बोरिस जोन्सनको मन्त्रिपरिषदमा वित्तमन्त्री थिए । उनले प्रधानमन्त्री बनेपछि देशको अर्थ व्यवस्था मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।

संसदीय अभ्यासको जननी मानिने बेलायतले एउटा राम्रो पाठ सिकाइरहेको बेलामा नेपालमा पनि धेरै समयदेखि युवा प्रधानमन्त्री मुलुकले पाउनुपर्ने माग उठ्दै आएको छ । बेलायतजस्तो विकसित मुलुकले ४३ वर्षको युवालाई प्रधानमन्त्रीमा चुन्न सक्छ भने हामीले किन युवालाई नेतृत्व दिन सक्दैनौं भन्ने अहं प्रश्न यहाँ उठ्न थालेको छ । पूर्वप्रधानमन्त्री बोरिस जोनसनको पालामा वित्तमन्त्री रहेका उनले मन्त्री हुँदा गरेको राम्रो कामले गर्दा सिधै प्रधानमन्त्रीको पद पाए । जुन नेपालको लागि पनि उदाहरणीय हुन सक्छ ।

बेलायतमा प्रधानमन्त्रीपछि वित्तमन्त्री पद दोस्रो ठूलो मानिन्छ । वित्त मन्त्रीका रुपमा उनले राम्रो काम गरेका कारण पनि भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको थियो । उनी ६ साता पहिले पनि प्रधानमन्त्रीको दौडमा थिए । बोरिस जोनसनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि उनले पनि दाबी गरेका थिए । तर लिज ट्रस प्रधानमन्त्री बनिन् । उनले ४५ दिनमै राजीनामा दिएपछि ऋषि फेरि दौडमा आए ।

अहिले नेपालमा पनि प्रधानमन्त्रीको चर्चामा आएका नेताहरुमध्ये सम्भवतः सबैभन्दा कान्छा नेता गगन थापा हुन् । उनले एक पटक स्वास्थ्यमन्त्रीको हैसियतमा काम गर्दा नेपाली स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति सुरु भएको थियो । मन्त्री हटेपछि पनि उनले स्वास्थ्य र अन्य क्षेत्रमा समेत गरेका कामहरु प्रशंसनीय छन् । त्यसैले पनि उनले प्रधानमन्त्रीमा उम्मेदवारी दिन्छुभन्दा खिसिट्युरी र विरोध गर्नेहरुभन्दा आशाबोक्नेहरुको जमात धेरै देखिने गरेको छ । यो हिसाबले हेर्दा यसपालि बेलायतबाट नेपालले केही सिक्न सक्ने सम्भावना समेत देखिन्छ ।

अब कुरा आउला गगन नै प्रधानमन्त्री किन त ? एउटै पार्टीमा सभापति देउवासहित ५ जनाले प्रधानमन्त्री दावी गरिरहेकाे बेला महामन्त्री गगनले पाउँछन् भन्ने आशा के ? चुनाव अघिकाे गणितीय हिसाब हेर्ने हाे भने याे गगन थापाकाे आँट र साहस मात्र हाे कि भन्न लाग्न सक्छ तर चुनावपछिकाे धेरै यस्ता वातावरण हुनसक्छन् जसले थापालाइ प्रमकाे कुर्सीसम्म पुर्याउन सक्छ । ऋषि सुनकलाइ पनि सजिलै कसैले हातमा राखेर प्रधानमन्त्रीकाे कुर्सी दिएकाे हैन । प्रशंग परिवेशले सुनककाे आवश्यक्ता बाेध गरायाे उनी प्रम बने ।

विगत एक दशकमा मन्त्री भएका अनुहारलाई सरसर्ती हेर्ने हो भने सायद गगन थापा एक्ला मन्त्री हुन सक्छन् जसले मन्त्री भएर पनि निर्विवादित रुपमा कार्र्यकाल सम्पन्न गरे । त्यतिमात्रै होइन, छोटो समयमा पनि आकर्षक र लोभलाग्दो काम गरेर देखाए । उनले मन्त्री हुँदा गरेको स्वास्थ्य बिमाको काम, स्वास्थ्य संस्था सुधारको काम जस्ता उदाहरणीय काम अहिलेसम्म पनि गर्व गर्न लायक छ । 

 

त्यतिमात्रै होइन, गगनले केहीसमयदेखि गर्दै आएको प्रोजेक्ट गभर्मेन्ट परियोजना एउटा सफल प्रधानमन्त्रीको लागि चाहिने एउटा अत्यावश्यक कार्यक्रम हो । कुन क्षेत्रमा कस्ता समस्या छन् र ती समस्यालाई कसरी हल गर्न सकिन्छ रु भन्ने कुरा गगनले अहिले नै बुझिसकेका छन् । आफू प्रधानमन्त्री बन्ने नबन्ने यकिन नहुँदै उनले प्रधानमन्त्री हुँदाको बेलामा गर्नुपर्ने पूर्वतयारी सकिसकेका छन् । त्यसैले पनि प्रधानमन्त्री बने भने गगन थापाले पक्कै मुलुकको मुहार फेर्नको लागि केही न केही सकारात्मक काम गर्नेछन् भन्नेमा म मात्रै होइन । सायद धेरै युवाहरु आशावादी छन् ।

 

प्रधानमन्त्री कुनै अनुभवले सफल हुने पद होइन भन्ने कुरा बेलायतमा युवा प्रधानमन्त्री निर्वाचित भएको घटनाले पनि देखाइसकेको छ। यो त नयाँ भिजन र इमान्दारीले हुने कुरा हो । जुन पहिलो पुस्ताका नेताहरुबाट सम्भव छैन भन्ने बारम्बार पुष्टि भइसकेको छ । त्यसैले अब दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने भएको छ । यसको लागि गगन थापा प्रधानमन्त्रीका स्वाभाविक उम्मेदवार हुन् । समकालीन युवा नेतामध्येबाट कम्मर कसेर बुढाहरूलाइ चुनौती दिएका छन् गगन थापाले ।

यही चुनौतीले म र मेरो भन्ने उमेर समूहका आम नागरिकलाई छोएको छ । काेही त छ यी बुढाहरूको यथास्थितिबाट बाहिर निकाल्न आँट र साहस देखाउने व्यक्ति भन्ने उत्साह जगाएकाे छ ।  उनले चुनाव त सहजै जित्छन् भन्ने अनुमान गर्न सकिन्छ । यसमा कुनै शंका छैन, चुनावपछि हुने संसदीय दलको नेतामा पनि थापाले जितेर प्रधानमन्त्री बन्नेछन् र मुलुकको विकासमा नयाँ आशा जगाउने छन् भन्ने विश्वास छ ।

.. अनि उनले पनि छोरासँगै गगन थापाको हातलाइ बिस्तारै छोए !

Previous article

“शुभकामना” दिन अफिस बिदा लिएर बसेँ

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *