राजनीतिराष्ट्रिय

.. अनि उनले पनि छोरासँगै गगन थापाको हातलाइ बिस्तारै छोए !

0

समय : कात्तिक २५ गते शुक्रबार

कार्यक्रमः गगन थापाकाे घरदैलाे
स्थान : बुढानीलकण्ठ नगरपालिका वडा नं १० कपन ।

करिब ९०/१०० जनाको हुल घरदैलो कार्यक्रममा छ । अघिअघि माला र अबिर लगाएका दुई जना उम्मेदवारहरु छन् । उम्मेदवारभन्दा पछि बस्ने एक जनाले गगन थापाको पक्षमा भट्याउँदै छ । पछिपछिकाले सोही नारामा साथ दिइरहेका छन् । टोलीमा कसैले रुख चिह्न अंकित झण्डा लिएका छन्, कसैले हँसिया हथौडा अंकित त कसैले कलम अंकित झण्डा लिएका छन् ।

करिब साढे ८ बजेतिर घरदैलो सुरु हुन्छ । घरमा पुग्दा नपुग्दै गगन थापा आएभन्दै बाहिर निस्किन्छन् । महिला र घरका मूलीसँगै उनीहरुका लालाबाला पनि निस्कन्छन् । गगन थापाले ती बच्चालाई टुसुक्क बसेर दुईवटा कालामा मुसार्छन् र अभिभावकसँग आशीर्वाद मागेर निस्कन्छन् । टिममा गएकाहरुले मंसिर ४ र भोटको कुरा गर्न भ्याउँदा नभ्याउँदै भोट गगनलाई नै दिने भनिसकेपछि भोट मागिरहनु पर्ने आवश्यकता नै रहेन । त्यसपछि नमस्कार गरेर उनी निस्किए ।

करिब १० घरजति पुगिसकेपछि एउटा घरमा वृद्ध बाबु र अधवैंसे छोरा घरकै काममा व्यस्त थिए । त्यतिबेलासम्म गगनले मालाको भारी बिसाइसकेका थिए । शिर अबिरले रंगिएको थियो । घाँटीमा केही खादा बाँकी थिए । यसले उनलाई उम्मेदवार हुन् र त्यो भीड चुनावी प्रचारको लागि हो भन्ने जनाइरहेको थियो । घरको भुइातलामा किराना पसल थियो । बाबु भित्रको धन्दा गर्दै थिए भने छोरा बाहिरको धन्दामा व्यस्त थिए । चिसोको मौसम बाक्लो ज्याकेट र ढाकाको छोपी लगाएका छोराले परैबाट गगन थापालाई चिनिहाले । उनी हत्तनपत्त नजिकै रहेको टालोले हात पुछेर गगन आइरहेको तिरै हेर्न थाले ।

बाबुलाई पनि गगन थापा आएको खबर गरे । बाबु पनि हत्तनपत्त काम सकेर बाहिर निस्किए । गगनले छोरासँग हात मिलाए । सन्चोबिसन्चो सोधे । एकछिन हाँसिमजाकको कुरा भयो । भोट त माग्नै परेको थिएन । छोराले प्रधानमन्त्री हुन्छु भनेर उद्घोष गरेकोमा शुभेक्षा प्रकट गरे । छोरासँग हात मिलाइरहँदा बाबुले पनि त्यसैमाथि हात थपे । गगनको हातमा हात राखेर प्रधानमन्त्रीको लागि शुभकामना दिए । सँगै रहेको काठमाडौंखबरकर्मीले गगन थापालाई किन मन पराएको ? भन्नेमा उनको उत्तर थियो, ‘जो सक्षम छ उसैलाई दिने हो, उहाँ प्रधानमन्त्री भएपछि हामीहरुको लागि पनि त्यो सौभाग्यको कुरा हो । प्रधानमन्त्रीमा उम्मेदवारी दिने आँट देखाएकोले हामीले यसपालि उनलाई भोट दिने योजना बनाएका हौं ।’ उनले भने ।

त्यसपछि टोली अघि बढ्यो । पसलको माहोल एकाएक शान्त भयो । बाबुले छोरातिर हेर्दै ‘गगनले जित्ला त ?’ जिते हुने हिसाबले साेधे । छोराले ‘अरूकाे भन्दा उनकै चान्स धेरै छ, जित्न पर्ने हाे’ भन्दै आफ्नो कामतिर लागे ।

यस्तै, भरोसा घरदैलोको क्रममा गगन थापाप्रति धेरैबाट आउने गरेको छ । धेरैले संसदीय चुनाव जित्नभन्दा पनि प्रधानमन्त्री हुन आशीर्वाद दिने गरेका छन् । जसमा वृद्धवृद्धाहरुमा उनीप्रति धेरै आशा रहेको पाइएको छ । यो आशीर्वादले आफू हौसिएको गगन थापा बताउने गर्छन् ।

बौद्धिकता, प्रजातन्त्र र आजको काँग्रेस

Previous article

आँट, उर्जा र शैली

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *