- सुनिल उलक
आज नवम्वर ११, त्रासदीपूर्ण पहिलो विश्व युद्ध समाप्तीको घोषणा १०४ वर्ष अगाडि भएको थियो ।
सन १९१८ को एघारौ महिनाको एघारौ दिनको दिउसोको ठिक एघार बजे विश्वभर एउटा खुशीको सन्देश फैलिएको थियो । पहिलो विश्वयुद्धको समाप्तिको घोषणाले संसारभर खुशीयाली मनाइएको थियो । ऑस्ट्रियाको युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड र उनको पत्नीको २८ जून, १९१४ मा सेराजेवोमा भएको हत्याको आक्रोशमा ऑस्ट्रियाले सर्बियाको विरुद्ध युद्ध घोषणा गरेको थियो । यहीँ कारण नै पहिलो विश्वयुद्ध शुरुवातको मुख्य कारण थियो । तर यसका पछाडि भने विश्वका प्रमुख बिकसित राष्ट्र बिच बैमनस्यताको शुरुवात भइसकेको थियो ।
झण्डै दुई करोड सैनिक तथा गैरसैनिक सर्वसाधारण जनताको मृत्युु भएको पहिलो विश्वयुद्ध ४ वर्ष भन्दा बढी चलेको थियो । यस युद्धमा नेपाल पनि अछुतो रहन सकेन । करिव २ लाख नेपाली युद्धमा होमिएकोमा करिव २० हजारले जीवन गुमाउन पर्यो । यहि युद्धको समाप्ती पछि आ-आफ्नो देश फर्केका सैनिकका कारण स्पेनिश फ्लू फैलिएको थियो । जसका कारण विश्वयुद्धमा भन्दा दुइगुना भन्दा बढीको ज्यान गएको थियो ।
पहिलो विश्व युद्धको शुरूवात हुनुको मुख्य कारण अस्ट्रियाका राजकुमार Archduke Franz Ferdinand को साराएगोमा बि.सं. १९७१ असार १५ मा भएको हत्या नै थियो । शत्रु राज्यमा बारम्बारको धम्कीलाइ बेवास्ता गर्दै त्यहाँ पुग्नु राजकुमारको लापरवाही थियो ।
धेरै कमलाई ज्ञात होला युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड वीरशम्शेरको समयमा नेपालमा शिकार खेल्न आएका थिए । उनले बि.सं. १९४९ को फागुनमा नेपालको कैलाली र कञ्चनपुरमा १७ बाघ ६ गैडा तथा असंख्य अन्य जनावरको शिकार गरेका थिए । उनि त्यसबेलाका सबैभन्दा नामुद शिकारी थिए । शिकारको लागी संसारको कुनै पनि कुना पुग्ने उनले जीवनमा २७४८८९ जनावर तथा पंक्षिको शिकार गरे । मात्र २८ बर्षको उमेरमा बिश्व भ्रमणमा निस्कदा नेपालमा पनि शिकार खेलेका थिए ।
बीरशम्शेरले केशरसिंह थापाको नेतृत्वमा शिकार खेल्न सहयोगीहरू पठाएका थिए । त्यतिबेला आर्कड्युकले कैलाली र कञ्चनपुरमा गरि १७ बाघ ६ वटा गैडा र अन्य असंख्य जनावरहरू मारेका थिए । उनको निशाना कहिल्यै फरक जान्नथ्यो । तर अन्तमा यस्ता शिकारी आफै शिकार भए । भनौ, हजारौं जनावर तथा पशुपंछीको हत्याको सजायँ पाए ।
आजभन्दा १०३ वर्ष अगाडि पहिलो विश्वयुद्धको समाप्तीको घोषणा गरिएको थियो । यसदिनलाई युद्धविराम दिवस (Armistice Day)को रुपमा मनाउने गरिन्छ । तर सन १९५४ बाट अमेरिकाले भने Veterans Day को रुपमा मनाउने गर्न थालेको छ ।
तस्विर प्रथम विश्वयुद्धका प्रमुख कारक अर्थात हत्या भएका युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड नेपालमा शिकारमा आउने समयको हो ।
Comments