– वियोगी बुढाथोकी
देशले संघीयता पाएपछिको दोस्रो संघीय तथा प्रदेशको निर्वाचनमा मुलुक होमिएको अवस्था हो ।पहिलोबाट दोस्रो चुनाव नहुदै नैराश्यता बढ्नुलाई कहीँ र कतै पनि राम्रो मानिँदैन । यसतर्फ सचेत व्यक्तिले सोच्नुपर्ने भएको छ । प्रश्न उठ्छ विश्वमा संघीय प्रणालीले प्रगतिपथमा लम्किरहेको अवस्थामा हामी कहाँ छौं रु नेताप्रतिको नैराश्यता जनतामा चुलिँदो छ, किन भन्ने प्रश्न छ समाधान मौन छ ।
नेताहरू जनताको घरदैलोमा पुगेर आफूलाई जनताको सेवकको रुपमा प्रमाणित गर्न भरमग्दूर प्रयास गरिरहेको अवस्था छ । तर चुनावमुखी भएको आरोपका कारण भएका कतिपयका नैराश्यतालाई चिर्न उम्मेदवारहरू कतिको सफल हुन्छन् भन्ने हेर्न चुनावको दिन खस्ने मतलाई नै कुर्नुपर्ने हुन्छ । समयले धेरैपल्ट आश्वासन बाँडेर नथाक्ने उम्मेदवारहरूलाई विश्राम दिनुपर्छ भन्ने माग पनि प्रशस्त मात्रामा उठ्ने गरेको छ ।
यसलाई अस्वभाविक भन्न मिल्दैन । तर यस भनाईप्र ितभने समय मौन बसेको अवस्था हो । मौन बस्नुलाई जायज वा नाजायज भन्ने कुरा समयले भन्नु पर्ने हो । विकासको ढोका खोल्न सक्षम नेतृत्वको चाहना जनतामाझ बढ्दो छ । युवाको अनुहारमा देशको भविष्य देख्नेहरू प्रशस्त मात्रामा संख्यात्मक रुपमा चुलिँदो छ । राजनीति निराशाको केन्द्र बन्नुभन्दा अगावै सफल नेतृत्वको चयन हुनु जरुरी छ । तर यसतर्फ हामी कहाँ, कसरी र किन अलमलिएका छौं समयको मागलई सम्बोधन गर्न भनेर आफैसँग प्रश्न गर्नुपर्ने समय आएको छ ।
बलवान समयले परिवर्तनको खाका खोजेको छ । विकासको नाता रोजेको छ । गतिशील र प्रगतिशील सोचाइको भोक जगाएको छ । कुनै पनि क्षेत्रमा निराशाको कालो वादल मडारिँदै जानु राम्रो होइन । यसलाई शुभसंंकेत मान्न कदापी पनि सकिँदैन । राजनीति मागीखाने भाँडोमा रुपान्तरित हुनु देश र जनताको लागि राम्रो मानिँदैन । अतः समय छँदै सोचेको खण्डमा र आफ्नो बुद्धिमत्तापूर्ण निर्णय गरेको खण्डमा केही नयाँ र नौलो काम हुन सक्ने विश्वास लिन सकिन्छ । विश्वासमाथि खडेरी परेको अवस्था हो यो । यसलाई चिर्न सक्नुपर्छ ।
जनचाहनाले निर्वाचन केवल कर्मकाण्डमा मात्र सीमित नहोस् भन्ने चाहना राख्नु स्वभाविकै हो । चुनाव जित्न आश्वासनको उज्यालो बाल्ने तर जितेपछि जनताका समस्याप्रति वेवास्ता गर्ने प्रवृत्तिका कारण निराशाको कालो वादल मतदाताको मन मनमा आसन जमाएको वर्तमान अवस्था हो भन्दा फरक नपर्ला । अतः उज्यालोको आश्वासन हैन विश्वास दिलाउन सक्नु पर्ने अवस्था सिर्जना गर्नुपर्ने भएको छ ।
देशको र मतदाताको भविष्य केही हदसम्म सुनिश्चित गर्न सक्नु पर्ने भएको छ । पटक पटक सम्बोधन गर्ने तर कार्यान्वयनको पक्षमा मौन बस्ने प्रवृत्ति हावी हुनुको अर्थमा नैराश्यताको पर्खाल ठडिएको देखेर पनि नदेख्ने गर्दा समस्या बढ्दै गएको देखिन्छ । नेताप्रति वितृष्णा बढेको देख्दा सर्वसाधारणलाई दुःख लागेको यथार्थ सत्यलाई चिन्तन मनन गर्नु पर्ने होइन र रु
वर्तमानको खोजि पुरानामा होइन नयाँ उम्मेदवारप्रति भएको अवस्थालाई चिर्न हो हल्ला र अफवाह फैलाउने प्रवृत्तितर्फ पनि ध्यान दिनुपर्ने भएको छ । सत्य, तथ्यको खोजिमा मतदाता रहेको अवस्थामा भ्रमको खेति गरेर मतदातालाई दिग्भ्रमित पार्ने अवस्थाबाट सचेत गराउनु पनि त्यतिकै आवश्यकता मानिन्छ । हामीले हिजोमा फर्किएर स्वमूल्यांकन सत्य र तथ्यमा आधारित भएर गर्नुपर्ने समय भएको छ । मतदातालाई भ्रममा पार्ने काम पनि नहुने होइन हुँदै आएको छ । सचेत र सजगभन्दा पनि सीधासाधा मतदाताको मनलाई भ्रमित पार्ने काम बिपक्षीबाट हुुनुलाई स्वस्थ प्रतिस्पर्धा मान्न सकिँदैन । स्वस्थ प्रतिष्पर्धा आजको माग हो । प्रतिबद्धता आजको खाँचो हो ।
हामीले समाजवादी चिन्तक एवम् प्रदीप गिरीलाई गुमायौं, त्यस्को क्षतिपूर्ती कोबाट सम्भव होला भनेर देश र समग्रमा जनतालाई चिन्ता लागेको छ । मतदानको लागि मत माग्न आउने उम्मेदवारहरूसँग सोको बारेमा सवालजवाफ गर्नुपर्ने भएको छ । त्यो बहुसंख्यक मतदाताको पहुचभन्दा टाढाको विषय हो । नजिकबाट चिन्नेले नै चिन्तन गर्ने हो । बोलिमा समाजवादको नारा लगाउने तर व्यवहारमा ध्यान नदिने गर्दा समस्या यहीबाट सुरु भएको छ । समाजवाद सबैको चाहना हो तर व्यवहारमा समाजवाद कुन चराको नाम हो भन्ने स्थिति पैदा हुनु भनेको राम्रो लक्षण कदापी होइन । यसतर्फ पनि वतमान नेतृत्वले विचारको राजनीतिमा अनुशासित भएर व्याख्या र विवचना गर्नु पर्ने भएको छ । जनताले व्यवहारमुखी समाजवाद खोेजेका हुन् भनेर बुझ्नु जरुरी छ ।
म काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ४ म बसोबास गर्छु । तर ५ नं. क्षेत्रमा मतदान गर्छु । ४ र ५ भन्नु विगतका आन्दोलनहरूमा चर्चामा रहेको हात्तीगौंडा पर्छ । राजनीतिक चेत भएपछि भएका प्रत्येक आन्दोलनहरूमा अग्रपंक्तिमा रहेर आन्दोलनमा होमिनु हात्तीगौंडावासीको एक प्रकारले कर्म नै बनेको थियो छ भन्दा फरक नपर्ला । राष्ट्र्यिता, लोकतन्त्र र समाजवादको पक्षमा दरो उपस्थिति जनाउनु र जनाउनेप्रति खरो समर्थनमा उत्रिनु हात्तीगौंडावासीको राजनीतिक यात्रा भएको छ । यति हुँदाहुँदै पनि दूर्भाग्य भनौं स्थानीयले संघमा प्रतिनिधित्व गर्ने अवसर आफै अनावश्यक झुण्डमा रमाउनुको अर्थमा अवसर पाएका छैनन् । यसो भन्दा दुःख लाग्छ । वर्तमानले यसो भन्दै गर्दा भविष्यले केको आशा गर्ला रु
अर्को अर्थमा काठमाडौंको ४ र ५ एक प्रकारले भाग्यमानी क्षेत्र हो भन्दा फरक पर्दैन किनभने गगन थापाजस्तो अठोट र प्रतिबद्धताका राजनीतिक हस्ती क्षेत्र नं. ४ ले पाएको छ । विगतको राजनीतिक यात्रामा राष्ट्र्यि मुद्दालाई जोडदार रुपमा उठाउनेहरुको पंक्तिमा अग्रभागमा रहेर विकासको पक्षमा मात्र नभएर आफ्नै विश्वासको घरभित्र पनि पार्टीको हित र भविष्यको बारेमा आफ्नो आवाज बुलन्द पार्ने हैसियत उनले राखेका छन् । आफ्नो कुरा प्रायःजसोलाई चित्त बुझ्ने गरी राख्नसक्ने हैसियत कमाएका छन् ।
आफ्ना प्रतिबद्धताहरूप्रष्ट रुपमा राखेका छन् । हो, काम गर्ने सिलसिलामा धेरै काम गर्दा थोरै कमजोरी हुन जानुलाई धेरै गरेकोलाई सफल मानेर स्वीकार गर्नुपर्छ र आगामी दिनहरूमा भए गरेका कमीकमजोरीलाई दोहोरिन नदिने प्रतिबद्धता जाहेर गर्नुपर्ने हुन्छ । उनले भनेका छन् ( देशमा ठूला परिवर्तन चाहिएको छ । तर, त्यो परिवर्तन राजनीतिक नेतृत्व परिवर्तनविना सम्भव छैन । मलाई काठमाडौं ४ को मात्र फोहोर सफा गर्नु छैन । यसपटक मौका पाउँदै गर्दा मेरो प्रयत्न ड्रइभिङ सिटमा नै बसेर पाँच बर्ष देश सञ्चालन गर्ने हुनेछ ।
यो भनाई निर्वाचन क्षेत्रकै गौरवको विषय हो । त्यो देश हाँक्ने अवसर हाम्रो मतले पाउनुभन्दा अर्को खुसी जीवनले लामो त्याग र तपस्यापछि मात्र विरलै पाउने अवसर हो । फेरी कति दशक यस्तो भनाईलाई पर्खिनु पर्ने हो सोचौं । अतः पाएको अवसरलाई हामीले सदूपयोग गर्न आवश्यक मानिन्छ । खवरदारी र निगरानी राखेर एकपल्ट यस्तो भनाईलाई अनुमोदन गर्न चुक्नुहुन्न भन्ने आशय यो लेखको हो ।
अर्काे भविष्यको लागि केही गर्ने प्रतिबद्धता जाहेर गर्ने युवा एवम् जुझारु युवा नेताको रुपमा देशले परीक्षा लिइरहेका व्यक्तिहरुमध्येमा पर्छन प्रदीप पौडेल । उनमा पलाएको आत्मविश्वास हाम्रै कारण हो । गर्व गर्न लायक हात्तीगौंडाको विगतको इतिहासको हो । इतिहास बनाउन तत्पर स्थानीयको साथ र सहयोगको हो । विगतमा नरहरि आचार्यले हिँडेको नैतिक, दूरदर्शी र प्रेरणादायी भूमिकाको बाटो अवलम्बन गर्नु हो । प्रतिबद्धता जाहेर गर्नु हो ।
वर्तमानमा देखिएको निष्ठा, इमान र जवाफदेहीताहीन राजनीतिलाई परास्त गरेर निष्ठा, इमान र जवाफदेही हुने समस्त युवाको आवाज र संकल्पनै वर्तमानले चाहेको अवस्था हो । यसतर्फ हामी चुक्दा समाज चुक्छ । देशको प्रगति र विकास रुक्छ । विचारको यात्रालाई साथ लिएर हिँड्न खोज्ने यात्रीलाई सघाउनु र माथि भएिझैं खवरदारी र निगरानीमा राखेर परीक्षणकालको अवधि तोक्नु हामी मतदाताको कर्तव्य हो ।
म सम्झन्छु यतिखेर प्रखर समाजवादी नेता प्रदीप गिरी जीवित रहनु भएको भए पक्कै पनि गगन, विश्वप्रकाश र प्रदीपहरूप्रति फर्किएर शुभकामना दिनुहुनेथ्यो । गुरुले दिनुपर्ने र शिष्यले लिनुपर्ने शिक्षा र दीक्षा अवश्य दिनु हुनेथियो । तथापि प्रदीप गिरीले बनाएको बाटोमा अविचलित यात्रा गरेको खण्डमा माथि उल्लेखित युव नेताको राजनीतिक यात्रा सुनिश्चित र गर्व गर्न लायक हुने भएकोले त्यस तर्फ लाग्न हाम्रो खवरदारीले अवश्य नै काम गर्ने विश्वास लिन सकिन्छ । त्यो वातावरण बनाउने जिम्मेवारी मतदातालाई दिएको अवस्था हो ।
यसर्थ पनि हामीले यसपल्ट यिनै अनुहारलाई विजयी गराएर परीक्षा लिनु पर्ने भएको छ । मालिक होइन सेवक हुने प्रतिबद्धता जाहेर गर्न लगाएर विजयी गराउन तत्पर हुनु पर्छ भन्ने यो लेखको आशय हो । आगे सचेत र जागरुक मतदाताको मर्जी !
(लेखक वियाेगी बुढाथाेकीः नेपाली भाषा साहित्यमा चिरपरीचित नाम हाे)
Comments