राजनीतिसमसामयिक

ट्विटर सर्वेक्षणः नयाँ प्रधानमन्त्रीकारूपमा केपि ओलीभन्दा गगन थापा भएकाे हेर्न चाहने धेरै

0

वरिष्ठ संचारकर्मी भुषण दहालले आफ्नाे सामाजिक सन्जाल ट्विटरमा गरेकाे सर्वेक्षणमा सबैभन्दा धेरैले गगन थापा प्रधानमन्त्री भएकाे हेर्न चाहेकाे प्रतिक्रिया दिएका छन् । दहालले आफ्नाे पपुलर ट्विटरमा एक साताअघि लिट्मस टेस्ट १ भनेर “यदि मंसिर ४ गतेको चुनावबाटै कसैलाई प्रत्येक्ष निर्वाचित प्रम बनाउन सके” भनेर एउटा पाेल सुरू गरेका थिए । साे पाेलमा ९३०८ जनाले भाेट गरेका छन् जसमध्ये प्रचण्डले ८.१ प्रतिशत, शेरबहादुर देउवाले २.४ प्रतिशत, केपि ओलीले २१.५ प्रतिशत र अरू काेही नयाँ मान्छेले ६८.१ प्रतिशत मत पाएका थिए ।

२ दिनअघि दहालले साेहि अघिल्लाे मतसँग् सम्बन्धित रहेर अर्काे ट्विट पाेल गरे, लिट्मस टेस्ट २ भनेर गरिएकाे अर्काे ट्विट यस्ताे थियाे, करिव दश हजार मतमा ६८% ले अरु कोहि नयाँ अनुहार भनेका छन् । अब को भैदिए हुन्थ्यो त्यो नयाँ अनुहारको प्रम ? यसमा संचारकर्मी दहालले ४ अप्सन दिएका थिए वर्तमान पुस्तामा चर्चित रवि लामिछाने, गगन थापा, राजेन्द्र लिङगदेन र हाेइन अरू नै काेही । याे पाेलमा याे समाचार तयार पार्दासम्म ७६१० जनाले भाेट गरेका छन् ।जसमध्ये सबैभन्दा धेरै ३१.४ प्रतिशतले गगन थापा प्रधानमन्त्री भएकाे हेर्न चाहेकाे बताएका छन् । त्यसपछि रवि लामिछानेले २७ प्रतिशत र राजेन्द्र लिङदेनले २५.६ प्रतिशत मत पाएका छन् भने हाेइन अरू काेही भन्ने शीर्षकमा १६. १ प्रतिशत मत आएकाे छ ।

काठमाडाैँ क्षेत्र नं ४ बाट चुनावी मैदानमा रहेका गगन थापाले यसपटक प्रधानमन्त्री बन्ने उद्घाेषका साथ चुनावी मैदानमा छन् । ९ महिना स्वास्थ्य मन्त्री बनेर राम्राे कामका कारण चर्चामा रहेका थापासँग ओली निकट राजन भट्टराइ चुनावी मैदानमा छन् ।

सहरीया समाजले अझै वातावरण विषय मान्दैन, वातावरण विनाशकहरू नै जनप्रतिनिधि चुनिन्छन्

Previous article

ओखरलगायतका फलफूल खेती गर्न एशियाली विकास बैंकले नेपालमा ९ अर्ब लगानी गर्ने

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *