निर्वाचनका मुखमा विभिन्न अवयवहरु छरप्रष्ट भइरहेका छन् । उम्मेदवारहरु मतदाताविच पुग्ने क्रम जारि छ भने विभिन्न माध्यमवाट उम्मेदवारको पक्ष र विपक्षमा लविङ्गको काम पनि भैरहेको छ । विगतमा कसलाई भोट भन्दै प्रचारप्रसारकालागि घर घर पुग्नपर्ने बाध्यता थियो भने सामाजिक सञ्जालमा आम नागरिकको पहुँचका कारण अहिले कसलाई मत दिने भन्नेमा मात्र होइन, कसलाई नदिने भन्ने विषयमा पनि त्यत्तिकै कसरत देखिन्छ । र यस्ता कसरत गर्नेमा देशभित्र रहेका नेपाली भन्दा पनि रोजगारिका सिलसिलामा विदेश रहेका युवाहरु सकृय देखिन्छन् । निर्वाचन आयोगले यस बारेमा अलिक कडाई गरेपश्चात त यस्ता ‘नो नट अगेन’ जस्ता अभियानमा विदेशमा रहेका युवाहरु प्रयोग भएको अनुमान गर्न सकिन्छ ।
“नो नट अगेन” के हो, के साच्चै यो एक सामाजिक अभियान हो, यस अभियानका नाममा काठमाण्डौं क्षेत्र नं ४ का प्रत्यासी गगन थापाजस्ता पात्रको पनि नाम आउनु पर्ने हो या होइन ? लगायतका विषयमा रहेर राजनीतिक समाजशास्त्रका सह–प्राध्यापक तथा विश्लेषक डा. उद्धब प्याकुरेलसँग गरिएको कुराकानीको एक अंशः
विगत आधा दशकदेखि काठमाण्डौं क्षेत्र नं ४ मा बसेर नेपालको राजनीतिलाई नियालिरहनु भएको छ, कस्तो लागिरहेको छ?
हो, काठमाण्डौं क्षेत्र नं ४, हात्तिगौडामा बस्न थालेको ६ बर्ष हुनथाल्यो । मतदाताका रुपमा अझैपनि म नुवाकोटे हो भने राजनीतिलाई विश्लेषण गर्ने सन्दर्भमा म नुवाकोट र काठमाण्डौंमात्र होइन, देशभरका आम नागरिकसंग प्रत्यक्ष र परोक्ष संवाद र सम्पर्कमा रहेर बुझ्ने र सम्झने प्रयास गरिरहेको हुन्छु । दशैंको वरिपरिको माहोलमा मात्र पनि सुदुर पश्चिम र सुदुर पुर्वका स्थानहरु धुम्ने र त्यहाका जनतासंग साक्षात्कर गर्ने अवसर जुराएँ ।
सर्वसाधारणको कोणवाट हेर्दा उहाँहरुमा व्यापक असन्तुष्ठि र केहि गर्ने हुटहुटि देखिन्छ । असन्तुष्ठिका प्रमुख कारक त भएको भन्दा अतिसयुत्तिपुर्ण मिथ्यांक जनतासमक्ष पु–याएर आफु भाइरल हुन चाहने एउटा तप्का, कटु वाँणिहरु भाइरल बनाएर केहि भएपनि आर्थिक लाभ लिन पल्केका सञ्जालको अर्थ राजनीति लगायतले काम गरेको पाइन्छ । यसले समाज र राजनीतिलाई सहयोग गर्दैन, किनभने अरुलाई गालि गर्ने संस्कारले चिन्ता गर्न प्रोत्साहित गर्छ, चिन्तन गर्न होइन र यस्ता चिन्तामात्र गर्दै जानाले त मानिसको मानसिक स्वास्थ्यमा पनि असर गर्छ ।
त्यसैले म त भन्छु, नेकपा विभाजनका समयमा संसद विगठन गर्ने लगायतका केहि प्रयासले संविधान र लोकतन्त्रको स्वभाविक बाटोमा हिडिरहेको नेपालमा केहि व्यवधान ल्याउन खाजेको देखिए पनि समग्रमा संघिय गणतन्त्र नेपालले अग्रगमन कै पथमा छ । र नेपालको भु-अवस्थिती र बहुसंख्यकमा रहेको लोकतान्त्रिक चेतनाका कारण व्यवस्थाप्रतिको प्रतिबद्धताको यो परिस्थिती लामो समय कायम रहने छ भन्नेमा पनि आशावादी छु । जहाँसम्म काठमाण्डौं क्षेत्र नं ४ को कुरा छ, यहाँका जनता सचेत छन् र उहाँहरुले विवेक प्रयोग गरेर देश, काल परिस्थिती बुझेका र समग्रमा देशलाई नै नेतृत्व दिनसक्ने प्रतिनिधि उहाँहरुको रोजाइ थियो, छ र हुनेछ भन्ने लाग्छ ।
काठमाण्डौं क्षेत्र नं ४ मा सभासद भइसकेका र हालका प्रत्यासि गगन थापाका तस्विर राखेर “नो नट अगेन” भन्दैछन्, यसलाई कसरि हेरिरहनु भएको छ ?
मैले पनि नो नट अगेन का नाममा आइरहेका प्रचार सामाग्रि हेरिरहेको छु र यसमा कतिपय यस पटक नउठेका देखि त्यो अभियानको भनिएको उदेश्य भन्दा वाहिरका मानिसहरुको पनि तस्विर सहित नकारात्मक टिप्पणी त्यहाँ देखिन्छ । यसवाट के अवधारणा बनाउन सकिन्छ भने यसका प्रचारकहरुले केहि व्यक्तिलाई टार्गेक गरेर लामै समयको अभ्यासका साथ यि काम गर्दै थिए, त्यसैले उम्मेदवार नभएका मानिसहरुका बारेमा समेत उनिहरु मतलब नराखि जे तयारि हो त्यहि अनुसार वाहिर ल्याइरहेका छन् । गगनजीलाई पनि विभिन्न वहाना दिएर जसरि त्यस लिष्टमा राखेर प्रचार गरिदैछ, त्यसबाट यो पहल त एक “सामाजिक आन्दोलन हो” भन्नेहरु आफै नै प्रतिरक्षात्मक हुन पुगेका छन् ।
कसरी?
त्यस प्रकारका प्रचार सामाग्रिको बचाउमा लाग्ने र साथ दिनेहरुका अनुसार पटक पटक उहि पदमा रहेर केहि परिवर्तन गर्ने हैसियत नराख्ने र उमेरमा पनि पाकाहरु लक्षित इनिसियटिभ थियो, यो । त्यहि कसिवाट हेर्दा काठमाण्डौं ४ बाट दाश्रोपटक निर्वाचित भएका ४६ बर्षिया गगन कुन आधारमा त्यो लिष्टमा पर्छन् ? सांसदहरुको उमेर अनुपातमा कम उमेर समुहमा पर्ने उनि भुमिकाका हिसावले पनि केहि नविनतम काम गर्ने र गर्ने प्रयास गर्ने नेता मै पर्दछन् । नेपाली युवाहरुसमक्ष गणतन्त्रको आवाज पुर्याउन अहम भुमिका खेलेका उनले केहि महिनाकालागि पाएको स्वास्थ्य मन्त्रालयका जिम्बेबारि पनि शानले र धेरैले सम्झन लायक भन्नेगरि पुरा गरे ।
त्यसैको पुरस्कार होला, उनलाई करिब दुई तिहाई महाधिवेशन प्रतिनिधिले मत दिएर नेपाली काँग्रेसजस्तो पाकाहरुले रजगज गर्ने भनेर आरोप लाग्ने गरेको नेपाल कै प्रथम राजनीतिक दलको महामन्त्रीमा स्थापित गराए । तेश्रोपटक काठमाण्डौं ४ मा आइरहँदा उनि भनिरहेका छन् कि “मेरो अबको लक्ष्य भनेको देशको प्रधानमन्त्री बनेर देशको अग्रगमनको यात्रामा साथ दिने” । संगसंगै यो पनि भनिरहेका छन् कि “राजनीतिलाई म पेशा बनाउदिन, अबको दश वर्ष अर्थात आफु ५६ बर्षको भइरहँदा राजनीतिवाट पनि अलगिनेछु । जनमानसमा देश प्रति केहि आशा जगाउन सकँे भने यहि दश वर्षका विचमा हो” ।
गगनका यी उद्घोष आफैमा सधै साँसद चुनिन र सके अनगिन्ति मन्त्रीमध्ये एक अनुहार थपिएर मनमौजी बन्न खोज्नेहरुका लागि भुमिकामा नविनताको संभावना नभएकाहरुका हकमा “नो नट अगेन” भन्ने सन्देश हो । तर यी यावत नविन शैलिका अभियान्ता गगनजीलाई नै त्यस प्रकारको नकारात्मक सुचीमा राखेर प्रचार गर्नुले उहाँहरु आफैले भन्ने गरेको लक्ष्य र उदेश्य अनुरुप उहाँहरु हिड्न खोज्नु भएको छैन । बरु नेपालको राजनीतिलाई लिएर हुदै आएका नकारात्मक टिप्पणीलाई सकारात्मकता बदल्न प्रयासरत युवादेखि ज्येष्ठ नागरिकसम्मले भरोषा गरेका व्यत्तिल लक्षित भयो, त्यसैले यसको कुनै तुक देखिन्न ।
गगनजीलाई अभियान्ता पनि भन्न सकिन्छ?
सुनिन्थ्यो, वीपी र सुर्यप्रसादका घरमा विहान वेलुका धाउँदा राजनीति र दर्शनबारे केहि थप जानकारी हुन्थे, किनभने त्यहाँ त्यस्तै वहसले स्थान पाउँथ्यो । तर पछिल्ला चरणमा नेताका घर र वरिपरि त्यस्ता वहस र छलफलले भन्दा तिकडम र लाजनीतिले प्रशय पाए । परिणाम, आज कार्यकर्ता हुने योग्यता नै नेताको भनाईमा चिन्तन गरेर समालोचनात्मक बन्ने होइन कि विहान र वेलुकाको निरन्तरको नेता निबासको प्रदक्षिणा अनि उनका तर्कमा “सहि हो” र “हस” भन्ने जवाफ दिने मान्छेको भएको हो । यस हिसाबले हेर्दा गगन विस्तारै काँग्रेस भित्र सुसुचित र तार्किक राजनेता जन्माउने एउटा संस्थाका रुपमा विकशित भइरहेका देखिन्छन् । जसले काग्रेसभित्रका युवा मार्फत समग्र राजनीति नै सुधार्न सहयोग गर्न सक्छ ।
सुक्ष्म विश्लेषण गर्दा गगनजीमा एक अभियान्ताको रुप झल्किन्छ । एमए पढ्दा ताका बाटै मिडियामा काम गरेर आएका उनिमा समकालिन नेपाली नेताहरुमा भन्दा पृथक गुण पाइन्छ, त्यो हो छलफल मार्फत सिक्न खोज्ने । धेरैलाई लाग्ला, वाककलामा पोख्त उनि जे बोल्छन्, आफ्नै बलबुताले र स्वअध्ययनका आधारमा गर्छन । त्यस्तो होइन, उनि प्रायः महत्वपुर्ण कार्यक्रममा जानु अघि एथेष्ट तयारी गर्छन् । त्यस विषयका विज्ञहरुसंग बसेर नै आफ्नो राय बनाउने उनको अभ्यास छ । यसो गर्दा उनि युवा पुस्ताका साथीहरुको पनि यथेष्ट साथ र सहभागिता चाहन्छन् ।
परिणाम, विज्ञसंगको अन्तरंङ्गको लाभ राजनीतिमा आउन चाहने युवा पुस्ताले पनि लिने अवसर पाउने । मतलब, निरन्तरको संवाद र अध्ययनले आफ्ना धारणालाई परिस्कृत गर्ने गगनका बानीका साक्षी बसेर नै राम्रै संख्यामा युवाहरुले नेपाली काँग्रेसभित्र परिपक्व राजनीतिक चेतनाको उपस्थिती गराएको देखिएको छ । यस्तै राजनीतिक सुझबुझ राख्ने युवामध्ये कतिले त यसै पटक निर्वाचन लडिरहेका छन् भने कतिपय शसक्त दाबेदारका रुपमा उभिन सफल भएका छन् ।
एमसिसी लगायतका विषयमा आएका उहाँका धारणाबारेको यहाँको दृष्टिकोण?
हो, कतिपयले गगनजीले एमसिसी बारे संसदमा भएको छलफलमा व्यक्त गरेका धारणाका आधारमा खिसिट्युरी गरेको पनि देखिन्छ । यो कि त अज्ञानता हो कि त जानी जानी बुझ पचाएर गरिएको कुप्रचार । देश आफ्नो भौगोलिक अवस्थितिका छिमेक र विश्व राजनीतिको महाशक्तिको द्धन्दमा फस्नै लागेको अवस्थाबाट बचाउन बर्तमान प्रधानमन्त्री र गगन लगायतले धेरै नै मिहेनत गरेको यथार्थ हो । त्यस दलदलबाट बचाएर अगाडि नबढेको भए आज नेपाललाई अन्तराष्टिय सम्वन्धका हिसावमा दोश्रो श्रीलंका बनाइसकेका हुन्थे । हाम्रो भन्दा हरेक क्षेत्रमा राम्रो रहेको श्रीलंकालाई त धौं धौं परिरहेको त्यस प्रकारको संकट नेपालले व्यहोर्न परेको भए के हुन्थ्यो होला भनेर अनुमान गर्नु पनि आफैमा कहालिलाग्दो परिस्थिति हो ।
त्यस्तो विषम परिस्थितीलाई इमोसनमा बदल्न तल्लिन एक तप्कालाई “एमसिसी पास गर्दा सेना आयो भने मलाई थानकोट कटाए पनि स्विकार्य छ” भनेर उहाँले कन्भेन्स गर्न खोजेको हो । र परिणाम, एमसिसी पास भयो, तर अमेरिका सेना त आउने कुरै थिएन र अहिलेसम्म आएको पनि छैन । अनि यसमा के को खिसिटुरी? कि ए यी नेता त भविष्यवाणी पनि सहि नै गर्दा रहेछन् भनेर हो? गगनले जे भनेका थिए, त्यो सतही नभई यथार्थमा आधारित विश्लेषण थियो । त्यसैले त उनी अहिलेका एभरेज नेताभन्दा फरक छन्, तुलनात्मक रुपमा अब्बल छन् । नो नट अगेनले उनलाई छुदैन ।
Comments