राजनीतिराष्ट्रिय

गगन थापाले ९ महिना मन्त्री हुँदा देखाएकाे आशाकाे फिलिङ्गाे !

0

काठमाडौं । २०७३ साल भदौ १२ गते ९ महिने सरकारको स्वास्थ्य मन्त्रीको कार्यभार सम्हाल्दै गर्दा गगन थापाको बारेमा धेरैले अनेक टीकाटिप्पणी गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बन्दा गगनलाई पदलोलुप बनेको, राजनीतिक चंगुलमा फसेको, केही काम गर्न नसक्ने जस्ता अनेकौं लख काटेर टिप्पणी गर्ने गरिएका थिए । छोटो समयमा सिस्टम बुझ्न कठिन हुने र सिस्टम बुझ्दा नबुझ्दै समय घर्किने भन्दै उनीमाथि टीका टिप्पणी गरिएको थियो ।

माओवादी र कांग्रेसबीच भएको ‘सहमति’ अनुसार ९ महिना मात्र कार्यावधि भएको सरकारमा मन्त्री हुने गगनको निर्णयलाई धेरैले पदलोलुपता समेत भने। राजनीतिमा चासो राख्ने र नराख्ने दुवैथरी नेपालीले आशाको नजरले हेर्ने निकै कम नेताको पंक्तिमा उभिएका गगनबारे भएको यस्तो टिप्पणीको निहितार्थ थियो– ‘अहिलेको भद्रगोल शासन व्यवस्थाको सिस्टमले उनलाई केही गर्न दिंदैन, बरु आफूजस्तै बनाइछाड्छ अनि नयाँ पुस्ताले आँखा अडाउने नेता पाउन पनि गाह्रो पर्न सक्छ।’ उनी सरकारमा ९ महिना नै रहे । २०७४ जेठ महिनामा प्रचण्ड नेतृत्वको सरकार ढल्यो । तर उनले त्यही ९ महिनामा पनि अस्तव्यस्तता रुपमा चलिरहेको स्वास्थ्य मन्त्रालयलाई  नीतिगत र संरचनागत सुधारबाट चलायमान बनाउने काम गरे।

१२ भदौमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै उनले औषधि खरीदको प्रक्रियागत झण्झटलाई नियन्त्रण गरेर सिधै औषधि खरिद गर्न सक्ने अख्तियारी दिंदै क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरूलाई ३१ करोड १५ लाख र जिल्ला अस्पताललाई १८ लाखदेखि ८० लाखसम्म निकासा गरे। मन्त्रालयले औषधि खरिदका लागि छुट्याइएको १ अर्ब ५० करोडमध्ये ५१ करोड त्यसरी उपलब्ध गराइएको थियो। क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला अस्पताल प्रमुखलाई १५ दिनको सूचना निकालेर औषधि खरीद गर्न र सबै स्वास्थ्य संस्थामा अविलम्ब औषधि पुर्‍याउन मन्त्रालयले निर्देशन दियो। आपत्कालीन सेवाका लागि रु।५ लाख बराबरको औषधि सिधै खरीद गर्ने अख्तियारी समेत अस्पतालहरूलाई दिइयो।

थापाले यो ९ महिनामा गरेको झण्डै पाँच दर्जन उल्लेखनीय कामहरुले गर्दा अहिले एक कार्यकाल मन्त्री बन्दा पनि गगनप्रति मान्छेको क्रेज घट्न सकेको छैन । उनको यही नौ महिनाको कामले अझै पनि गगनमा आशा गर्ने ठाउँ देखिएको छ । जोसुकै पनि मन्त्री बनेपछि आलोचनाको शिकार हुने गरेकोमा गगनले भने मन्त्री बनेपछि झनै आशा थपेका छन् । गगनले आफ्नो कार्यकालमा गरेको महत्वपूर्ण कामहरु तल उल्लेख गरिएको छ, जसले उनीप्रति अझै पनि आशा गर्ने ठाउँ रहेको छ ।
डायलासेस सेवा पुरै निःशुल्क भएको घोषणा गरिएको

– मृगौला प्रत्यारोपण पुरै निःशुल्क

– मृगौलाको प्रारम्भिक परिक्षणका लागि डिपिस्टीक किट पठाइएको,

– बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको

– नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको

– विशिष्टलाई १५ रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था

– कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था

– सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला

– हरेक सरकारी अस्पताल बिहान ९ देखि ३ बजेसम्म अनिवार्य संचालन गर्नैपर्ने, ३ देखि ५ सम्म पेईङ सेवा

– सबै स्वास्थ्य चौकीहरु चार बजेसम्म चलाउन निर्देशन,

– प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधी र चिकित्सक पुगेको अवस्था

– झण्डै ७ सय चिकित्सक नियुक्त गरिएको,

– ५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परिक्षण सुरु,

– ७५ जिल्लामा निशुल्क भीभीआईए स्क्रिनिङ्ग

– १०५३ स्वास्थ्य चौकीमा पिइएन प्याकेज, आउँदो आ।व। भित्र सबै स्वास्थ्य चौकीमा पुर्योउने

– आत्मनिर्भर भएका औषधीहरु विदेशबाट ल्याउन नपाईने,

– विदेशबाट ल्याउनै पर्ने महंगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने

– ५० बढी अस्पतालमा फार्मेसीको स्थापना र संचालन

– सवै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि ५ बजे सम्म संचालन सुरु, ९२ देखि ५ विस्तारित सेवा

– जिल्लास्तरबाट पनि औषधी खरिदको व्यवस्था गरिएको

– फार्मेसी संचालनका लागि केन्द्रीयमा ३० लाख, क्षेत्रीयमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अंचलमा १५ लाख विउ पूजी पठाइएको

– जिल्ला अस्पतालका लागि मात्रै ३ करोड ४४ लाख रुपैया विउपुजी पठाइएको,

– मुटु र क्यान्सरको उपचार सेवा विस्तार,

 विना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गरियो, कानुनी दायरामा ल्याइयो

– सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था गरिएको

– विपन्न नागरिक उपचार सहायता

– कडा रोग ८ बाट १२,

– लाईन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरुमा कुपन प्रणाली लागु भएको

– काठमाडौमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, क्रमश सवै नगरपालिकाहरूमा विस्तार गर्ने

– विरेन्द्र सैनिक अस्पताल र १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलाईसिस सेवाका लागि अनुमती दिइएको

– मृगौला डायलासेस मेसिन किनिएको, काठमाडौं बाहिर डायलेसिस सेवा विस्तार,

– सिकलसेल एनिमियाको परिक्षण तथा उपचार धनगढीबाट पनि सुरु भएको

– हृदयरोग निवारण सेवा भेरीबाट सुरु हुन लागेको, जनकपुरमा सुरु गर्न अध्ययन थालिएको

– सेनासँगको सहकार्यमा रौतहटबाट बृहत स्वास्थ्य शिविरको सुरुवात

– मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मीक शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु

– नेपालगञ्जमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय

– ९ ख को विवादको अन्त्य, पुल दरबन्दी सृजना

– ५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाई गठन गर्ने व्यवस्था

– पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था

– सुर्तिजन्य पदार्थ जथाभावी बेच्न रोग, छुट्टै लाईसेन्स लिनुपर्ने व्यवस्था

– हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाई

– विद्यालयमा सामुदायिक नर्सको अवधारणा

– खोप निर्देशिका लागू

– एम्बुलेन्स निर्देशिका लागू

– प्रयोगशाला निर्देशिका लागू

– मदिरा नियन्त्रण तथा नियमन नीति लागू

– मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू

– नियुक्ति तथा मनोनय संवन्धी मापदण्ड लागू

– स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन निर्देशिका लागू

– चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा संवन्धी कार्यविधि लागू

– वैदेशिक तालिम र भ्रमण सम्बन्धी मापदण्ड लागू

– मदिरा ऐन लागू

– आयुर्वेद नीति लागू

– मेडिकल काउन्सिल ऐन लागू

– आचार संहिता लागू

– गुणस्तर सुनिश्चितता सम्बन्धी ऐन लागू

– मानसिक स्वास्थ्य निति लागू

 

राजन भट्टराइकाे ३ प्रतिकुलता भैँसेपाटीकाे बसाइ, भट्टराइवाद र इपिजी प्रतिवेदन

Previous article

के राजनीतिक परिदृष्य गगन थापासँग आँत्तिएकाे हाे ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *