नदीनालाप्रकृतिफोटो ग्यालरीसमसामयिक

फिदिमकाे साधुटारले आन्तरिक पर्यटकलाइ लाेभ्याउँदै

0

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ को साधुटार घुमघामका लागि आकर्षक र रमणीय गन्तव्यका रुपमा स्थापित भएको छ ।

पहाडको टाकुरामा सुन्दर पोखरी, पोखरीको पृष्ठभूमिमा रहेका कञ्चनजंघा र कुम्भकर्ण हिमश्रृंखलाको दृश्यसँगै पोखरी भित्र देखिने हिमाल र त्यसको प्रतिछायाँले यहाँ पुग्नेको मन लोभ्याउँछ ।

साधुटार पाँचथरसँगै इलाम, झापा, मोरङदेखि तेह्रथुम र ताप्लेजुङका आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । साधुटारमा पुगेर फोटो खिच्ने, टिकटक बनाउनेसँगै म्युजिक भिडियो र चलचित्र छायांकन गर्नेका लागि आकर्षण बनेको छ । साधुटार पुग्न मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा पर्ने पौवा भञ्ज्याङदेखि तीन किलोमिटर कच्ची बाटो जानुपर्छ ।

तिहार विशेषः हाम्रा संस्कृति र चाडवाडको संरक्षण गरौँ

Previous article

माैलिकता गुमायाे देउसी-भैलाेले, गाउँमै बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *