राजनीतिराष्ट्रियसमसामयिक

आफ्नाकाे धराप कति छ गगनलाइ ? 

0

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ सधैंको चर्चाको निर्वाचन क्षेत्र हो । किनकि त्यहाँ नेपाली कांग्रेसका जुझारु नेता गगनकुमार थापा जोडिएका छन् । २०७० सालदेखि क्षेत्र नम्बर ४ बाट थापाले नै चुनाव जित्दै आइरहेका छन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनको परिणाम हेर्ने हो भने नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका उम्मेदवार गगनसँग प्रतिस्पर्धा गर्नै नपर्ने खालको छ ।

गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गरेको एमालेका उम्मेदवार बनेर पनि पराजित भएकै राजन भट्टराई यसपटकको निर्वाचनमा पनि प्रतिस्पर्धी छन् । गत निर्वाचनमा भट्टराई ३ हजार ४ सय १८ मतान्तरले पराजित भएका थिए। अहिले पनि प्रतिस्पर्धी उनै हुन् । तर, फेरि परिवेश गगनकै पक्षमा छ । किन कि चारदलीय गठबन्धन पनि छ । पहिले एमालेलाई भोट दिएको माओवादी केन्द्र र एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी पनि गगनकै पक्षमा छ । ती दल गठबन्धन भित्रका दल हुन् ।

अघिल्लो चुनावमा वाम गठबन्धनलाई एक्लै पराजित गरेका थापा यसपटक गठबन्धनको साझा उम्मेदवार हुन् । त्यस क्षेत्रमा बलियो स्वतन्त्र उम्मेदवार छैनन्। र पनि निर्वाचन न हो । निर्वाचनमा थापा र भट्टराइसँगै त्यस क्षेत्रबाट १४ जना स्वतन्त्र गरी ३१ जनाको उम्मेदवारी परेको छ। जतिसुकै उम्मेदवार भए पनि थापा र भट्टराई नै यस पटकको पनि मुख्य प्रतिस्पर्धी हुन्। चुनावमा जानु अघि नै भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अगाडि सारेका गगनका लागि उनकै पार्टीभित्रबाट हुनसक्ने अन्तर्घात नै सबैभन्दा ठूलो जोखिम देखिन्छ । किनकि जबजब कांग्रेसका कुनै नेताले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याउँदै काठमाडौँमा उम्मेदवार बन्छन् आफ्नै पार्टीभित्रकै अन्र्तघातको सिकार बन्ने गरेका छन् ।

चुनावी एजेण्डा मात्र नभई उनी तेस्रो पटक काठमाडौं ४ बाट सांसद बनेमा प्रधानमन्त्रीको बलियो दाबेदार हुने पक्का हो भने अन्र्तघात नहोला भन्न सकिन्न । किनकि कृष्णप्रसाद भट्टरार्इले पनि यस्तै खालको अन्र्तघात व्यहोर्नु परेको थियो । चुनाव अघि टिकटकै विषयलाई हेर्दा पनि काठमाडौं ४ को साटो गगनलाई मधेशबाट उठाउनेसम्मका असफल प्रयास भइसकेको छ। प्रधानमन्त्रीका लागि सांसद जित्नु पहिलो अनिवार्य पाइला पनि हो । पहिलो पाइलामै रोक लगाउने पार्टीभित्रकै प्रयासको विषयमा गगनले ध्यान दिन र बुझ्न जरुरी देखिन्छ ।

अघिल्लो चुनावको समयमा कांग्रेसको केन्द्रीय सदस्यको रूपमा रहेका थापा यसपटक पार्टीको कार्यकारी पद महामन्त्री बनिसकेका छन्। संसदीय समितिको सभापति र मन्त्री बनिसकेका उनले स्वास्थ्यमन्त्रीको रूपमा राम्रो छवि बनाउन सफल छन्। पार्टीमा आफ्नो भूमिका बढाउँदै गएका उनीसँग दुईपल्ट संविधानसभामा रहेको सहित तेस्रोपटक सांसदको अनुभव छ। राम्रो वक्ता, राष्ट्रिय राजनीतिमा बनाएको छवि, युवा पुस्तामा लोकप्रिय र स्वास्थ्यमन्त्री हुँदा गरेका केही निर्णयले नै थापा भट्टराइमाथि हाबी देखिन्छन्।

काठमाडौं ४ भित्र गत वैशाखमा भएको स्थानीय तहको मत परिणाम हेर्दा राजन त्यति कमजोर उम्मेदवार पनि देखिँदैनन् । काठमाडौं महानगरका वडातर्फ कांग्रेस बलियो छ। महानगरका वडा १, ७, ८, ३० मध्ये वडा नं ७, ८, ३० मा मात्र कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका थिए। बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुखदेखि लिएर ४ नम्बर क्षेत्रमा पर्ने सबै वडा १, २, ८, ९, १०, ११, १२, १३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्। स्थानीय तहको मत अनुसार यसमा तुलनात्मकरूपमा भट्टराई बलियो देखिन्छन्।

स्थानीय तहमा उम्मेदवारहरूले पाएको मत हेर्ने हो भने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९ सय ८१ छ । त्यसैगरी  कांग्रेसले पाएको कुल मत १६ हजार ८४ र एकीकृत समाजवादीले पाएको मत २ हजार ६ सय ८८ र माओवादी केन्द्रको कूल मत ८ सय ७३ छ। त्यसो त गठबन्धन दल एकीकृत समाजवादी र माओवादी केन्द्र हो ।

बागमती प्रदेशको एउटा क्षेत्र एकीकृत समाजवादीलाई छुट्टाइएकोले छ । त्यहाँको मत थापालाई थपिन सक्छ। तर कांग्रेसले गत निर्वाचनमा प्रदेशमा जितेका नरोत्तम वैद्यलाई टिकट नदिँदा त्यसको असर पनि थापालाई पर्न सक्छ। स्थानीय तहमा स्वतन्त्रको लोभलाग्दो माहौल देखेर यस क्षेत्रका केही मत बाँडिनसक्ने सम्भावनालाई पनि नकार्न हुँदैन । महानगर प्रमुख बालेन्द्र शाहले यस क्षेत्रमा तेस्रो मत पाएका थिए। त्यहाँ उठेका स्वतन्त्र उम्मेदवारहरू त्यति परिचित नभएकाले स्वतन्त्र मत पनि बाँडिन सक्छ ।

तर, पछिल्लो समय गगनले नै गरेकाे कामलाइ राजन भट्टराइले आफूले गरेकाे भनेर प्रचार गरिरहेका छन् । त्याे आराेप राम्ररी काँग्रेसले चिर्न सकेकाे देखिदैन । कपन डुबानलाइ भट्टराई  चुनावी एजेण्डा बनाएर गगनलाई आरोप लगाउँदै आएका छन् । कपन डुबानमा आफूले गरेकाे कामदेखि कपन डुबानकाे इतिहास जनतालाइ बुझाउन सकिरहेकाे छैन काँग्रेस ।

आफ्नो बौद्धिक छवि र समानुपातिकबाटै भए पनि संविधान सभा सदस्य रहिसकेका भट्टराई गगन थापामाथि निर्लज्ज गालीगलाैज गरिरहँदा काँग्रेस भने माैन नै छ । धेरैले क्षेत्र नं ४ मा केही नेताहरू गगन थापाबिरूद्ध लाग्ने अनुमानबीच काँग्रेस नेताहरूमा देखिएकाे उत्साहकाे कमीले कतै कुनै अनिष्ट आफ्नाहरूले नै साेचिरहेका त छैनन् भन्ने आशंका गर्न सकिन्छ । टिकटकाे आकाँक्षा गरेर नपाएका, सामानुपातिकमा नराखिएकाहरू अझै राम्ररी खुलेका छैनन् । महाधिवेशन प्रतिनिधिसम्म रहेका सुशील नाहटाले समानुपातिकमा आफ्नाे नाम नपरेपछि राजन भट्टराइलाइ घरमा बाेलाएर फाेटाे आफ्नै सामाजिक सन्जालबाट सार्वजनिक गरेका थिए भने पार्क भिलेज हाेटेलमा गगन थापालाइ हराउन राजन भट्टराइसँग काँग्रेस नेताहरू भेला भैरहेका समाचार पनि प्रकाशित छन् ।

छिटफुट समस्याका बावजुद क्षेत्र नं ४ मा गगन थापा जीतकाे सन्निकट देखिन्छन् । दैनिक १८ घण्टा थापा खटेकाे देखिन्छ । थापाकाे खटाइसँग जुध्न भैँसेपाटी बस्ने राजन भट्टराइलाइ गाराे परिरहेकाे देखिन्छ ।

उत्खनन र क्रसरले कुवा/पँधेरो/खोल्साखोल्सी सबै सुके, गाउँलेसँग डरले बाेल्ने आँट छैन

Previous article

केरा खेतीमा धान, काेदाे र मकैभन्दा पाँचगुणा आम्दानी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *