राष्ट्रियविकास

१ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने सुनकोशी–मरिन डाइभर्सनकाे सुरूङ खन्न सुरू

0

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको शुक्रबारबाट टनेल खन्ने काम सुरु भएको छ । टीबीएम मेसिनले टनेल खन्ने काम सुरु गरेको सुनकोशी मरिन आयोजनाका प्रमुख मित्र बरालले बताए ।

अहिलेसम्म करिब ९ प्रतिशत मात्र भौतिक प्रगति भएको यस आयोजनाको टनेलको काम सुरु भएपछि काम द्रुतगतिमा अघि बढ्ने बरालले विश्वास व्यक्त गरे । उनले भने, ‘अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति करिब ९ प्रतिशत मात्र भएको छ । अब टनेलको काम सुरु भएपछि काम द्रुतगतिमा अघि बढ्छ ।’

सुरुङ् खन्न सुरुङ मार्गअनुसारको टीबीएम मेसिन चीनबाट आयात गरेर नेपालमा जडान भएर आजबाट काम सुरु भएको आयोजना प्रमुख बरालले बताए । कुल १३.३ किलोमिटर लम्बाई रहेको यस सुरुङमार्गको काम दुई वर्षभित्र सक्ने बरालले बताए । सुरुङ् निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिजलाई ११ अर्ब २९ करोड रुपियाँमा ठेक्का दिइएको छ ।

यो आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपियाँ रहेको छ । चालु आर्थिक बर्षमा यस आयोजनाका लागि २ अर्ब ७१ करोड बजेट बिनियोजन भएको छ । आयोजनाबाट ६७ क्युमेक पानी सुनकोशीबाट मरिनमा झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । यस्तै मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा वर्षभरी नै सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ । सिँचाइको काम तीन चरणमा सम्पन्न हुनेछ ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदैआएको छ । सुनकोशी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनबाट विद्युत उत्पादन गर्नको लागि  खुर्कोटमा हेडबक्स निर्माणको लागि टेण्डर समेत भएको छ । सुरुङ निर्माण हुँदासम्म हेडबक्सको निर्माण पनि भइसक्ने आयोजना प्रमुख बरालले बताए  ।

अबको पाँच वर्षमा यस आयोजना सक्नेगरी काम भइरहेको उनले बताए । उनले भने, ‘सुरुङ निर्माण सकिएपछि यस आयोजनाको काम धेरै बाँकी रहँदैन । पाँच वर्षभित्र आयोजना सक्नेगरी काम अघि बढ्छ ।’

आयोजना निर्माणका क्रममा पहिले रुख कटानको कामले केही समस्या निम्तिए पनि अहिले  काममा कुनै बाधा नरहेको बरालको भनाइ छ । आयोजनाका लागि यस आर्थिक वर्षमा उपलब्ध भएको बजेटले नपुग्ने भएकाले वीचमा रकम निकासाका लागि निवेदन दिनुपर्ने अवस्था आउने उनी बताउँछन् । आयोजना आर्थिक वर्ष २०७३–७४ मा शुरुभएको हो ।

नहर बनेकाे २० वर्षपछि खेतमा पानी पुग्याे, ५०० विघाहा खेत लाभान्वित

Previous article

चिन्ता गरे बुढेसकाल गाह्रो हुन्छ

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *