प्रकृतिफोटो ग्यालरीसमसामयिकस्थानीय

दराैँदी किनारामा धान पाक्दै गरेका खेत

0

गोरखाको दरौंदी नदी वरपर यतिबेला फाँटहरूमा धान पाक्दै गर्दा मनमोहक दृश्य देखिएको छ।  बुद्ध हिमालको काखबाट नारद पोखरी हुँदै रामशाह घाटमा पुगेर मर्याङ्दी नदीसँग मिसिने दरौदीको किनारमा अत्यन्तै खेतीयोग्य भू-भाग छ।

गोरखाको सिरानचोक गाउँपालिका र पालुङ्गटार गाउँपालिकाको सीमा क्षेत्र  खोप्लाङको भुसुन्डेफाँट वरपर यस्तै सुन्दर दृश्य देखिएको छ।

चोरकाटे बजार, दरौदीको सफा सुन्दर पानी, धान पाकेर पहेँलो फाँट अनि वरपरको सुन्दर पहाडको संगमले यहाँको बाटो भएर हिँड्ने जो कोहीको मन लोभ्याउन सक्छ।

उत्तरी गोरखाको बारपाक, भच्चेक, ताकु, जराङ, सुलिकोटलगायत थुप्रै महत्वपूर्ण स्थानमा यहीँ बाटो भएर मानिसहरू पुग्नेगर्छ। भुसुन्डे खोला र दरौदी नदीको संगमस्थल रहेको यस स्थानको पारी पट्टि गोर्खा नगरपालिकामा पर्दछ।

दरौंदी नदीसँगै सुन्दर फाँटको बीच भागमा रहेको माछा पालनको स-साना दहहरूले यहाँको सुन्दरता अझै निखारिएको देख्न सकिन्छ। यहाँको नदी र यस्ता प्राकृतिक सौन्दर्यका बस्तु जोगाउन सके यहाँको पर्यटकीय सभावना पनि बढ्ने देखिन्छ।

ढाेरपाटनमा सिकार पर्यटन सुरू

Previous article

नहर बनेकाे २० वर्षपछि खेतमा पानी पुग्याे, ५०० विघाहा खेत लाभान्वित

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *