काराेवार/अर्थतन्त्रविशेषसमसामयिक

तिहारकाे फूलसमेतमा आत्मनिर्भर छैन नेपाल !

0

यो वर्षको तिहारमा भारतबाट एक करोड ५० लाख रुपैयाँको फूल तथा मालाहरू आयात गर्नुपर्ने भएको छ ।आन्तरिक उत्पादनले नपुग्ने भएपछि गत वर्षहरूको तिहारमा जस्तै यो वर्ष पनि फूल तथा फूलका मालाहरू आयात गर्नुपर्ने भएको हो ।

प्रत्येक वर्षको तिहारमा फूल तथा मालाको माग बढ्दै गएकोले आन्तरिक उत्पादनले नपुग्ने भएको फ्लोरिकल्चर एसाेसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले बताए । यो वर्ष भारतबाट एक कराेड ५० लाख रुपैयाँको तीन लाख माला आयात गर्नुपर्ने आंकलन गरिएको महासचिव पोखरेलको भनाइ छ ।

तिहारमा मात्र १४ करोड रुपैयाँको फूल तथा माला खपत हुने भएकाले आन्तरिक उत्पादनले मात्र नथेग्ने उनले बताए । वार्षिक कारोबारको ५० प्रतिशत फूल तथा मालाहरू तिहारमा खपत हुने गरेको उनको भनाइ छ ।

“फूल तथा मालाहरू वार्षिक ३३ देखि ३५ करोड रुपैयाँको खपत हुने गरेको छ । यसमा ५० प्रतिशत त आयात गर्नुपर्ने बाध्यता छ,” उनले भने, “देशमा उत्पादन बढेको छ । तर, माग पनि वार्षिक १५ प्रतिशतले बढ्दै गएकाले आयात गर्नुपर्ने बाध्यता छ ।”

फूल व्यवसाय : सम्भावना बढी, उत्पादन कम

फूल जस्तोसुकै क्षेत्रमा पनि उत्पादन हुने भएपनि व्यवसायिक रूपमा उत्पादन हुन नसक्दा प्रत्येक वर्ष भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।

देशमा उत्पादन हुने फूलले नपुगेर आयात गर्नुपर्ने बाध्यता रहेको पोखरेल बताउँछन् । कतिपयलाई फूल फूलेपछि कसरी टिप्ने र लामो समयसम्म नओइल्याइकन राख्ने भन्ने ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनको भनाइ छ । फूलको व्यापार विशेषगरी तिहारमा नै बढी हुने भएकाले कृषले व्यावसायिक रूपमा उत्पादन गर्दैनन् । तर, यो व्यवसाय समय मिलाएर गर्न सके प्रशस्त फाइदा हुने महासचिव पोखरेल बताउँछन् ।

पछिल्लो समय स्थानीयस्तरमा पनि फूल व्यवसाय बढ्दै गएको छ । समयमा बिउ र मल नपाउँदा कृषिकलाई समस्या हुने गरेको उनी बताउँछन् ।

फ्लोरिकल्चर एसाेसियसनका अनुसार पत्येक वर्ष फूलको उत्पादक कृषकको संख्या बढ्दै गएको छ । तर, माग पनि बढ्दै गएकाले आयात गर्नुपरेकाे हाे ।

जीव-जनावर र चराचुरुङ्गीको मानिससँग पारिवारिक सम्बन्ध भएकाे “चुम भ्याली”

Previous article

ढाेरपाटनमा सिकार पर्यटन सुरू

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *