राजनीतिस्थानीय

“क्षेत्र नं ४ ले सम्मान र पहिचान दुवै दिएकाे छ”

0

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडाैँ क्षेत्र नं ४ बाट उम्मेदवारी मनाेनयनपत्र दर्ता गरेका छन्  । थापाले प्रदेश क उम्मेदवार नेकाका श्रीराम लामिछाने तथा प्रदेश ख उम्मेदवार एकीकृत समाजवादीका कुसुम कार्कीसहित बुढानिलकण्ठमा रहेकाे क्षेत्रीय निर्वाचन कार्यालयमा पुगेर मनाेनयनपत्र दर्ता गरेका थिए ।

तीनै दलका ठूलाे संख्यामा रहेकाे नेता कार्यकर्ताका बीच मनाेनयनपत्र दर्तापछि ८० भन्दा धेरै पत्रकार एवम् फाेटाेग्राफरसँग सम्वाद गर्दै थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उनले सञ्चारकर्मीमाझ उनले  देशकाे ड्राइभिङ सिटमा बस्नका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोस सबै रहेको बताएका थिए ।

महामन्त्री थापाले अबको निर्वाचनपछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने बताउँदै आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने  बताए।  महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लड्न लागेको पटकपटक दोहोर्‍याए। थापाले भावुक हुँदै आफूलाइ अन्तबाट उठ्न निम्ता हुँदा पनि क्षेत्र नं ४  पहिचानसँग गाँसिएकाे क्षेत्र भएकाेले छाड्ने सम्भावना देखिन । उनले भने, ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ,’

उनले भने, ‘पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरूले ल्याउनुभएकोमा उहाँहरूलाई धन्यवाद दिँदै, उहाँहरूलाई आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर अब योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो। आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला। तर, मेरो आफ्नो उम्मेदवारी यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रूपमा गर्ने अरू जिम्मेवारी छँदै छ।

मैले योपटक नेपाल सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु। किनकि मलाई अब त्यसका निम्ति चाहिने अनुभव भयो। त्यसका निम्ति चाहिने सपना मसँग छ। जोस मसँग छ। चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु। यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु।’

सिन्धुपाल्चाेककाे पाँचपाेखरी क्षेत्र बहुमुल्य जडिबुटीकाे खानी

Previous article

भगवान नारायणलाइ प्रशन्न पार्न गरिन्छ, “हाँडीगाउँकाे कहीँ नभएकाे जात्रा”

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *