नेपाली काँग्रेस क्षेत्र नं ४ का सचिव दामाेदर भट्टराइ(बद्रि)ले नेकपा एमाले एमालेमा हारकाे मानसिकता हावी भएकाे बताएका छन् । नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराइकाे मुखपत्रले गगन थापा क्षेत्र नं ४ छाडेर बाहिर जाने समाचार छापेकाे प्रति ध्यानाकर्षण गर्दै भट्टराइले डा. भट्टराइकाे यस्ताे अबस्था आएकाेमा दुःख व्यक्त गरे ।
गगन थापा क्षेत्र नं ४ मा रहेसम्म याे क्षेत्र जित्न नसक्ने साेचका कारण यस्ता समाचार आएकाे भन्दै क्षेत्रीय सचिव भट्टराइले गगन थापा क्षेत्र नं ४ बाट बाहिरिने कामना नगर्न एमालेलाइ सल्लाह दिए । उनले भने, ‘मलाइ अचम्म लागेकाे, क्षेत्र नं ४ मा डा. राजन भट्टराइकाे हालत यति कमजाेर भयाे कि,
आफ्नै मुखपत्रबाटगगन थापाबिनाकाे क्षेत्र कामना गर्दै दुष्प्रचार गर्ने दिन आयाे ?’
किर्ते पत्रकार भनेर चिनिएका पत्रकारले संचालन गरेकाे एक मिडिया जाे डा भट्टराइकाे आधिकारिक मुखपत्रमात्रमार्फत गगन थापा सर्लाही २ मा जाने भनेर लेखेर प्रचार गरेपछि सचिव भट्टराइले वाग्मती टुडेसँग् कुरा गर्दै “एमाले तथा डा राजन भट्टराइकाे विचरा मानसिकता” भएकाे बताए । उनले गगन थापाले क्षेत्र नं ४ बाहेक अन्तबाट राजनीति गर्न कल्पनासम्म नगर्ने बताए ।
डा. राजन भट्टराइ तथा नेकपा एमालेले औपचारिकरूपमा मिडिया काेर्डिनेटर बनाएका ध्रुव घिमिरेले परिवर्तन खबर नामकाे उनकाे मिडियामा थापा सर्लाही जाने भनेर समाचार लेखेका थिए । “एक पत्रकार जाे प्रमाणित किर्ते गरेर बसेकाे छ, त्यसैलाइ मिडिया काेर्डिनेटर बनाएर क्षेत्र नं ४ बाट गगन थापा नभएकाे स्वैरकल्पना गर्नुले एमालेकाे अबस्था प्रतित गर्छ” भट्टराइले थपे । भट्टराइले भने, राजनीति यति कुरूप पनि छैन जति एमालेले क्षेत्र नं ४ मा देखाइरहेकाे छ ।
यसैबीच नेका महामन्त्री थापाले काठमाडाैँ क्षेत्र नं ४ नै आफ्नाे कर्मभूमि भएकाे बताएका छन् । उनले आफूलाइ माया गरेर देशका अन्य क्षेत्रले पनि सिफारिस गरे पनि क्षेत्र नं ४ मै आफू उम्मेदवार हुने बताएका हुन् ।
Comments