समसामयिकसाहित्य

‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ की लेखिका एनी एर्नाेक्सलाइ नोबेल साहित्य पुरस्कार

0

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई प्रदान गरिने भएको छ। ‘द स्विडिश एकेडेमी’ले एर्नोक्सले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको उनले नोबेल साहित्य पुरस्कार दिन लागिएको जनाएको हो।

एर्नोक्सले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे अध्ययन गर्छिन्। व्यवसासयक लेखन सुरु गर्नुभन्दा पहिला उनी शिक्षिका थिइन्। ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका उनका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।

नोबेल पुरस्कार कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोक्सले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताएको र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताएका छन्।

सुविधाका लागि भनेर गाउँले सहर पसेपछि सुनसान बन्याे गाउँ, जीर्ण बने घरहरू

Previous article

“आफ्नै मुखपत्र लगाएर गगन थापाविनाकाे क्षेत्र नं ४ काे कामना गर्ने अबस्थामा एमाले”

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *