अहिले विश्व जलवायु परिवर्तनको खतरनाक असरबाट प्रताडित छ । जलवायु परिवर्तनको दर तथा असर कम गर्नका लागि देशहरुका सामु अहिले कार्वन उत्सर्जन कम गर्ने चुनौति छ । तर केही दश यस्ता पनि छन् जो उक्त चुनौतिबाट मुक्त छन् । अर्थात् उनीहरुलाई कार्वन उत्सर्जन कम गर्न आवश्यक नै छैन । किनकी ती देश कार्वन नेगेटिभ देशको सूचिमा प्रवेश गरिसकेका छन् ।
विश्वका ३ वटा देशलाई कार्वन नेगटिभ अर्थात् कार्वन उत्सर्जन ऋणात्मक भएका देश घोषित गरिएको छ । कार्वन नेगेटिभ अर्थात् पूर्ण प्रदुषणमुक्त घोषित भएका देशमा भुटान, सुरीनाम र पनामा हुन् । जलवायु परिवर्तनका घातक असरहरु अहिले सबैजसो देशहरुले व्यहोरिरहेको बेला यी तीनवटा देश दुनियाका लागि उदाहरणीय बनेका छन् । आखिर कार्वन नेगेटिभ हुन कसरी सम्भव भयो त ?
कुनै संस्था, व्यक्ति वा मुलुकहरुले गरेको कूल कार्वन उत्सर्जनको मात्रालाई कार्वन उत्सर्जन अर्थात् फुटपि्रन्ट भनिन्छ । यो उत्सर्जन कार्वन डाइअक्साइड वा ग्रीनहाउस ग्यासको रुपमा हुन्छ । यहीँ हरितगृह ग्यासमा कमी ल्याउनु नै अहिलेको विश्वको सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको छ ।
जब कार्वन डाइअक्साइड तथा अन्य हरिगृह ग्यासहरुको कूल उत्सर्जन शून्यभन्दा पनि कम हुन्छ त्यो अवस्थालाई कार्वन नेगेटिभ भनिन्छ । यद्यपि हरिगृह ग्यासको ऋणात्मक मात्रामा उत्सर्जन वा शून्य भन्दापनि कम उत्सर्जन भन्ने कुरा असम्भव हुन्छ । त्यसैले कार्वन नेगेटिभ भनेको वास्तवमा पर्यावरणमा उत्सर्जन गर्ने हरितगृह ग्यासको मात्राभन्दा विभिन्न माध्यमबाट कम गर्ने हरितगृह ग्यासको मात्रा बढि हुनु हो ।
भुटानको कुरा गर्दा वास्तवमा भुटानले नेट जिरोको सपथ लिएको छैन, किनकी भुटानलाई यस्तो गर्ने आवश्यकता नै थिएन । भुटानका जंगलले एक वर्षमा करीब ९० लाख टन कार्वन डाइअक्साइड अवशोषित गर्दछन् । जबकि यो मुलुकले एक वर्षमा केवल ४० लाख टन भन्दा पनि कम कार्वन डाइअक्साइड उत्सर्जन गर्दछ ।
भुटानले यस्तो सफलता कसरी प्राप्त गर्यो ? यसका पछाडि विभिन्न कारण छन् । पहिलो कारण चाहीँ भुटान वनजंगलमा निकै धनी हुनु हो । भुटानको संविधानमै देशको देशको कूल भूगागको ६०प्रतिशत जंगल हुने कुरा उल्लेख गरिएको छ । अहिले भुटानको ७२ प्रतिशत जमिन जंगलले ढाकेको छ । भुटानले काठ तथा वनपैदावार निर्यात प्रतिबन्ध लगाएको छ । भुटानमा उर्जाको मुख्य श्रोत जलविद्युत हो । भुटान सानो तथा गैर औद्योगिक राष्ट्र भएकाले पनि यस्तो सफलता प्राप्त गरेको हो ।
Comments