नुवाकोटको बेलकोटगढीमा सडक निर्माणको जिम्मा पाएका ठेगेदारहरुको दादागिरी चलिरहेको छ । सडक निर्माणको जिम्मा पाएका ठेगेदारहरुले गाउँगाउँमा अवैध ढुंगाखानी चलाएर राज्य र कानुनको खिल्ली उडाइरहेका हुन् ।
दर्ता बिनाको ढुंगाखानी चलाएर ठेगेदारहरुले स्थानीय स्रोत साधनमाथि दोहन मात्र गरेका छैनन् राज्यले पाउनु पर्ने करोंडौ राजश्वसमेत झ्वाम पारिरहेका छन् । अवैध खानी संचालन गर्न चलाइएका स्काभेटरले बन, पाखा रित्तिएका मात्र छैनन् सिंगो बस्ती नै जोखिममा पर्ने अवस्था सृजित हुँदैछ ।
अवैधखानी चलाएर रातारात नवधनाड्य बन्ने दौडमा कुदेका ठेगेदारहरु भने गर्नु पर्ने सडकको कामै नगरी अनावश्यक मुल्याङ्न गरी रकम कुम्लयाउने दौडमा छन् । समाचार हो नुवाकोटको बेलकोट गढी वडा नं. १३ मा बनिरहेको बाराही शक्ति मा.वि. बडारे बस्नेत गाउँ सडक खण्ड अन्तर्गतको ७ किलोमिटर सडकको ।
नार्गाजुन कल्पवृक्ष निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडकका लागि यत्तिखेर क्ष्ंिसँगारे खोलामा अवैध खानी संचालन भइरहेको छ । सडक बनाउने जिम्मा पाएको नार्गाजुन कल्पवृक्ष निर्माण सेवा र त्यस्का संचालक रामबाबु जिसीको दादागिरीबाट संचालित अवैध खानीबाट दैनिक जसौं सयौंटिप ढुंगाहरु निकालिरहे पनि सम्बनधीत निकायको ध्यान जान सकेको छैन । अवैध खानी संचालनको धन्दाले बेलकोटगढीका जनता आक्रान्त भए पनि जिसीको कालोधन्दा रोकिने कुनै छाँटकाट देखिदैन ।
गाउँमा अवैध खानी संचालन गरेर राज्य र कानुनको खिल्ली उडाएका जिसी विरुद्घ यत्तिखेर वडा कार्यालयमासमेत उजुरी परको छ । कानुनत निर्माण व्यवासयीले सडकको काम गर्दा अवैध खानी संचालन गर्ने र अवैध खानीको सामाग्री किन्न पाउँदैनन् । नाफाको लागि गाउँमै अवैध खानीबाट ढुंगा झिक्ने र राज्यलाई फर्जी विल दिएर रकम अशुल्ने धन्दामा लागेका ठेगेदार जिसी आफुले गरेको अवैध धन्दालाई ठाडै स्विकार छन् । गलत हो भन्ने जान्दा जान्दै पनि लालपुर्जा भएको जग्गामा निकाल्न पाइने भन्दै उनी गलत तर्क पेश गरिरहेका छन् ।
कानुनले खोला,बन,बस्ती,हाइटेन्सन लगायतका क्षेत्रको वरपर खानी खोल्ने अनुमती नै दिंदैन । जिसी भने कुनै व्यक्तिको सामान्य लालपुर्जाका नाउँमा ढुंकसँग बिना दर्ता खानी संचालन गरिरहेका छैनन् स्थानीय एक व्यक्तिको लालपुर्जाको आँडमा खोला दाहोन गरिरहेका छन् । स्थानीय गाउँलाईलाई केही रकमको लोभ देखाएर खानी संचालन गरिरहेका जिसीले निर्माण गरेको सडकको अवस्था भने मोटरसाइकलसमेत नुकद्ने अवस्थामा पुगिरहेको देखिन्छ ।
उसोत जिसीको कम्पनीले बनाइरहेको वाल, ग्राभेलिङ लगायतका काममा गुणस्तरहीन सामान प्रयोग भइरहेको इन्जिनियरहरुले नै बताउन थालेका छन् । पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियरले गुणस्तरहिन समानको प्रयोग गरेर सडक निर्माण भइरहेको बन्दै पटक पटक उनलाई सचेत गराए पनि जिसी टसको मस गरिरहेका छैनन् । टेलिफोन संवादमा जिसीले आफुले चलाइरहेको अवैध खानीको गल्ती स्विकारे । सानो विवादलाई ठुलो नबनाउन भन्दै उनले जिल्लाका सबै पत्रकारलाई चिनेको भन्दै आफ्नै पक्षमा लेखिदिन आग्रह गरे ।
तपाइहरुको समाचारले बाटो बनाउने काम नै रोकिनसक्छ, जनताले झन् दुःख पाउछन्, मेरो के जान्छ, बरु सहिजिकरण गरिदिनुहोस् उनले हामीलाई टेलिफोन संवादमा भने । उनले आफुले निर्माण गरिरहेको सडकमा कमसल सामान प्रयोग भएको भन्दै इन्जिनिएरले बताएको आफै स्विकारे । उनले आफुले धेरैतिर काम लिएकाले त्याँहाको काम के भइरहेको छ हेर्नेसमेत नपाइरहेका बताए ।
उनले नुवाकोटका दर्ता भएका खानीसमेत अवैध भएको भन्दै आफुले खानी संचालन गर्न पाउनु पर्ने दाबी गरे । दर्ता गरेका खानी पनि मापदण्ड अनुसार छैनन्, सडक बनाउन सामाग्री धेरैटाढाबाट लान संभव भएन त्यसैले ढुंगा निकालिएको हो, यस्लाई ठुलो विषय नबनाउनुहोस् उनले भने । उनले निर्माण कम्पनीहरुले ठेक्का लिएको रकम अनुसार वैध काम गरेर बाच्नै नसक्ने अवस्था रहेको गुनासो गरे । हेनुहोस् महंगी यस्तो छ, ठेगेदारहरुका आ–आफ्नै समस्या छन् हाम्रो समस्या बारे पनि लेखिदिनुहोस् उनले हामीसँग भने ।
अवैध खानी संचालनका विषयमा वडा अध्यक्ष नवराज पाण्डेसँग बुझ्दा यस विषयमा वडा कार्यालयमा उजुरी र गुनासो आइरहेको बताए । उनले यो विषयमा आफु पूर्वाधार कार्यालय र सम्बन्धी निकायसँग बुझिरहेको बताए । उनले गुणस्तरहिन संरचना भत्काउन आफुले इन्जिनियरलाई अनुरोध गरेको भन्दै इन्जिनिएरले चारवटा संरचना गुणस्तरहिन रहेको रिर्पोट दिएको सुनाए ।
उता सडक अनुगमनको जिम्मा पाउनु भएका बेलकोटगढी नगरपालिकका उपमेयर शिव प्रसाद दाहालले पनि अवैध ढुंगाखानी संचालन गर्नु आपत्तीको विषय भएको बताउनुभयो । बिना अनुमती यदी कसैले ढुंगा खानी संचालन गरेको हो भने त्यस्लाई तत्काल रोक्नु पर्छ, कानुनी कार्वाहीमा ल्याउनु पर्छ दाहालले भने ।
यस विषयमा स्थानीयहरुले भने आफुहरुले सिडियो कार्यालय, राज्वश्व विभाग र उद्योग विभागमा उजुरुी गर्न लागेको जानकारी दिए । ‘हामी उजुरी प्रकृयामा छौ, प्रँकृतिक स्रोतको दोहान रोकेरै छोड्छौ,उनीहरुले भने ।
Comments