देशभर नै अतिक्रमण र विनाशबिराेधी आवाज उठिरहेकाे छ । काठमाडाैँ महानगपालिकाले अतिक्रमणबिरूद्ध फायर खाेलेपछि कतिपय स्थानीय तह पनि अतिक्रमणबिरूद्ध सक्रिय हुन थालेका छन् । काठमाडाैँकाे बुढानिलकण्ठमा विगत लगभग ३ वर्षदेखि अबैधरूपमा संचालित एक वासिङ सेन्टर र त्यसले गरिरहेका प्रकृतिदाेहन भने बेराेकटाेक चलिरहेकाे छ ।
बुढानिलकण्ठ १३ मा रहेकाे च्यानेखाेलामा अबैधरूपमा संचालित याे वासिङ सेन्टरले प्रकृतिदाेहन गरेर सुन्दर चुनीखेललाइ कुरुप पारिरहँदा जनप्रतिनिधिहरू भने माैन भएर साक्षीमात्र बसेकाे देखिन्छ । जनप्रतिनिधिले याे विषयमा बाेलेकाे सुन्न पाइएकाे छैन । नयाँ मेयरका रूपमा आएका मिठाराम अधिकारीले आफ्नाे कार्यकालकाे सवासय दिन पुरा गर्दा याे विषयलाइ कर्के नजरलेसमेत हेरेका छैनन् । मानाै अधिकारीका लागि याे विषय कुनै महत्वकाे विषय नै हैन ।
वुनपा १३ का वडाध्यक्षले एक महिनाअघि च्यानेखाेला उत्खनन् गरिरहेकाे अवैध वासिङ सेन्टर बन्द भैसकेकाे भने पनि याे समाचार तयार पारिहँदा पनि च्यानेखाेला उत्खनन् भैरहेकाे छ । थुपारिएकाे बालुवा बेच्ने काम भैरहेकाे छ र वासिङसम्म आउने र वासिङबाट निस्किएका टिपरहरूद्वारा बाटाे छियाछिया पार्ने काम पनि जारी रहेकाे छ । तर नयाँ मेयर अधिकारीलाइ विषय कुनै महत्वकाे विषय बनेकाे छैन ।
प्रकृतिदाेहनका विषयमा पछिल्ला २ दशकमा सबैभन्दा धेरै दाेहन भएका ठाउँ हाे बुढानिलकण्ठ नगरपालिकाले ओगटेकाे साविकका ६ गाविस । बुढानिलकण्ठमा खाेला पुर्नेदेखि डाँडा भास्नेसम्मका यावत् काम निरन्तर चल्दा कंक्रिटकाे भद्धा जंगलरूपी बस्तीमात्र बाँकी रहेकाे छ । बस्ती विकासका नाममा वा प्लटिङका नाममा सार्वजनिक जमिन तथा वन क्षेत्र विनाशकाे लिला यथावत् छ । आजका दिनमा बुढानिलकण्ठमा खाेला मास्ने, डाँडा भास्ने कृत्य बेराेकटाेक जारी छ । सबैभन्दा महत्वपूर्ण कुरा यस कार्यमा जनप्रतिनिधिकाे प्रत्यक्ष पराेक्ष दराे हात हुने गरेकाे छ ।
बुढानिलकण्ठ नगरपालिकामा हाल मेयर रहेका मिठाराम अधिकारी तत्कालिन कपन गाविसका अध्यक्ष हुँदा कपनका आधादर्जन खाेला खाेल्सालाइ ढल हालेर सडक बनाउने निर्णय गरेका थिए । कपन क्षेत्र आजका दिन डुब्नुमा खाेलालाइ सडक बनाउनु मुख्य कारण हाे । आजभाेलि कपनका यी खाेलाहरूलाइ खाेलेर आकाश देखाउनु पर्छ भन्ने माग व्यापकरूपमा उठिरहेकाे छ । यसै हप्ता कपनका २ खाेला केन्द्रित डुबान नियन्त्रणका नयाँ आयाेजनाका सुरू भएकाे छ । याे आयाेजनाले डुबान नियन्त्रणमा प्रभावकारी काम हुने आशा गरिएकाे छ ।
Comments