पूर्वराजा ज्ञानेन्द्र शाह प्रायः मुस्कानमा हुन्छन् । सत्ताकाे बागडाेर सहज छाडेर वानप्रस्थ भएका शाह राजगद्धि छाडेपछि सहज जनमैत्री बनेका पाइन्छ । एयरपाेर्टमा भेटिएकाे नेता हुन् वा रेष्टुरेन्टमा भेटिएका ग्राहक हुन् पूर्व राजा ज्ञानेन्द्रकाे सहज, सहज र स्निग्ध व्यवहारले माेहित भएकाे बताउँछन् ।
यसैबीच याे फाेटाे यसैसाता राजधानीकाे एक रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी काेमल पुग्ला खिचिएकाे तस्वीर हाे । यस तस्वीरले उनीसँग नजिकिएर बाेल्न पुगेका अपरिचितसँग उनले गरेकाे साैहार्दपूर्ण व्यवहार देखाउँछ । उनकाे मुस्कानयूक्त हाँसाे भएकाे याे तस्वीर यतिखेर सामाजिक सन्जालमा भाइरल भैरहेकाे छ ।
Comments