बुढानिलकण्ठसँग् खाेलाहरूलाइ जानाजान सडक बनाएकाे इतिहास छ । वर्तमानमा पनि कतिपय साना खाेल्सा तथा राजकुलालाइ सडक बनाउने काम चलिरहेकाे छ । कुनैबेला खाेलालाइ ढलमा हालेर बाटाे निकालेका कपन गाविसका अध्यक्ष मिठाराम अधिकारी बुढानिलकण्ठ नगरपालिकाका मेयर भएका छन् । उनले १०० दिन मेयर बनेर बिताउँदा कुनै सुनाउनयाेग्य विषय भेटेनन् र सार्वजनिक गरेका छैनन् ।
बुढानिलकण्ठसँगै जाेडिएकाे काठमाडाैँ महानगरपालिकाले भने अतिक्रमित क्षेत्र खाेज्न युद्धस्तरमा लागेकाे छ । यसैक्रममा टुकुचा खाेला खाेज्न तथा खाेल्न शुरू गरेकाे छ । महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ ।
बुढानिलकण्ठमा यस्ता खाेलाहरूकाे नामाेनिशान नभेटिने प्रमाण दुइ दर्जनजति छन् । तीमध्ये मुख्या खाेलाकै रूपमा यज्ञमती खाेलालाइ वस्ती विकासकाे क्रममा सडक बनाएपछि आजभाेलि कपन डुबान भैरहने काठमाडाैँ एक बस्ती बनेकाे छ । डुबानकाे समस्या समाधानका लागि यज्ञमती र चखुन्चा खाेलालाइ जसरी पनि खाेतल्नु पर्छ भनेर विज्ञहरूमात्र हैन स्थानीयवासीहरू पनि भन्दै आएका छन् ।
के बालेनले महानगरमा देखाएकाे खाेला खाेल्ने तथा अतिक्रमित जमिन निकाल्ने सिकाे बुढानिलकण्ठले सिक्ला । कपनकै एक सानाे खहरेमा यहाँका मेयर मिठाराम अधिकारीकाे निवास नै पर्छ भनेर चर्चा भैरहेकाे बेला मिठाराम अधिकारीले खाेला खाेज्ने अभियान सुरू गर्लान् !? अतिक्रमित क्षेत्र तथा प्रकृति बचाउने अभियान सुरू गर्लान् ?? वा अझै खाेला पुरेर मैले विकास गरेकै हुँ भनेर पुरानाे र जीर्ण दम्भ फेरि देखाउलान् !
Comments