प्रकृतिवातावरणविशेषसमसामयिक

प्रकृति र मानिसबीचको सम्बन्ध

0

  • नारायण भट्टराइ

प्रकृति र मानिसबीच नजिकको घनिष्ठ नाता सम्बन्ध छ । प्रकृतिबिना न मानिसको अस्तित्व रहन सक्छ न त मानिसबिना प्रकृतिको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र सदुपयोग नै हुन सक्छ । मानिस मात्र नभई सम्पूर्ण जीवहरूको आहार बाँस प्रकृतिमा निर्भर छ तापनि विवेकशील उपयोग गर्न सक्ने एक मात्र मानव जाति हो ।

मानिसलाई नै प्रकृतिको आवश्यकता बोध छ भने प्रकृतिको उपस्थिति पनि मानिसकै लागि भएजस्तो देखिन्छ । यसर्थ, प्रकृतिमा भएका स्रोतसाधनहरूको दिगो उपयोग, सम्बद्र्धधन तथा प्रबद्र्धनमा अत्यन्तै संवेदनशील हुनुपर्दछ । विज्ञान तथा प्रविधिको विकाससँगै विश्व एक गाउँमा परिणत भइरहेको अवस्थामा सहरीकरण, आधुनिकीकरण तथा विलासिताका नाममा अपार स्रोतसाधनहरूको जथाभावी दोहन भइरहेको छ । जसकारण जलवायु परिवर्तन जस्तो वातावरणीय क्यान्सरको प्रभाव झेल्नुपर्ने बाध्यता छ ।

यसप्रति बेलैमा हामीले सतर्कता अपनाउनु जरूरी छ । त्यस्तै, हरितगृह ग्याँस उत्सर्जन, तापमान वृद्धि, भूक्षय, बाढी, पहिरो, आँधी, बेहरी जस्ता प्रकोपको असर पनि झेलिरहेको अवस्था छ । यस्तै हिमताल फुट्ने, डढेलो लाग्ने, बहुमूल्य वनस्पति तथा प्राणीहरू लोप हुँदै गएर जैविक विविधतामै ह्रास आउने जस्ता भयानक असर पर्न सक्छन् । त्यसैले सबैको ध्यान दिगो पर्यावरणमा हुनु जरुरी छ ।

संविधानमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रावधान छ । संघ र प्रदेश सरकारको राजस्व बाँडफाँट आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने, प्राकृतिक स्रोतको परिचालन गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने, प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सुझाव दिनेजस्ता आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था धारा २५१ ले गरेको छ ।

त्यसैगरी, धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकमा राखिएकोे छ । जसअनुसार प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । दिगो व्यवस्थापनका लागि वातावरणीय स्रोतमा जीविकोपार्जन गर्ने समूह, समुदाय एवं स्थानीय बासिन्दाको भूमिका आत्मसात् गर्न सक्नुपर्दछ । वातावरण संरक्षणका लागि परम्परादेखि चलिआएका अनुभव महत्वपूर्ण हुन्छन् । त्यसैले स्थानीय समुदायको परम्परागत ज्ञान, सिप तथा अभ्यासको पहिचान गरी परम्परागत ज्ञानमा आधारित वातावरणीय अभ्यासहरूको उपयोग गरिनुपर्दछ ।

स्वच्छ र स्वस्थ पर्यावरण समग्र पारिस्थितिक प्रणाली सञ्चालनका लागि आवश्यक छ । वातावरणीय स्रोत, वस्तु तथा सेवाहरूको संरक्षण र दिगो उपयोगमा केन्द्रित हुनुपर्दछ । रामसार महासन्धी, वन ऐन, वन नियमावली, वातावरण संरक्षण ऐन, वातावरण संरक्षण नियमावली, विश्व सम्पदा महासन्धी, दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन जस्ता वातावरणसँग सम्बन्धित कानुनी प्रावधानहरूकोे प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ ।

वातावरणीय विनासले मानव जीवनमा प्रतिकूल प्रभाव पार्नेे हुनाले वातावरण विरोधी काम कारबाही नियन्त्रित हुनुपर्दछ । वन, वातावरण तथा जैविक विविधतासम्बन्धी ऐन, नियमावली, नीति, रणनीति तथा कार्यान्वयन योजनाहरूको परिणाममुखी कार्यान्वयन र सञ्चालन गरिनुपर्दछ । नवीकरणीय ऊर्जाहरूको प्रयोगमा ध्यान दिनुपर्छ । दिगो र सुरक्षित भविष्यका लागि हाम्रो वातावरण स्वच्छ हुनु जरूरी छ ।

मानवीय काम कारबाहीकै कारण ओजोन तह पातलिँदै गइरहेको विभिन्न अध्ययनले देखाएको छ । जसकारण पृथ्वीको सतहसम्म हानिकारक विकीरण आउन सक्ने र विभिन्न जैविक तथा अजैविक वातावरणीय प्रभाव पार्ने सम्भावना छ । जसबाट अम्लीय वर्षाजस्ता घटनाक्रम बढ्न सक्छन् । स्वच्छ र स्वस्थ वातावरण समग्र मानवको आधारभूत जीवन निर्वाह र पारिस्थितिक प्रणालीको अस्तित्वका लागि महत्ववपूर्ण छ ।

दैनिक जीवनयापनका लागि निर्भर रहनुपर्ने वातावरणीय स्रोत, सेवा तथा वस्तुको उपयोग तथा संरक्षणका लागि अधिकार र जिम्मेवारीको निक्र्योल हुनु आवश्यक छ । वातावरणीय स्रोत, वस्तु तथा सेवाहरूको संरक्षण र दिगो उपयोग हुनुपर्दछ । प्रकृति र जीवको अविच्छिन्न सम्बन्धका लागि सुरक्षित पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गरिनुपर्दछ । आर्थिक विकास र वातावरणको अन्योन्याश्रित सम्बन्धलाई कायम राख्न सके दिगो विकास अगाडि बढाउन सकिन्छ ।

वातावरणसम्बन्धी सोचाई अनि बुझाईमा सकारात्मक परिवर्तन ल्याउनु वातावरण दिवसको मुख्य आशय हो । हाम्रा प्राकृतिक उपजहरू केवल वर्तमान समयका लागि मात्र उपलब्ध भएका होइनन् । यिनीहरूको सम्बद्र्धन, प्रबद्र्धनको जिम्मेवारी मानव जातिकै हो । हाम्रा भावी पुस्ताहरूलाई जस्ताको तस्तै सुम्पिनुपर्ने उपहार हुन् । जबसम्म प्राकृतिक वातावरण एवं पारिस्थितिक प्रणाली स्वस्थ हुँदैनन्, तबसम्म स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक अधिकारको मर्ममा ठेस लाग्न सक्छ । सन् १९७२ जुन ५ देखि जुन १६ सम्म मानव र वातावरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन भएको थियो ।

पहिलो वातावरण दिवस सन् १९७४ मा मनाइएको थियो । विश्व वातावरण दिवस हरेक वर्ष ५ जुनमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ । यस दिवसले वातावरण क्षेत्रमा काम गर्ने सबै सरकारी, गैरसरकारी संघसंस्था, राजनीतिज्ञ तथा नागरिकमा वातावरण संरक्षणप्रति सजग बनाउन सहयोग पु¥याउँछ । विश्व वातावरण दिवस–०७४ को नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ रहेको छ । नेपालले पनि पक्ष राष्ट्रको रूपमा सन् २००० देखि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।
वातावरणीय विनाशले मानव जीवनमा प्रतिकूल प्रभाव पार्नेे हुनाले वातावरण विरोधी कामकारबाही नियन्त्रित हुनुपर्दछ ।

वन, वातावरण तथा जैविक विविधता सम्बन्धी ऐन, नियमावली, नीति, रणनीति तथा कार्यान्वयन योजनाहरूको परिणाममुखी कार्यान्वयन र सञ्चालन गरिनुपर्दछ । नवीकरणीय ऊर्जाहरूको प्रयोगमा ध्यान दिनुपर्दछ । दिगो र सुरक्षित भविष्यका लागि हाम्रो वातावरण स्वच्छ हुनु जरूरी छ । आर्थिक तथा सामाजिक विकासका लागि वातावरणसँगकोे अन्योन्याश्रित सम्बन्धलाई कायम राख्न सक्नुपर्दछ । तब मात्र दिगो विकास मन्त्रले मूर्तरूप पाउन सक्छ । वास्तविक वातावरणीय लेखाजोखा नगरी कुनै पनि योजना परियोजना कार्यान्वयनमा ल्याउनुहुँदैन ।

भूगोलमा सानो हुँदाहुँदै पनि जैविक विविधतामा धनी हुनु भनेको हामी नेपालीको गर्वको कुरा हो । प्रकृतिले हिमाल, पहाड तथा तराईको विविधता दिलाएको छ । विश्वको सर्वोच्च भूभाग सगरमाथा हाम्रो गौरव हो ।वन वनस्पति, खोलानाला, तालतलैया, खनिज तथा चट्टान, छाँगाछहरा, पशुपक्षी, जीवजीवात्मा सबै प्रकृतिका उपज हुन् । प्रकृतिले दिएको छ भन्दैमा नेपालीहरू यसै समृद्ध बन्न सक्ने पनि होइनन् । यी स्रोतहरूको सदुपयोग गर्न सके मात्र प्रकृतिले दिलाएको उपजको सार्थकता देखिन्छ ।

मानिसले प्राकृतिक उपजहरूको सदुपयोगमा के कस्ता पक्षमा ख्याल गर्नुपर्ने हुन्छ ? यी स्रोतबाट वातावरण विनाश नहुने गरी के कसरी बढीभन्दा बढी फाइदा लिन सकिन्छ र वातावरण पनि जोगाइरहन सकिन्छ भन्नेमा सचेतना बढाउन केन्द्रित हुनु नै विश्व वातावरण दिवस मनाउनुको सान्दर्भिकता हुनेछ । दीर्घकालीन सोच बनाएर प्रकृतिको विनाश रोक्न अग्रसर बन्नुपर्दछ र वातावरण संरक्षणमा स्थानीय तथा सरोकारवालालाई बढीभन्दा बढी संलग्न गराउनुपर्दछ ।

स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने संकेत

Previous article

कसले बेहोर्छ जलवायुको हानि ?

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *