काठमाडाैँ क्षेत्र नं ४ मा एमालेका तर्फबाट संघीय उम्मेदवार तयझैँ भएका डा. राजन भट्टराइलाइ किर्ते मतदाताकाे विषयले नराम्ररी गाँजेकाे छ । एमालेले किर्ते मतदाता बनायाे भनेर निर्वाचन आयाेगमा उजुरी परेपछि गरिएकाे छानविनमा एमालेकाे प्रमुख चुनावी क्याम्पेनर नै किर्ते मतदाता देखिएका छन् ।
पछिल्लाे चुनावी वातावरणकाे सुरूवातदेखि नै डा. राजन भट्टराइकाे पक्षमा कलम चलाउँदै मात्र नभै गगन थापा विराेधी माहाैल सृजना गर्न प्रयास गर्दै आएका पत्रकार ध्रुव घिमिरेकाे मतदाता प्रकृया अपराधजन्य तथा कार्बाही याेग्य भेटिएकाे छ । घिमिेरेले एकैपटक कामपा वडा नं ६ र वुनपा वडा नं ११ मा भाेट हाल्दै आएकाे भेटिएसँगै डा भट्टराइसँग किर्ते कनेक्सन चर्चा हुन थालेकाे छ । ०७४ काे चुनावमा एमाले नेता दीपक निराैलाकाे घरमा किर्ते काम भैरहेकाे रंगेहात भेटिएपछि एमालेसँग जाेडिएकाे किर्ते कनेक्सन याे चुनाव आउँदासम्म झन् बाक्लिँदै गएकाे छ ।
काठमाडाैँ क्षेत्र नं ४ मा एमालेका उम्मेदवारका लागि राजनीतिक वातावरण बनाउन काेशिष गरिरहेका घिमिरे यसअघि गत बैशाखकाे स्थानीय चुनावमा पनि एमाले उम्मेदवारका प्रमुख चुनावी क्याम्पेनर थिए । एमाले उम्मेदवारका पक्षमा लेखिदिन पत्रकारलाइ पैसा बाँड्नेदेखि रक्सि खुवाउनेसम्म काम उनले नै गरिरहेका थिए । पत्रकार घिमिरे डा राजन भट्टराइकेा पक्षमा लामाे समयदेखि कलम चलाउँदै आएकाे मात्रनभै डा भट्टराइका अन्त्यन्त निकट सहयाेगि मानिन्छन् । उनी क्षेत्र नं ४ प्रदेश (ख) तिर जयराम थापाकाे पक्षमा माहाैल सृजना गर्न तल्लिन छन् ।
किर्ते मतदाता प्रशंगमा गत साता एमालेले जिल्ला निर्वाचन कार्यालय घेराउ तथा ताेडफाेड गर्दा पत्रकारभन्दा एमाले कार्यकर्ताका रूपमा घिमिरे पुगेका थिए । बुनपा १० मा रहेकाे बालउद्धार स्कूल व्यवस्थापन समितिमा एमालेकाे समर्थनमा अध्यक्षसमेत रहेका घिमिरेकाे जन्मघर सिन्धुली भए पनि उनले सिन्धुलीबाट बसाइसराइ ल्याएका छैनन् ।
बसाइसराइ बिनै कामपा वडा नं ६ मा मतदता बनेर भाेट हाेलिरहेका घिमिरेेले ०७८ मा बिना बसाइसराइसम्बन्धि कागज बुढानिलकण्ठ वडा नं ११ मा मतदाता परिचयपत्र बनाएका थिए । गत बैशाखमा भएकाे स्थानीय तह चुनावमा उनले कामपा ६ र वुनपा ११ दुवैमा मत हालेकाे बुझिएकाे छ । गत स्थानीय चुनावमा मिठाराम अधिकारीलाइ चुनाव जिताउन वुनपा ११ मा मतदाता बनेका घिमिरेले कुनै पनि कागजपत्र पेश नगरी परिचयपत्र बनाएका थिए भने कामपा ६ काे मतदाता पनि यथावत थियाे । नेपालकाे कानुनअनुसार यसरी
घिमिरेकाे याे विषय सार्वजनिक भएसँगै किर्तेकाे डरलाग्दाे कनेक्सनपछिका कतिपय दृष्य छताछुल्ल भएकाे छ । मतदाता बढाउन के सम्म भएकाे थियाे भन्ने कुराकाे यस्ता प्रमाण अरू पनि भेटिएका छन् । घिमिरेकाे किर्ते विषय कसुर तथा जरिवानायाेग्य मुद्धा हाे । याे विषय निर्वाचन आयाेग मतदाता नामावली ऐन,२०७३ को दफा ३१ (क) अनुसारको कसुर मानिने र दफा ३२ (क) मा उल्लेख भए अनुसार एकलाख रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
Comments