चुनावकाे तिथि नजिकिँदै गर्दा दलहरूका आकाँक्षीहरूमध्ये कसले टिकट पाउने वा कसले नपाउने दृष्य पनि स्पष्ट हुँदै गएकाे छ । आकाँक्षीहरुकाे भीडमा सम्भावित व्यक्तिहरू विस्तारै छुट्टिन थालेका छन् । काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ख मा अन्तर्गत समानुपातिकतर्फ सिफारिस भएका नामहरूमध्ये केही सम्भावितकाे काेटी परेका एक नाम हुन् सानुकान्छा श्रेष्ठ ।
प्रदेश समानुपातिकमा क्षेत्र नं ४ प्रदेश ख का लागि आदिवासी जनजाति वर्गमा ४ जना सानुकान्छा श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, मनदेवी श्रेष्ठ र रामलाल श्रेष्ठ सिफारिसमा परेका थिए । उल्लेखित ४ जनामध्ये सानुकान्छा श्रेष्ठ नेपाली काँग्रेस वाग्मती प्रदेश कमिटिका सदस्य तथा वाग्मती प्रदेश संसदीय मामिला तथा कानुन विभाग प्रमुख हुन् । कानुन विषय पढेका श्रेष्ठ अधिवक्ता हुनुका साथै क्षेत्र नं ४ काँग्रेसका सक्रिय नेता हुन् ।
बाल काँग्रेसदेखि यात्रा गरेर ०५२ सालमा नेपाली काँग्रेसकाे कृयाशिल सदस्य लिएका श्रेष्ठ साविक चपली भद्रकाली गाविसमा नेपाली काँग्रेसकाे सभापति भैसकेका छन् । नेपाल ल क्याम्पसकाे स्ववियू नेविसंघका निर्वाचित सदस्यसमेत रहेकाे उनी सामाजिक तथा विकासका काममा पनि सक्रिय सहभागि व्यक्ति हुन् । उनी बुढानिलकण्ठ नगरपालिका गठन भएपछि नगरपालिकामा काँग्रेसकाे प्रतिनिधिदेखि डिएलएकाे केन्द्रिय सदस्यसमेत भैसकेका छन् ।
पार्टीभित्र सक्रिय नेताका साथै महामन्त्री गगन थापा निकट भन्न रूचाउने श्रेष्ठ पार्टी तथा व्यक्तिलाइ पनि निःशुल्क कानुनी सल्लाह तथा परामर्श सेवा दिँदै आएका छन् । सामाजिक तथा विकासे गतिबिधिलगायत धेरै काममा सक्रिय रहेकाे उनकाे भूमिकाले उनलाइ प्रदेश टिकटकाे नजिक पुर्याइरहेकाे उनकाे दावी रहेकाे छ ।
Comments