राजनीतिस्थानीय

आशै नगरूँ !

0

काठमाडाैँ क्षेत्र नं ४ मा एमालेले डा राजन भट्टराइकाे नाम सर्वसम्मत सिफारिस गर्ने आशा विपरीत निर्मल कुइँकेलकाे नामसहित सिफारिस भएकाे छ । अघिल्लाेपटक ०७४ काे चुनावमा वामगठबन्धन तथा देशभरी एमाले लहर हुँदा पनि हार बेहाेरेका भट्टराइलाइ एमालेभित्रै यसपालि पनि हार व्यहाेर्ने निश्चित भनेर निष्कर्षसहित सिफारिश गरेकाे छ । उनका साथ स्थानीय नेता निर्मल कुइँकेलकाे नाम पनि सिफारिस हुनुले चुनावमा नजाने विकल्प पनि ओलीका निकट भनिने नेतालाइ प्राप्त भएकाे छ

दुइ हप्ताअघि पार्टी केन्द्रिय बैठकमा विष्णु रिमालले प्रस्तुत गरेकाे प्रतिवेदनमा हाेस् वा एमाले जिल्ला कमिटिकाे बैठकमा कृष्ण राइलगायतका नेताले प्रस्तुत गरेकाे धारणमा हाेस् क्षेत्र नं ४ मा राजन भट्टराइकाे जीतकाे सम्भावना नै छैन । विष्णु रिमालकाे प्रतिवेदनमा त क्षेत्र नं ५ मा इश्वर पाेखरेलले बाहेक काठमाडाैँका ९ वटै क्षेत्रमा एमालेमाकाे पराजय निश्चित भएकाे औँल्याइएकाे छ । पाेखरेलकाे क्षेत्र पनि धरापमा रहेकाे प्रतिवेदनले बताइरहेकाे बेला क्षेत्र नं ४ मा राजन भट्टराइकाे नाम निर्मल कुँइकेलसँगै सिफारिस हुनुलाइ अर्थपूर्ण मानिएकाे छ । यद्यपि क्षेत्र नं ४ काे बुढानिलकण्ठ भेकका केहि राजन भट्टराइ समर्थक कार्यकर्ता र एउटा स्थानीय मिडिया भने भट्टराइकाे पक्षमा माहाैल बनाउन तल्लिन छ ।

डा भट्टराइसँग राजनीति गर्ने कला नभएकाे तथा स्थानीय नेता तथा कार्यकर्तासँग उनले गर्ने व्यवहार पनि मिठासपूर्ण नभएकाे भन्ने कुरा सदैव चर्चामा रहने गर्छ । जाेगमेहर शैलीकाे नेता भनेर आलाेचना हुने भट्टराइले भैँसेपाटीबाट क्षेत्र नं ४ देखेनन् भन्ने गरिन्छ । सिन्धुपाल्चाेकवाद तथा भट्टराइवंशवादका दुष्चक्रमा भट्टराइमा क्षेत्र नं ४ ले कहिल्यै अपनत्व महसुश गर्न नसकेकाे एक एमाले क्षेत्रीयस्तरकाे नेताले नाम उल्लेख नगर्ने शर्तमा भने । आफ्नै घरका छाेरा र श्रीमतीले गगन थापालाइ भाेट हाल्ने बताउँदै उनले भट्टराइमा राजनीति गर्ने कला, मान्छेलाइ आफ्नाे बनाउने कला नभएकाे बताए ।

गगन थापाजस्ताे पब्लिक फिगरसँग चुनाव लड्ने मान्छेले अलि फराकिलाे हृदय बनाउनु नसक्नु तथा सबै कार्यकर्तासँग नजिक हुनुपर्नेमा साँघुराे दायरा बनाएर हिँड्नुले धेरैलाइ चिढ्याएकाे छ  । क्षेत्र नं ४ अन्तर्गत बुढानिलकण्ठका ८ वटा वडामा भट्टराइले सिन्धुपाल्चाेक र भट्टराइलाइमात्र बाेकेकाे आराेपमात्रै नभएर जगजाहेर तथ्य बनेर बसेकाे छ । त्यसमाथि गत स्थानीय चुनावमा उनले बाेकेका उम्मेदवारका कारण पनि यसपाला चुनावमा भट्टराइलाइ गाराे हुने उनले बताए ।

डा राजन भट्टराइले नेपालकाे इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओलीकाे किचेनमा बसेर विकासमा कुनै काम नगरेकाे आराेप छ । त्यसैगरी मंसिर हुने चुनावमा फाइदा पुग्ला कि भनेर कपन डुबानकाे समस्यामा भट्टराइ बन्धुकाे लहैलहैमा अनावश्यक राजनीतिमा गर्न खाेजेर  ब्याकफायर भएकाे ती नेताले बताए । “उनले दुइचारजनालाइ फेशबुकमा गगन थापा हार्छ वा गगन थापाकाे बिराेधमा बाेल्न लगाउँदैमा जित्दैनन । उनलाइ राजनीति गर्न नै आउँदैन । उनी मात्र गुटनीति जान्दछन् । ०७४ काे त्यत्राे लहरमा त मजैले हारे, अहिले जित्लान् भन्ने त आशै नगरूँ” क्षेत्र नं ४ एमालेमा परिचित ती नेताले फेरि एकपटक नामचाहिँ उल्लेख नगरिदिनुहाेला हाेला है प्लिज भने ।

 

९० प्रतिशत नेपाली बिजुलीकाे प्रत्यक्ष पहुँचमा

Previous article

काँग्रेसका नेता-कार्यकर्ता सामाजिक सञ्जालमा मारामार गर्दै !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *