राजनीतिस्थानीय

काँग्रेसका नेता-कार्यकर्ता सामाजिक सञ्जालमा मारामार गर्दै !

0

  • आकाश शर्मा

कतै नभएकाे जगहसाइँ काँग्रेसभित्र हुने गर्छ याे सर्वविदितै छ । पार्टीभित्र प्रजातन्त्रकाे अभ्यासका नाममा काँग्रेस अराजक प्रजातन्त्रकाे अभ्यास गरिरहेकाे छ । यहि अराजकता हरेक चुनावमा सूर्य चिन्हमा छाप लगाएर टुङ्गिने गर्छ । काँग्रेसभित्र यसखाले जगहसाइँ कुराकाे जराे किलाेचाहिँ मैले के पाएँ आजसम्म काँग्रेस भएर भन्ने बाट शुरू हुन्छ । मानिलिउँ उ भएर मात्र, उसले गरेर मात्र नेपाली काँग्रेस याे धर्तीमा बाँचिरहेकाे छ र काँग्रेसले उसलाइ केही नदिएकाे भन्ने भावना प्रकट गर्नेहरु यतिखेर काठमाडाैँ क्षेत्र नं ४ मा ज्यादा पाइन्छन् ।

नेपाली काँग्रेसभित्र  काठमाडाैँ क्षेत्र नं ४ यस्ताे ठाउँ हाे जहाँ साना ठूला सबै नेताले केही न राम्राे स्थान पाएकै देखिन्छ । हल्लुँडाे नै टाइपका मानिस पनि राम्रै पाेस्टमा देखिन्छन् । त्यतिमात्र काहाँ हाे र पार्टीलाइ हराउन लागेकाे, सिधै सूर्य चिन्हमा भाेट हाल्न हिँडेकाहरू पनि राम्रै पाेस्टमा बसिरहेका छन्  तर हरेकलाइ केही पाएकाे जस्ताे लाग्दैन । सबैले अरू सबैले पाइसके मैले केही पाइँन भन्ने तनावमा बसिरहेका हुन्छ । कहिँकतै अरूले केही पायाे भने अरूकाे समाचार कतै प्रकाशित भयाे भने याे जलेर ठाउँका ठाउँ मरूँला झैँ गर्छन्  । अनि फेशबुकमा पाेस्ट गर्न थालिहाल्छन् र  कमेन्टहरुमा जुधाजुध परिहाल्छ ।

 

गगन थापाकाे जत्तिकाे शक्तिशाली नेताकाे चुनाव क्षेत्र(गृह क्षेत्र) का काँग्रेसकाे दुर्दशा भनिसाध्य छैन । कतै बाेल्नै पर्ने ठाउँमा बाेलन पर्याे भने, काम गर्न पर्याे भने मुस्किलले १० जना भेटिने काँग्रेस अरूलाइ गाली गर्न पर्याे भने झुत्ती खेली हाल्छन् ।  सामाजिक सन्जालबाट राजनीति गर्न वा एकले अर्काेलाइ गाली गर्न पर्याे भने फेशबुक नै प्वाल पारूँला झैँ गर्न थालिहाल्छन् ।

चुनावकाे मुखमा क्षेत्र नं ४ काँग्रेसकाे जगहँसाइ भनिसाध्य छैन । केही दिन अघि प्रदेशमा महामन्त्री बनेका राजु श्रेष्ठले एउटा कार्यक्रम गरेर जगहसाइँ गरे । उनकाे मुख्य आसय के थियाे भने मेरा मान्छेहरूले केही पाएनन् गगन थापाले आफ्ना मान्छेलाइ मात्र गर्याे । यता  गठबन्धनमा जाने निश्चित भएकाे प्रदेश ख काे प्रत्यक्ष टिकटका लागि नाम सिफारिसमात्र हैन सिफारिस भएकाे नामकाे समाचार बनाउनदेखि मेराे नाम परेन भनेर फेशबुकमा स्वतन्त्र भएकाे धम्कीसम्म लेखेकाे देख्न पाइसकेकाे छ ।

क्षेत्र नं ४ ख काे प्रत्यक्ष सिट गठबन्धनमा जाने निश्चित प्राय क्षेत्र हाे । अब क्षेत्र नं ४ ख काे समानुपातिकमा नाम सिफारिस गर्न २ दर्जन नेता कार्यकर्ताले रूवाबासी नै गरे । खसआर्यतर्फमात्रै ११ जनाकाे नाम सिफारिस गरिएकाे छ भने सिफारिस गरिएका ९० प्रतिशत नाम शक्तिमा बसिरहेका र कहिल्यै केही पाइएन भनेर रूवाबासी गर्नेहरूकाे भीड नै हाे ।

सिफारिस भएका नामहरू हेर्ने हाे भने, माैसमी सकृयता देखाउने, परि आए सूर्यमा भाेट हाल्ने, गगन थापालाइ खुलेआम गाली गर्ने नेतादेखि खानेपानी संस्थाका बहालावाल कर्मचारीसम्म(जाे हाल जिल्ला सदस्य पनि हुन्) ले आफ्नाे नाम सिफारिश गर्न लगाएका छन् । प्रदेश समानुपातिक सिफारिसमा संघमा समानुपातिक सांसद रहेका दिव्यमणि राजभण्डारीकाे नाम अग्र पङ्तिमा छ । राजभण्डारी घटुवा हुन लालयित छन् ।

यसैपाला महाधिवेशन प्रतिनिधि भएका रामकृष्ण केसी पनि आफूले जीवनभर केही नपाएकाे गुनासाे गर्ने नेता हुन् । २ दिन अघि उनले आफ्नाे सिफारिस नगरेकाे भनेर स्वतन्त्र हुने घाेषणासम्म गरेका थिए । पछि उनकाे नाम सिफारिश सूचमा थपिएकाे छ । याे भीडमा सुवर्ण शमशेर क्रिकेट मैदानलाइ हरिबिजाेग बनाउने ध्रुव खड्काले पनि अन्तिममा आफ्नाे नाम लेखाउन भ्याएका छन् । त्यसैगरी बुढानिलकण्ठ मेयरकाे कार्यकक्षमा हातपात भयाे भनेर मिडियाबाजी गर्ने सन्तेाष भण्डारीसम्म याे सूचिमा छन् । माथि उल्लेखित कुनै नाम मंसिर ४ मा काँग्रेस जिताउने पर्छ भनेर मरिहत्ते गरेर हिँडेका देखिदैन ।

अब जाे जाे स्वनामधन्य व्यक्तिकाे नाम सिफारिस भए ती भैसके वा हुँदै छन् । अब यी नाममाथि छेडछाड गर्न नाम नपरेकहरू तम्सिए । अब सांसद दावी गर्नेले वडामा दावी गर्न त नआइएला नि भनेर  छेडछाड सुरू भएकाे छ । काेही सिफारिशवाला जसले समानुपातिककाे टिकट नपाउने शतप्रतिशत निश्चित छ,  सामाजिक सन्जालमै स्पष्टिकरण दिइरहेकाे देखिन्छ । जगहसाइँ छ काँग्रेसमा । याे जगहँसाइ यथावत् रहे मंसिरमा हुने चुनावमा केही न केही प्रत्यक्ष असरचाहिँ गर्छ नै । #काँग्रेसजात्रा

 

आशै नगरूँ !

Previous article

टाैदह : मन्जुश्रीसँग जाेडिएकाे ऐतिहासिक कथादेखि मानव निर्मित पाेखरीझैँ देखिने दहकाे व्यथासम्म

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *