काराेवार/अर्थतन्त्रविकाससमसामयिक

४०० राेपनीमा स्याउ खेति गर्दै कर्म गुरूङ, वर्षकाे ३ कराेडकाे व्यपार

0

मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङ अग्रस्थानमा छन् ।

उनी मुस्ताङमा व्यावसायिक रूपमा स्याउखेती गर्ने पहिलो व्यक्ति मानिन्छन् । मुस्ताङको सदरमुकाम जोमसोम पारिपट्टि रहेको क्षेत्रमा उनको मुख्य रूपमा स्याउखेती रहेको भए पनि अन्यत्र सात स्थानमा बगान छ ।

गत वर्ष उत्पादन राम्रो नभएको अवस्थामा झन्डै दुई करोड रुपियाँको स्याउ बेचेको दाबी गर्ने गुरुङ यस वर्ष तीन करोड रुपियाँको बिक्री हुने अनुमान गरे । उनले भने, “यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मूल्यका आधारमा तीन करोड रुपियाँ आउने अपेक्षा गरेको छु ।”

चार सय रोपनी क्षेत्रफलमा दुई हजार सात सय स्थानीय जात र २० हजार बोट इटालियन हाइडेन्सिटी जातको स्याउ लगाउनुभएका गुरुङले यस वर्ष गत वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढी उत्पादन देखिएको बताए ।

स्याउका लागि उपयुक्त हावापानी भएको मुस्ताङमा उत्पादन हुने स्याउ निकै गुणस्तरीय भए पनि यसको उचित प्रचार हुन नसक्दा बजारीकरणमा समस्या हुने गरेको छ । उचित प्रचारप्रसार र यातायातको साधन तथा सडक सञ्जालमा हुने नियमित अवरोधले स्याउ बजार पु-याउने बेलामा ढुवानीको समस्या हुने गरेको उनको गुनासो छ ।

“हामी विषादीरहित स्याउ उत्पादन गर्छौं, विषादीरहित स्याउमा केही दाग लागेको हुन सक्छ र सामान्य कीराको आक्रमण पनि हुन सक्छ भन्ने हेक्का उपभोक्तामा भएको खण्डमा मुस्ताङमा उत्पादित गुणस्तरीय स्याउ नै खानुहुन्छ,” उनले भने ।

आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति गुरुङले विकसित मुलुकमा प्रयोग भएको प्रविधि इन्टरनेटमा हेरेर आफ्नो बगानमा प्रयोग गरेको बताए । तालिममा सिकेका कुरा आफ्नो बगानमा प्रयोग गरेकाले स्याउको उत्पादन बढ्दै गएको उनले बताए ।

गुरुङले नेदरल्यान्डका स्याउविज्ञसँग मनाङमा तालिम लिएको र पछि ती विज्ञलाई मुस्ताङमै झिकाएर तालिम लिएपछि व्यावसायिक स्याउ खेतीमा हौसला मिलेको जानकारी दिए । गुरुङलाई संविधान दिवस २०७७ मा कृषि क्षेत्रमा योगदान पु-याएको भन्दै राष्ट्रपतिबाट विभूषणसमेत प्राप्त भएको थियो ।

तीजमा घर–माईती सम्झिदैँ द्रविभूत हुन्छन् देवघाट वृद्धाश्रमका आमाहरू

Previous article

वातावरण, वन्यजन्तु र वनस्पतिको महत्त्व बुझिएन वा बुझाउन सकिएन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *