राजनीतिस्थानीय

“एकैखाले व्यक्ति र प्रवृत्तिकाे ‘राज्य’ अन्त्य हुनुपर्ने कुरा गरेकाे हाे” जगत निराैला

0

बुढानिलकण्ठमा राजनीतिमा नयाँ लहर उत्पन्न गराउन सफल भएका एमाले बुढानिलकण्ठ १० का अध्यक्ष जगत निराैलाले नेतृत्व परिवर्तन आवश्यक्ता रहेकाे भनेर काठमाडाैँ ४ प्रदेश ख मा उम्मेदवारी दावी गरेका छन् । शुक्रबार साँझ पत्रकार भेटघाट गरेर उनले ०४९ देखि ०७९ सम्म एकै पात्र तथा एकै प्रवृत्तिले साशन चलाउँदा विकास हैन विनाशमात्र निम्तिएकाले अब पात्र एवम् प्रवृत्ति फेर्न पर्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा उनले बाँडेकाे विज्ञप्तिमा एउटै मानिस र एकै तप्काका मानिसले वर्षाैँदेखि पाेस्ट तथा पाेजिसन खाेज्ने र पाउने विषयकाे अन्त्य नभैकन विकासकाे नयाँ साेच नआउने उल्लेख गरेर बुढानिलकण्ठमा हावी भएका काँठे पाखे साेचलाइ हटाउन पर्ने बताएका थिए । निराैलाले समाजमा व्याप्त काँठे पाखे तथा लाेकल माइग्रेटकाे इस्यू अन्त्य बनाउनु पर्ने भन्दै प्रदेश सांसदकाे उम्मेदवारमा आफ्नाे मजबुत दावी पेश गरेका थिए ।

निराैलाकाे प्रदेश टिकट दावीसँगै समाजमा विद्यमान समस्या पहिलाेपटक उजागर भएकाे छ । निराैलेले काँठे पाखे भन्ने शब्द प्रयाेग गरेकाे भनेर केहीले आलाेचना गरेका छन् केहीले आवश्यक विषयकाे उठान भनेर प्रशंसा गरेका छन् । वाग्मती टुडेसँग छाेटाे कुरा गर्दै निराैलाले काँठे पाखे भन्ने विषयमा आफूले खेल्न खाेजेकाे नभै याे विषयकाे अन्त्य हुनुपर्छ भन्ने धारणा आफ्नाे रहेकाे बताए । मेराे आशय एकै व्यक्ति तथा प्रवृत्तिलाइ कतिन्जेल साशन सत्ताकेा बागडाेर भन्ने हाे, मैले कसैलाइ पाखे वा कसैलाइ काँठे भनेकाे छैन । म याे खाले संक्रिर्ण साेच पनि राख्दिन तर काँठे पाखे साेच राख्नेहरूले मलाइ आलाेचन गरेझैँ गरेर पानी माथिकाे ओभानाे बन्ने प्रयास गरेका हुन् ।” उनले भने, मेरालागि सब बराबर हाे, सबै बराबर हाे भन्ने हिसाबले नेतृत्व परिवर्तन वा सांसदकाे टिकट तथा अन्य विषयकाे सम्बाेधन हुनुपर्ने धारणा हाे मेराे ।

एमाले नेता निराैलाले “काँठेपाखे”  भने भनेर राजनीति गर्याे भन्ने आशयले केहीले लेख्ने तथा फाेन गरेर दवाब दिनेहरूलाइ सम्बाेधन गर्दै भने ‘म आफ्नाे एजेन्डामा क्लिएर छु कसैले उचालेर पछारेर केही फरक पर्दैन, ३० वर्षदेखि एकैखाले व्यक्ति र प्रवृत्तिले गर्ने ‘राज’ मेरालाइ सह्य छैन । म परिवर्तनकाे पक्षमा आफनाे आवाज बुलन्द गरिरहन्छु ।’ उनले थपे,  ‘काेही रिसाउलान् तर एक समय आउँछ, सबैले आत्मसाथ गर्नेछन्, निराैलाले सही विषयकाे उठान गरेकाे रहेछ भनेर’

बन्दिपुरमा माैलिक घर नै बनाउनु पर्ने, आधुनिक घर बनाउन नपाइने,

Previous article

मन्त्री छँदा गण्डकी एमाले सांसद बस्नेतले सरकारी स्रोतबाट आफ्नै खेतमा सिँचाइ योजना बनाए

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *