राजनीतिस्थानीय

एक महिनामै ४४५ जना किर्ते मतदाता ! प्रपञ्च गगन थापा हराउने कि राजन भट्टराइ जिताउने !?

0

बुढानिलकण्ठ नगरपालिकामा किर्ते मतदाता बनाउने फ्याक्ट्री नै चलेकाे पाइएकाे छ । किर्ते कागज प्रयाेग गरेर गत एक महिना ४४५ जना मतदाता दर्ता भएकाे भेटिएकाे छ । जिल्ला निर्वाचन आयाेगका अनुसार गत एक महिनामा दर्ता भएका मतदाताहरुकाे कागजपत्रलाइ पञ्जिकरणमा प्रमाणित गर्दा यति ठूलाे संख्यामा किर्ते मतदाता भेटिएकाे हाे । ती सबै किर्ते कागज स्थानीय पञ्जिकरण निकायबाट आएकाे कारण जिल्ला निर्वाचन कार्यालयले कार्बाहीलाइ पत्र लेखिसकेकेा आयेाग श्राेतले बतायाे ।

 

बुढानिलकण्ठका अधिकांश वडामा किर्ते काम मतदाता बनाइरहेकाे हल्ला चलिरहेकाे बेला जिल्ला निर्वाचन आयाेगमा किर्ते कागजसहित डा राजन भट्टराइका हितैषी ध्रुव भट्टराइ भेटिएपछि किर्ते विषयमा एमाले सहभागिता छर्प्रष्ट भएकाे थियाे । किर्ते कागज बनाइएकाेमध्ये धेरै डा राजन भट्टराइका निकट भट्टराइ थरका वडाध्यक्ष भएकाे वडाहरुमा पाइएकाे थियाे । वडा नं १० का वडा सचिवकाे किर्ते कागज वडा नं १२ का मतदाता दर्तामा प्रयाेग बसाइसराइकाे कागजमा भेटिएकाे थियाे ।

 

क्षेत्र नं ४ मा एमालेका राजन भट्टराइलाइ जिताउन एमालेले लामाे समयदेखि किर्ते कागज बनाएर काम गरिरहेकाे हल्ला चलिरहेकाे  बेला १ महिनामा ४४५ जना भेटिएसँगै काँग्रेसलगायत गठबन्धन दल ०७४ पछिका सबै नयाँ मतदाताकाे छानविन दवाब दिएका छन् ।

वन क्षेत्रको संरक्षण र खोल्सी व्यवस्थापन नगर्दा ‘एकातिर खेतीपातीकाे चिन्ता, अर्काेतिर घरबारी बगाउने त्रास’

Previous article

राजधानी नजिक प्रकृतिदाेहनकाे विनाशकारी धन्दा !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *