राजनीतिराष्ट्रियसमसामयिक

प्रदीप गिरिः जसले केपि ओलीलाइ पनि आर्यघाट पुर्याए !

0

नेपाली  राजनीतिमा  प्रदीप गिरिकाे परिचयका लागि उनी महाप्रस्थान हुन आवश्यक थिएन । धेरै मानिस महाप्रस्थान भएपछि हिराे बन्ने गर्छन् तर गिरिका सबाल उनी सबै नेपालीबीच पूर्णतः हिराे थियाे । नेपाली काँग्रेसका नेता भए पनि गिरि कम्युनिस्टहरूबीच अझै फेमश थिए । उनी विपक्षी कम्युनिस्टकाे आलाेचना शिकार नबन्ने गिनेचुनेकाे प्रजातन्त्रवादी नेता हुन् ।

७५ वर्षकाे उमेरमा महाप्रस्थान भएका गिरिले जाँदाजाँदै सबैकाे सम्मान पाएका छन् । उनकाे महाप्रस्थानमा देशनै उर्लिएकाे छ । सबैले उनकाे अभाव मात्र अनुभूति गरिरहेकाे छन् । यसरी अभाव अनुभूति गर्नेहरूमा एमाले अध्यक्ष केपि ओलि पनि एक हुन् । सकभर अरूलाइ सम्मान दिन नखाेज्ने नेता ओली प्रदीप गिरिकाे महाप्रस्थानमा आर्यघाट आइपुगे । ओलीलाइ आर्यघाटसम्म पुर्याउने क्षमता सायद माैजुदा राजनीतिमा प्रदीप गिरिसँग मात्र थियाे हाेला । प्रदीप गिरिकाे महाप्रस्थानमा मर्माहत ओली अपरान्ह आर्यघाट पुगेका थिए  ।

नेपाली राजनीतिका ‘विलक्षण’ पात्रमध्ये एक प्रदीप गिरिको निधनबाट नेपालमा अपूरणीय बौद्धिक र राजनीतिक क्षति भएको छ । नेपाली कांग्रेसका नेता भएर पनि गिरि नेपाली समाजको सबै समूह र समुदायले आदर गर्ने व्यक्तित्व थिए । गिरि आजीवन आफ्नै सर्त र निष्ठामा बाँचे । सक्रिय राजनीतिमा भएर पनि व्यवहारवादी राजनीतिको रछ्यानबाट जोगिए । सम्भवतः यसैले पनि उनलाई अरूभन्दा बेग्लै र सबैको साझा बनाएको हो ।

वैचारिक स्पष्टता र सैद्धान्तिक दृढताको खडेरी परेको समसामयिक नेपाली राजनीतिमा प्रदीप गिरिसँग दाजिन सक्ने स्पष्ट र दृढ राजनीतिकर्मी अर्को छैन भन्नु अत्युक्ति हुँदैन । उनको अग्रज पुस्तामा पनि गिरिसँग दाँज्न मिल्नेहरू बिरलै भेटिन्छन् । नेपाली समाजमा गिरिले राजनीतिक संस्कृतिको बेग्लै बाटो बनाएर छाडेका छन् । उनले परम्परागत आदर्शका धेरै मापदण्ड भत्काएका छन् भने अपेक्षाकृत कठिन तर स्वतन्त्र जीवनशैलीको पदचिह्न छाडेका छन् ।

गिरिको निधनपछि व्यक्त शोक र श्रद्धाका शब्दहरूले नै उनको व्यक्तित्व विवाद र सैद्धान्तिक विभेदभन्दा माथि रहेको पुष्टि गरेको छ । देशका प्रखर बौद्धिकहरूदेखि जनसाधारणसम्म एकै नासले गिरिको निधनमा शोकसन्तप्त देखिए ।

यति व्यापक श्रद्धा र सम्मान प्रदीप गिरिको आफ्नै आर्जन हो । सम्भ्रान्त परिवारमा जन्मे हुर्केर पनि गिरि सदैव निर्धाहरूको पक्षमा रहे । ‘समाजवाद’ नाम दिइएको उनको चिन्तन र राजनीति जनसाधारणको पक्षमा समर्पित रह्यो ।  व्यवहारवादी राजनीति गर्नेहरू प्रायः सत्तामा पुग्न सफल हुन्छन् तर सिद्धान्तनिष्ठहरू सत्तामा बिरलै पुग्छन् । सिद्धान्तनिष्ठहरूमध्ये धेरै त गुमनाम हुन पुग्छन् । प्रदीप गिरि भने यसमा अपवाद बन्न पुगेका छन् । सत्तामा नगए पनि गिरि जनताको मनमा बस्न सकेका रहेछन् । सामयिक नेपाली  समाजका प्रखर बौद्धिक राजनीतिज्ञ तथा चिन्तक प्रदीप गिरिप्रति हार्दिक श्रद्धा सुमन !

बल्ल तुइनमुक्त भयाे नेपाल

Previous article

वन क्षेत्रको संरक्षण र खोल्सी व्यवस्थापन नगर्दा ‘एकातिर खेतीपातीकाे चिन्ता, अर्काेतिर घरबारी बगाउने त्रास’

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *