नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ (ख) का सभापति राजु खड्काले प्रदेस सभा सदस्य उम्मेद्वारीका लागि सशक्त दावी गरेका छन् । साउन २८ गते आफ्नै निर्वाचन क्षेत्रकाे एक पार्टी प्यालेसमा एक भव्य कार्यक्रम आयाेजना गर्दै खड्काले आफ्नाे मजबुत दावीकाे घाेषणा गरेका हुन् ।
अमुप्रस्थ पार्टी प्यालेसमा आयोजित चियापान कार्यक्रम तथा निर्वाचन केन्द्रित छलफलमा नेता खड्काले प्रदेस सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । पार्टी केन्द्रिय प्रवक्ता डा प्रकाशशरण महतकाे प्रमुख आतिथ्यतामा आयाेजित क्षेत्र नं ५ का सबै तहतप्काका नेताहरू उपस्थित थिए । उम्मेद्वारी घोषणा गर्दै खड्काले मंगसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने गरी लाग्न आग्रहसमेत गरेका थिए।
२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ४ को अध्यक्षमा निर्वाचित भएर असल र प्रभावकारी काम गरेका भनेर प्रशंसित खड्काले २०७९ सालको निर्वाचनमा वडामा पार्टी उम्मेदवारहरुलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रदेश ख मा खड्काे दावीसँगै अन्य दावीहरू फिक्का भएकाे बताइन्छ ।
Comments