राजनीतिस्थानीय

बुनपा किर्ते मतदाता काण्डमा स्थानीय काँग्रेसकाे असाधारण आलस्यता ! विज्ञप्तिसम्म निकालेन

0

बुढानिलकण्ठमा नेपाली काँग्रेसका स्थानीय नेताहरूकाे अकर्मण्यता बेलाबेला छर्प्रष्टिने गर्छ । गर्न पर्ने काममा काँग्रेसका नेताहरू खासै देखिदैनन् । एमाले पार्टीकाे प्रत्यक्ष संलग्नतामा किर्ते कागज बनाएर मतदाता बनाउन लागेकाे प्रमाण भेटिँदा पनि काँग्रेसकाे स्थानीय समितिहरू चीर निन्द्रामा छन् । मानाैँ,  किर्ते कागज गरेकाे विषय यहाँका नेताहरूलाइ कुनै विषय नै हैन । किर्ते काण्डमा सांसद गगन थापा संसदीय सचिवालयले बाेलाए भने सम्बन्धित ठाउँमा पुग्नेबाहेक नेपाली काँग्रेसकाे नगर समिति तथा इकाइ समिति दृष्यमा देखिएका छैनन् ।

सबैजसाे वडामा बसाइ सराइमा किर्ते कागज बनाएर नयाँ मतदाता बनाएकाे विषय जाेडताेडका साथ मिडियामा आउँदा कतिपय बुढानिलकण्ठमा नेता रहेकाे व्यक्तिहरूले आफ्नाे सामाजिक सन्जालमा लेख्ने वा सेयर गर्नेसम्म गरेकेा देखिएकाे छ । अझ गजबकाे कुरा पत्रकार सन्ताेष भण्डारीलाइ मेयर कार्यकक्षमा भएकाे दुर्ब्यबहारमाथि विज्ञप्ति प्रकाशित गर्ने नेका बुढानिलकण्ठ समितिले किर्ते कागजकाे नाममा भने अझै एउटा विज्ञप्तिसम्म प्रकाशित गरेकाे छैन ।

किर्ते प्रकरणमा जिल्ला निर्वाचन कार्यालय तथा सिडियाे कार्यलयले काटेकाे पत्र नगरपालिकामा दर्ता भएपछि बाँकी कामका लागि भनेर काँग्रेसले कुनै तयारी गरेकाे छैन । नगरपालिकामा किर्ते विषयमा दवाव दिनकाे लागि भनेर काेही पनि काँग्रेसी नेता देखिदैनन् । काेही काेही काँग्रेसी नेता नगरपालिकामा देखिए भने ती नितान्त निजी कामका लागि आएका हुन्छन् । सामाजिक वा राजनीतिक विषयका लागि भनेर काँग्रेसका मानिस नगरपालिका पुगिरहेकेा दृष्य हत्तपत्ति देख्न पाइन्न ।

किर्ते कागजपत्र बनाएकाेजस्ताे जघन्य विषयमा पनि काँग्रेसकाे नगरकमिटि तथा इकाइ कमिटिहरूले देखाएकाे असाधारण खाले आलस्यता कतै आउँदाे चुनावमा काँग्रेस हराउन पर्याप्त नहाेस् ।

यसवर्षकाे मदन पुरस्कारका लागि ८ पुस्तक छनाैट

Previous article

विपीकाे बिजाेग !

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *