बुढानिलकण्ठ नगरपालिमा बृक्षाराेपण गर्दा बिरूवाका तीन गुना मंहगाे बिल पेश गरेकाे भेटिएकाे छ । सामुहिक फलफुल खेतिका नाममा नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले नेपालभित्र वृक्षाराेपण प्रयाेजनका लागि ताेकेकाे दररेटभन्दा तीनगुना मंहगाे मूल्यकाे बिल बनाएकाे पाइएपछि महालेखाकाे नयाँ प्रतिवेदनमा भुक्तानी मूल्यकाे विषय उठाइएकाे छ । २ लाख ५४ हजार १ सय १० रूपैँयाकाे फलफूलकाे बिरूवा किनेर ओखल गाउँमा गतवर्ष सामुहिक खेति गरिएकाे थियाे ।
नास्पाती, एभाेकाडाे, टिमुर र ओखर जातका फलफूल लगाउने क्रममा ताेकिएकाे मूल्य कृषि डायरीमा उल्लेखितभन्दा धेरे गुना महंगाे भएकाे प्रतिवेदनले उल्लेख गरेकाे छ । प्रतिवेदनमा पर्ने मूल्य र तिरेकाे मूल्यसमेत उल्लेख गरिएकाे छ। प्रतिवेदनमा उल्लेख भए अनुसार एभाकाडाेकाे बिरुवाकाे मूल्य १०० पर्नेमा ३३० लगाएर ३३० थान, नास्पातीकाे बिरूवाकाे मूल्य ७० पर्नेमा २७५ लगाएर ३३० थान, टिमुर १०० पर्नेमा २०५ लगाएर ३३० थान र ओखर १०० पर्नेमा ३३० लगाएर ३३० थान खरिद गरेकेा पाइएकाे छ । प्रतिवेदनले बढि मूल्य तिर्नु पर्ने कारणसहित परिषद्मा छलफल गरी नियमित गर्नुपर्ने बताएकाे छ ।
Comments