प्रकृतिवातावरण

मेची नगरपालिकाले पंक्षी अध्ययनलाइ बजेट छुट्यायाे

0

नेपालमै पहिलोपल्ट पालिकास्तरमा  पंक्षी अध्ययनका लागि मेचीनगर नगरपालिकाले बजेटको व्यवस्था गरेको छ ।आव २०७९/०८० को मेचीनगर नगरपालिकाको बजेटमा बन तथा वातावरण संरक्षण अन्तर्गत पंक्षी अध्यययन प्रोत्साहन कार्यक्रममा दुई लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

नेपालको संरक्षित क्षेत्रबाहेक मेचीनगर नेपालकै सबैभन्दा बढी चरा पाइने पालिका भएको चरा खोजकर्ता देबेन्द्र खरेलले बताउने गरेका छन् ।उनले स्थानीय चुनावबाट नयाँ नगर नेतृत्व निर्वाचित भएपछि मेचीनगरलाई चरा संरक्षित क्षेत्र र चरा मार्न निषेधित क्षेत्र घोषणा गर्न माग गर्दै आएका छन् ।

नेकपा एमालेले स्थानीय चुनावमा जारी गरेको घोषणा पत्रमा समेत मेचीनगरमा चरा पर्यटन विस्तार र चरा संरक्षणका लागि अनुसन्धान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले बताएका छन् ।

धुर्काेट गाउँपालिकाले १७६७ राेपनी बाँझाे जमिनमा फलफूल र अन्न बाली लगायाे

Previous article

रेडपान्डा संरक्षणकाे लागि अनुसन्धान केन्द्र, बजेटदेखि कुकुरलाइ बन्ध्याकरणसम्म

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *