वन्यजन्तु फाेटाेग्राफर विकास लामाले खिचेकाे फिसिङ क्याट चर्चामा छ । फाेटाे हेर्दा सानाेतिनाे चितुवाझैँ देखिएकाे याे एकखाले बिरालाे हाे । चितुवा तथा बिरालाे भनेर भ्रमित हुने खालकाे याे जनावर नेपालमा सन् १८३६ मा ब्रायन हउटन हजसनले पहिलाेपटक रेकर्ड गरेका थिए ।
कतिपयले सामान्यरूपले भनेझैँ बन विरालाे नै चाहिँ याे हैन । यसलाइ माछामार्ने बिरालाे भनिन्छ । पाैडी खेल्न सक्ने तथा माछाकाे सहज शिकार गर्ने सक्ने भएर यसकाे नाम फिसिङ क्याट राखिएकाे हाे । यस वन्यजन्तुकाे वैज्ञानिक नाम भने (Prionailurus viverrinus) हाे । घरपालुवा बिरालाेभन्दा डबल ठूलाे याे जनावर तराइका सीमसार क्षेत्रमा देख्न सकिन्छ । याे बिरालाेलाइ निशाचर जन्तु भनिन्छ, साँझतिरमात्र देखिने भएकाले फाेटाेग्राफरहरूले पनि हत्तपत्ति भेट्दैनन् ।

photo: routine of nepalband
तराइका सिमसार क्षेत्र याे बिरालोको मनपर्ने बासस्थान हो । नेपालमाभन्दा भारतमा धेरै देखिने याे बिरालाे म्यानग्रोभ जंगलहरू, हिमालयको फेद, गंगा र ब्रह्मपुत्र नदीकाे उपत्यका र पश्चिमी घाटहरूमा पाइन्छ। विकास सिंह लामाले भने नेपालकाे चितवनमा खिचेका हुन् । लामाका अनुसार मलाह विरालाे नेपालकाे चितवनसँगै पर्सा, काेशीटप्पु र बर्दियामा पाइन्छ ।
नेपालमा याे बिरालाेकाे संख्या १५० देखि २०० काे हाराहारीमा रहेकाे अनुमान गरिएकाे छ । दक्षिण पुर्वी एसियाका पाकिस्तान, भारत, नेपाल, बंगलादेश, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंका र इन्डोनेसियामा याे बिरालाे पाइएकाे छ । आइयुिसनले लाेपाेन्मुख जातिका रूपमा राताेवर्गमा राखेकाे याे बिरालाेलाइ लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (CITES) ले अनुच्छेद IV सूचिबद्ध गरेकाे छ ।
प्रतिभाशाली वन्यजन्तु फाेटाेग्राफर विकाससिंह लामा बुढानिलकण्ठ निवासी हुन् । लामा पत्रकारितामा पनि संलग्न छन् । आधा दशकभन्दा धेरैदेखि वन्यजन्तु फाेटाेग्राफीमा (विशेष गरेर चरा) सक्रिय विकाससिंह लामाले फिसिङ क्याटकाे याे तस्वीर गत महिना खिचेका थिए । हत्तपत्ति देखिन गाराे हुने याे बिरालाे ठूलाे पानी परेपछिकाे साँझ गैँडाकाे आहाल क्षेत्रमा देखिएपछि लामाले पछ्याएका थिए । । फिसिङ क्याट हाे भनेर एकिन नभैकन भटाभट खिचिएकाे उनले बताए ।
Comments