तस्वीरमा देखिएकाे दृष्य पश्चिम रूकुमस्थित प्रशिद्ध गाेतमकाेटकाे हाे । यहीठाउँलाइ गौतम थरको उद्गमस्थल स्थल मानिनछ । गोतामकोट नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित आठबीसकोट नगरपालिका अन्तर्गत पर्दछ ।
नेपालको मध्यकालमा यो एक राज्यको रूपमा रहेको थियो । मध्यकालिन बाइसे राज्य अन्तर्गत पर्ने गोताम राज्यका संस्थापक रूकुमे राजा दारे जैतमका काइला राजकुमार सेतु बम हुन् । यिनले वि.सं. १६०० सालमा अंश स्वरूप यो राज्य पाइ गाेतम राज्य स्थापना गरेका थिए । यो राज्यको सिमाना जुम्ला राज्य, आठबिस राज्य र बाँफी राज्यसँग जोडिएको थियो । वि.सं. १८४३ मा राजा मोतिमर्दन शाहीका शासन कालमा यो राज्य नेपाल अधिराज्यमा एकिकरण भयो ।
Comments