प्रकृतिराष्ट्रियसमसामयिक

कालाे निगुराेमा प्रचुरमात्रामा क्यान्सर उपचारकाे औषधीय गुण भएकाे प्रमाणित

0

भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको धेरैले अचम्म मानेका थिएनन् । घर परिवारले पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारे जानकारी लिँदै थिए पढ्दै थिए ।

धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उनलाई सिस्नोले तानेको थियो । पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुवाती प्रयास तथ्यहरुको खोजी गर्दैजाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो ।

त्रिभुुवन विश्वविद्यालयमा दुई वर्ष र इटालीको पादोभा विश्वविद्यालयको डिर्पाटमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलमा ११ महिना लगाएर गरिएको अध्ययनले देखायो, काले निगुराे(पहाडि) बकाइनो र अल्लो क्यान्सर रोक्ने गुण रहेको पत्ता लाग्यो । संसारभर नै चैतमा खरमा डढेलो लागेजसरी फैलिएको क्यान्सर रोक्न ती वनस्पति उपयोगी हुने कुरा पत्ता लगाउनु आफैँमा महत्वपूर्ण उपलब्धि थियो ।

एक दिन पादोभा विश्वविद्यालयको डिपार्टमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलका प्रोफेसर डाक्टर स्टेफानो हर्षित मुद्रामा श्यामशरणका अगाडि देखा परे । अरु दिनभन्दा स्टेफानो खुसी देखिन्थे । उनले अभिवादन गर्नेबित्तिकै स्टेफानो अझै खुसी देखिए र भने, “बधाई छ, श्यामशरण । तिम्रो अध्ययन सफल भयो ।  कालो निउराे, अल्लो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।”

विशेषतः अल्लोले छालाको रोग निर्मूल पार्न सक्छ । मधुमेह र विशेषगरी महिलाको पाठेघरको क्यान्सर र कलेजोको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी हुने गुण पत्ता लागेको डा. श्यामशरणको भनाइ छ । सौन्दर्य प्रशोधनका सामग्रीसमेत यसैबाट बनाउन सकिन्छ । त्यसले कुनै पनि हानि नगर्ने देखिएको छ । प्राथमिकरुपमा पत्ता लागेका विषयलाई थप अध्ययन गरेर त्यसलाई औषधिमा नै परिवर्तन गर्न ठूलो लगानी र जनशक्ति आवश्यकपर्ने श्यामशरणको भनाइ छ । सरकारले यसमा विशेष चासो लिएर काम गरे, आफू त्यसका लागि सघाउन तयार रहेको उनले जानकारी दिए । 

नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भाङ्ग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो आफैँमा बहुपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले नीलगिरि नेटलको नामले चिन्छन् । यसको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ । 

 

 

श्रेष्ठलाई धेरैले उन्यूका डाक्टर भनेर चिन्छन् । उनलाई त्यसमा कुनै गुनासो छैन । “मैले त्यसैमा पढे र त्यसैका सिके । त्यसमा औषधीय गुण हुन्छ भन्ने पत्ता लगाए”, श्रेष्ठले भने । पाठेघरको क्यान्सर रोक्न तथा मधुमेहका रोगीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पाइएको उनको भनाइ छ । सन् २०२२ को जुलाई ४ मा मात्रै उहाँले विद्यावारिधिको उपाधि पाए । छाला रोगको उपचार, झाडाबान्ता रोक्न, पिसाब पोल्ने रोगको निदानका लागि पनि निउरोको उत्तिकै महत्व छ । पेटजन्य अन्य रोगको नियन्त्रणका लागि पनि यसको सेवन महत्वपूर्ण मानिन्छ । निउरो रोप्न पर्दैन । रोपेर पनि उत्पादन गर्न सकिन्छ । तर वनजङ्गलमा आफैँ पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो ।

पहाड र तराई सबैतिरको जङ्गलमा निउरोे पाइन्छ । तर यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जङ्गलमा पाइने निउरो बढी स्वादिलो मानिन्छ । वन जङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । यो पूर्णतः जैविक हुन्छ ।

निउरो खानुको फाइदैफाइदा छन् । पोषणविद्ले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताइन्छ ।  यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् ।

भक्तपुरे रैथाने श्यामशरणले भने, “कौडीको भाउमा नेपालको प्राकृतिक वनस्पति विदेश निर्यात नगरौँ । त्यसलाई नै डलर आर्जन गर्ने माध्यममा परिणत गरौँ ।” औषधीय गुण भएका वनस्पतिको प्रवर्धन गर्न  पीपल एण्ड प्लान्ट’ को अवधारणामा काम गर्नुपर्ने उनको भनाइ छ ।  “नेपाल औषधिको भण्डार हो । यसको विकास र प्रवर्धन गरे मात्रै पनि अरु केही गर्नु पर्दैन । सम्भावना नै सम्भावना छ यसैमा छ उनले भने, “यसमा खोजी गर्ने जनशक्ति तयार गरौँ । लगानी बढाऔँ । उद्योग व्यवसायको विस्तार गरौं । त्यसका लागि सरकारले नै चासो देखाओस् ।” रमेश लम्साल/रासस

आकाश गर्जिने बित्तिकै तर्सिन्छन् चुरेका पहिरो पीडित

Previous article

नेपालमा कृषि क्षेत्रको अनुसन्धान, रूपान्तरण र राेजगारीका लागि कुनै तयारी छैन

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *